काठमाडौँ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । भक्तपुरको गुन्डुमा शनिबार आयोजित राष्ट्रिय युवा संघको खुल्ला भेटघाट कार्यक्रममा अध्यक्ष ओली देखिएका हुन् । कार्यक्रममा अध्यक्ष ओली, उनकी पत्नी राधिका शाक्य, राजेन्द्र गौतम, भानुभक्त ढकाल, महेश बस्नेत, राजिव पहरी, माधव ढुंगेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ । अध्यक्ष ओलीले सो कार्यक्रमलाई सम्बोधन समेत गरेका छन् ।
काठमाडौं/ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) भित्र शिक्षकलाई तलब उपलब्ध नगराउने पालिकालाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्। मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै दशैं–तिहारको बेला शिक्षकहरूले तलब नपाएको गुनासो बढिरहेका कारण तत्काल समाधान गर्न सम्बन्धित विद्यालयहरूलाई पनि निर्देशन दिएका हुन्। उनका अनुसार शिक्षा मन्त्रालयले तलब रकम पहिले नै विद्यालयमा पठाइसकेकाले शिक्षकहरूलाई समयमै पारिश्रमिक उपलब्ध गराउन कुनै अवरोध छैन। ‘मन्त्रालयबाट पैसा गएर पनि तलब नखुवाउने पालिकाहरुलाई सूचना – दशैं-तिहारको अवस
धरान/ जेनजी आन्दोलन र लगातारको वर्षाका बाबजुद पनि नेपालीहरु दशैंको तयारीमा जुटिरहेका छन् । विशेषगरी मासुका परिकारको महत्व हुने भएकाले धरानस्थित कृषि बजारमा खसी–बोका खरिद–विक्रीमा चहलपहल बढेको छ । धरान–१३ स्थित कृषि बजारमा गत शुक्रबार भन्दा यो शुक्रबार ठूलो संख्यामा खसी बोका व्यापारी तथा कृषकले ल्याएका छन् । खसी बोका विक्री गरेर दशैं टार्ने कृषक र व्यापारीको ध्याउन्न छ भने उपभोक्ताले समेत सर्वसुलभ ढंगले खरिद गरी दशैं मनाउने तयारी गरेका छन् । कृषक तथा व्यापारीहरु भन्छन् ‘वर्षा र आन्दोलनकै कारण बजार सुस्त थियो, अहिले भने चहलपहल बढेको छ ।’हाल कृषि बजारम
विराटनगर/ जेनजी आन्दोलनका क्रममा दुहबी नगरपालिकाको कार्यालयमा तोडफोड र आगजानी भएबाट कार्यालयका भौतिक सामग्रीहरु क्षतिग्रस्त भएकाले नगरपालिकालाई जिन्सी सामाग्री प्रदान गरिएको छ । मोरङ उद्योग व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी र उद्योग संगठन मोरङले दुहबी नगरपालिकाको कार्यालयलाई तीन लाख बराबरको कार्यालय उपकरण र जिन्सी सामग्रीहरु उपलब्ध गराएको हो । नगरपालिकाको कार्यालय संचालनमा सहयोग पु¥याउने अभिप्रायले संघ, संगठन र परिसंघले संयुक्त रुपमा दुहबी नगरपालिकालाई २ थान कम्प्यूटर, २ थान प्रिन्टर, २ थान अफिस टेबुल, २ थान रिभल्वीङ चेयर, ४ थान भिजिटर चेयर, १÷१ थान स्टील दराज र बु
धरान/ विजया दशमी, दिपावली, नेपाल संवत् ११४६ तथा छठ पर्वको अवसरमा धरान मदिरा व्यवसायी संघले शुक्रबार साँझ धरानमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेका छन् । सोही कार्यक्रममा व्यवसायीले वर्तमान बजारको सङ्कटबारे चिन्तासमेत व्यक्त गरे । नेपाल मदिरा व्यवसायी महासङ्घका कोशी प्रदेश अध्यक्ष नवीन तामाङले खुद्रा तथा थोक व्यवसायी पलायन हुँदै गइरहेको बताए । उनले व्यवसायी पलायनका कारण पहिल्याउनु पर्ने बताए । मुलुकमा जारी नयाँ किसिमको आन्दोलनले व्यवसायी सशङ्कित, त्रसित र भयभीत भएको धरानका व्यवसायीले बताएका हुन् । जेनजी आन्दोलनका कारण उद्योग, व्यवसाय गुमाएका उद्योगी व्यवसायीलाई सान्त्वना दिँदै स
धरान/ धरानबाट केही बेर उत्तर तर्फ यात्रा ग¥यो भने, मोरङको केराबारी–६ मा एउटा सपनाजस्तै देखिने फाँट खुलिन्छ — जहाँ सेतै सेतो काँसले आकाश छुने प्रयास गरिरहेको हुन्छ । सतिसालेको त्यो ठाउँ, जुन अहिले भाइरल काँस घारी भनेर चिनिन्छ, साँच्चै प्रकृतिले प्रेम लेखेको क्यान्भासजस्तै देखिन्छ।वर्षमा एक पटक मात्र फुल्ने यी काँसहरू, जब चुरे फेदीको हरियालीलाई सेतो ओढारले ढाक्छन्, तब त्यो दृश्य कुनै कविताभन्दा कम हुँदैन। बिहानैदेखि धरान, इटहरी, बेलबारीतिरबाट युवायुवती, परिवार, अनि जोडीहरू त्यहाँ पुग्छन् —कोही फोटोको क्याप्सनमा प्रेम खोज्दै, कोही टिकटकको क्लिपमा यादहरू कैद गर्दै। चारकोसे
सुनसरी/विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ विशाल चोक नजिकै ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। मिति २०८२ असोज १० गते राति करिब १:४० बजे धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको BR 11 BR 7102 नम्बरको कार र नखुलेको नम्बरको २२० पल्सर मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा दुबै सवारी धरानतर्फ भागेका थिए। प्रहरीको पछ्याइपछि मोटरसाइकलमा सवार चालकले कार छाडेर भागेपछि प्रहरीले कारलाई नियन्त्रणमा लिई तलासी गर्दा ११ वटा प्लास्टिकको पोकामा लुकाइएका ३४० केजी गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। बरामद लागू औषधसहितको कार नियन्त्रणमा लिएर थप अन
धरान/धरान–८ हिमाली पेट्रोल पम्प छेउस्थित कोशी लोकमार्गमा बिहिबार दिउँसो टिफरले ठक्कर दिँदा एक महिलाको ज्यान गएको छ। धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिफरले करिब ३४–३५ वर्षको महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते भएकी महिलालाई उपचारका लागि तत्काल वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। बाहिरी चोट नदेखिए पनि अवस्था गम्भीर भएको र दिउँसो करिब २:४० बजे उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। घटनास्थलमा प्रहरी चौकी धरानका प्रहरी नायब निरीक्षक छबिलाल भण्डारीको कमाण्डमा प्रहरी टोली पुगेको थियो। टिफर चालक मोरङ, केरावारी गा
लहान/ लहान नगरपालिका–१४ बस्तीपुरको एउटा छानो, जहाँबाट पानी चुहिरहेको छ। झुप्रोको कुना–कुना चिसिएको छ, तर त्योभन्दा चिसो बनेको छ सीता पासवानको मन। असोज २ गते, श्रीमान् बद्री पासवानको निधनसँगै सीताको जीवनमा आँधी हुरी चलेको छ। श्रीमान् गुमाइसकेपछि तीन नाबालक छोराको जिम्मेवारी सीताको काँधमा आइपुगेको छ । भोकसँगको सङ्घर्ष र भविष्यप्रतिको अनिश्चितता एकै पटक आइपरेको छ।‘तेह्र दिनको किरिया कर्म गर्नुपर्छ, अझै केही दिन बाँकी छ । भरदिन मजदुरी नगरे बेलुका मुखमा माड लाग्दैन। कसरी बालबच्चालाई खुवाउने भन्ने चिन्ता छ’, आँखाभरि आँसुले बोल्न अवरोध गरिरँदा पनि उनले हामीसँग भनिन
धरान/ विजयादशीको नौरथा शुरु हुनासाथ धरानका मठमन्दिरमा देखिने चहलपहल विगत केही वर्षयता हराउँदै गएको छ । विगतमा युवा–युवतीदेखि बालबालिकासम्म विहानै मठमन्दिर पुग्ने गरेका थिए भने अहिले यो प्रचलन लगभग हराएको देखिन्छ । धरान १४ विजयपुरका मठमन्दिरहरु नौरथा सुरु भएलगत्तै अत्याधिक चलायमान हुने गर्थे । विहान ३ बजेदेखि नै दर्शनार्थीहरुको भीड लाग्ने गर्दथ्यो । विशेष गरी दन्तकाली शक्तिपीठमा नौरथाको समयमा निकै भीड हुने गथ्र्यो । तर यस वर्ष नौरथामा मठमन्दिर पुगेका युवायुवती तथा बालबालिकाको उपस्थिति नगन्य मात्र देखिएको छ । समाजसेवी धर्मप्रेमीका अनुसार २०७२ सालको भूकम्प, त्यसपछिको कोभिड&nd