समाज

    Showing १,४०१-१,४१० of ७,११९ items.
  • मेयर साम्पाङद्वारा कार्यपालिका बैठक आह्वान, २६ एजेण्डामा छलफल

    धरान/ सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आज (बुधबार) दिउँसो २ बजे कार्यपालिका बैठक बोलाएका छन्। बैठकमा २६ वटा एजेण्डा प्रस्तुत गरिनेछ। नीति तथा कार्यक्रम अनुमोदन, पालिका गान अनुमोदन, बजेट सिलिङ पास लगायतका विषयमा छलफल हुने जनाइएको छ। धरान उपमहानगरले यसअघि अहिलेसम्म नयाँ बजेट ल्याउन सकेको छैन। यसपटकको बैठकले आगामी बजेटलगायत महत्वपूर्ण निर्णय पारित गर्ने अपेक्षा गरिएको छ।

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • ५६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा लागूऔषधसहित महिला र पुरुष पक्राउ

    सुनसरी/  सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा दुई फरक स्थानबाट लागूऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ। मंगलवार दिउँसो (आज) १२:५० बजे इटहरी उपमहानगरपालिका–२०, नविन भिलेजमा खटिएको प्रहरी टोलीले खोटाङ च्यानडाँडा–८ घर भएकी ३८ वर्षीया निर्मला राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनको साथबाट ट्रामाडोल ५ पत्ता (५० पिस) र डिकोलिक ५ पत्ता (५० पिस) बरामद गरिएको छ। त्यसैगरी, आजै दिउँसो करिब १२:०० बजे इनरुवा नगरपालिका–४ बसचौकमा खटिएको संयुक्त प्रहरी टोलीले बराहक्षेत्र–५ घर भएका २७ वर्षीय सुरज तामाङलाई पक्राउ गरेको छ। उनले ढाडम

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • १,१९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • असोज १ देखि इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न माग

    धरान/  नेपालका तीन प्रमुख यातायात मजदुर संगठनहरूले यातायात व्यवस्था विभागले असोज १ गतेदेखि सम्पूर्ण सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट अनिवार्य गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न माग गरेका छन्। नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र अखिल नेपाल यातायात मजदुर संघले बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयले संविधान र विद्यमान कानुनको उल्लङ्घन गरेको दाबी गरेका छन्। विज्ञप्तिमा संविधानले तोकेको सरकारी कामकाजको भाषा देवनागरी लिपी भए पनि विभागले जारी गरेको सूचनामा अङ्ग्रेजी प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ। त्यस्तै, इम्बोस्ड नम्बरप्लेटमा राखिने आरएफआई

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ६४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्याम्पो–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    धरान/  सुनसरीको धरान–१४ बिजयपुरमा(मंगलबार) आज बिहान भएको ट्याम्पो र मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिजयपुर चौकदेखि बुढासुब्बा र नारायणपुर जाने बाटोको बीच भागमा रहेको रूख नजिकै को १ ह ६०२९ नम्बरको ट्याम्पो र को ३७ प ७९८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक धरान–१४ बस्ने ३२ वर्षीय सन्दिप मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार बिहान करिब १०:१५ बजे भएको उक्त दुर्घटनापछि गम्भीर घाइते मगरलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • २,१७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा पहिलोपटक रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा, प्रदेशमै नयाँ उपचार सुविधा

    धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दीर्घकालीन पीडा व्यवस्थापनका लागि अत्याधुनिक रेडियोफ्रिक्वेन्सी एब्लेसन (RFA) सेवा सुरु गरिएको छ। प्रतिष्ठानको एनेस्थेसियोलोजी विभागको पहलमा पहिलो पटक सुरु गरिएको यस सेवामार्फत ट्राइजेमिनल न्युराल्जिया भएका एक बिरामीको ग्यासेरियन गैङ्गिलयन आरएफए प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए। उनका अनुसार, ट्राइजेमिनल न्युराल्जिया अनुहारको एक भागमा अत्यन्त तीव्र र झट्का लाग्ने पीडा दिने स्नायु सम्बन्धी रोग हो। साधारण औषधीय उपचार प्रभावकारी नहुन सक्ने यस अवस्थामा आरएफए प्रविधिले दीर्घकालीन

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • १,३९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हरितालिका तीज आज : देशभरका शिवालयमा भक्तजनको घुइँचो

    काठमाडौं/आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउँदैछन्। देवादिदेव महादेवको पूजा–आराधना गर्दै उपवास बस्ने यो पर्वका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। भक्तजनहरूको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ। शास्त्रीय विश्वासअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत बस्नाले सुख, शान्ति र कल्याण प्राप्त हुने मान्यता छ। विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि धार्मिक ग्रन्थअनुसार पुरुषहरूले पनि यो व्रत लिनुपर्ने उल्ल

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • ५७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान ट्राफिक प्रहरीको डिजिटल बोर्ड : विवादास्पद लेखाइ सच्याइने

    धरान/ जिल्लाको ट्राफिक प्रहरी कार्यालय सुनसरीको डिजिटल बोर्डमा केही समयअघि “फेक प्रहरी” लेखिएको देखिएको थियो। धरान–८ मा रहेको उक्त बोर्डमा यस्तो शब्द देखिएपछि स्थानीयवासी चकित बनेका थिए। तर, प्रहरी भने यसबारे अनविज्ञ रहेको बताइएको थियो। पछिल्लो अपडेटअनुसार, कोशीपत्रमा समाचार प्रकाशित भएपछि प्रहरीले प्राविधिक त्रुटिका कारण त्यस्तो देखिएको स्वीकार गर्दै बोर्ड तत्काल सुधार गरिने जनाएको छ।

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ३,६८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

    विराटनगर/ विराटनगरबाट ठूलो परिमाणको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको कटिहार जिल्ला शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र सोही जिल्लाको खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकार रहेका छन्। उनीहरूलाई आइतबार साँझ विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडिको सार्वजनिक सडक खण्डबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले शंकास्पद गतिविधिका आधारमा उनीहरूलाई चेकजाँच गर्दा हुसेन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ६९५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज दर खाने दिन, यस्तो छ महत्व

    काठमाडौं/  हरितालिका तिजको अघिल्लो दिन आज (सोमबार) दर खाने पर्व मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तिजको दिन निराहार व्रत बस्ने चलन छ । व्रतका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तिजको अघिल्लो दिन १ दिन मात्र दरखाने परम्परा रहे पनि राजधानी काठमाडौंलगायतका सहरी क्षेत्रमा १ महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ । परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • ७०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिल्ला ट्राफिक प्रहरी,फेक प्रहरी ?

    धरान/ जिल्ला ट्राफिक प्रहरीको कार्यालय सुनसरी फेक प्रहरी लेखिएको पाइएको छ ।   धरान ८ मा रहेको प्रहरी कार्यालयको डिजिटल बोर्डले फेक प्रहरी भनेर देखाएको हो ।  तर यस बारे प्रहरी अनविज्ञ रहेको छ । तस्बिर:    

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • १,२०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved