सुनसरीमा ३४० किलो गाँजा बरामद, दुई तस्कर फरार

  • असोज १०, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका–५ विशाल चोक नजिकै ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।

मिति २०८२ असोज १० गते राति करिब १:४० बजे धरानबाट कालाबञ्जारतर्फ जाँदै गरेको BR 11 BR 7102 नम्बरको कार र नखुलेको नम्बरको २२० पल्सर मोटरसाइकललाई प्रहरीले रोक्न खोज्दा दुबै सवारी धरानतर्फ भागेका थिए।

प्रहरीको पछ्याइपछि मोटरसाइकलमा सवार चालकले कार छाडेर भागेपछि प्रहरीले कारलाई नियन्त्रणमा लिई तलासी गर्दा ११ वटा प्लास्टिकको पोकामा लुकाइएका ३४० केजी गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

बरामद लागू औषधसहितको कार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसैबीच, फरार रहेका मोटरसाइकल, त्यसका चालक र कार चालकको व्यापक खोजी भइरहेको बताइएको छ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved