हरितालिका तीज आज : देशभरका शिवालयमा भक्तजनको घुइँचो

  • भदौ १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दू महिलाहरूले हरितालिका तीज पर्व मनाउँदैछन्।

देवादिदेव महादेवको पूजा–आराधना गर्दै उपवास बस्ने यो पर्वका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ।

भक्तजनहरूको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको छ।

शास्त्रीय विश्वासअनुसार भाद्र शुक्ल तृतीयामा हरितालिका व्रत बस्नाले सुख, शान्ति र कल्याण प्राप्त हुने मान्यता छ।

विवाहित महिलाले पतिको दीर्घायु र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै यो व्रत बस्ने गर्छन्। यद्यपि धार्मिक ग्रन्थअनुसार पुरुषहरूले पनि यो व्रत लिनुपर्ने उल्लेख पाइन्छ।

पुराणमा वर्णन भएअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरेर महादेवलाई पति प्राप्त गरेकी थिइन्। पार्वतीलाई साथीहरूले हरण गरेर सुरक्षित स्थानमा राखेको प्रसंगकै कारण ‘हरित’ (हरण) र ‘आलिका’ (साथी) शब्द मिलेर ‘हरितालिका’ बनेको मानिन्छ।

यस व्रत निराहार (केही नखाई), जलाहार (जल मात्र) वा फलाहार (फलफूल सेवन) गरी बस्न सकिन्छ। शास्त्रमा स्वास्थ्यलाई ध्यानमा राखेर उपयुक्त विकल्प छनोट गर्नुपर्ने भनिएको छ।

औषधि सेवन गर्नुपरेमा व्रत भङ्ग नहुने स्कन्धपुराणमा उल्लेख छ।

धार्मिक विश्वासअनुसार आजको दिन शिव–पार्वतीको पूजा–आराधना गर्ने र व्रत बस्ने व्यक्तिको मनोकामना पूरा हुने मानिन्छ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved