खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

  • भदौ ९, २०८२
  • कोशीपत्र/संवाददाता
alt -साङ्केतिक तस्बिर

विराटनगर/ विराटनगरबाट ठूलो परिमाणको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत बिहारको कटिहार जिल्ला शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र सोही जिल्लाको खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकार रहेका छन्।

उनीहरूलाई आइतबार साँझ विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडिको सार्वजनिक सडक खण्डबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले शंकास्पद गतिविधिका आधारमा उनीहरूलाई चेकजाँच गर्दा हुसेनले बोकेको ब्यागभित्र पाइन्टको गोजीमा लुकाइएका १ सय ४७ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवैजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ। नेपालमा लागुऔषध ‘सप्लाई’ गर्न आएका उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले जनाएको छ।

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved