उर्लाबारीमा कारबाट ठूलो मात्रामा लागुऔषध बरामद, तीन जना पक्राउ

  • भदौ २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार राति कारमार्फत लागुऔषध ल्याउँदै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङ रहेका छन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले इन्स्पेक्टर रन्जन बरालको नेतृत्वमा राति ११ बजे उर्लाबारी–९ आमबारीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार दुर्गापुरी–उर्लाबारी सडकखण्डमा बा ३ च ७९८१ नम्बरको कार चेकजाँच गर्दा सीटभित्र ग्यालिनमा भरेर ल्याइएको कोरेक्सजस्तो देखिने ५ लिटर लागुऔषध र नाइट्राभेट १० पत्ता ९१ सय ५० ट्याब्लेट बरामद भएको हो ।

उनका अनुसार कार चालक ओझासहित दुई जनालाई तत्कालै पक्राउ गरिएको थियो भने सोही क्रममा कारसँगै आएको बा ७८ प ४०९८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ । मोटरसाइकल चालक सेन्दाङलाई समेत प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका तीनै जनाले लागुऔषध कारोबारमा संलग्न रहेको आशंका गरिएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved