राजनीति

    Showing ८११-८२० of १,९५८ items.
  • पर्यटकीय क्षेत्र बोकेर घुम्न जाऊँ इलाम अभियानमा व्यवसायी

    इलाम/ इलामको माई पोखरीको जल, पाथीभराको माटो र इलामका गीत सङ्गीत सहित जिल्लाका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागी पश्चिमी जिल्लाको अभियानमा पर्यटन व्यवसायीहरु निस्किएका छन् । इलाम भन्ने बित्तिकै धेरै जसोले कन्याम र अन्तु मात्रै बुझ्ने गरेको र त्यही बाट फर्कने गरेको भन्दै कन्यामय र अन्तु भन्दा धेरै राम्रा पर्यटकीय गन्तव्य इलाममा छन् भन्ने चिनाउनका लागि व्यवसायी लागिपरेका हुन । मंगलवारबाट सुरु भएको अभियानमा विभिन्न जिल्लाका पर्यटन व्यवसायीसँग छलफल साथ इलामको पर्यटकीय क्षेत्रको प्रचार अभियानमा छन् । होटेल व्यवसायी संघको आयोजनामा भएको अभियानमा उद्योग वाणीज्य संघका प्रतिनिधि, राजनैतिक दल

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • ६७७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी नामाकरण दिनमा पहिचानवादीको विरोध प्रदर्शन

    धरान/  पहिचानवादीहरुले कोशी प्रदेशको नामाकरण भएको दिनलाई अध्यारो दिन भन्दै विहिबार विरोध प्रदर्शन गरेका छन् । प्रदेशको नामकरण भएको एक वर्ष पुरा भएको दिन विरोध स्वरुप प्रदेशका सबै जिल्ला र काठमाण्डौंमा विरोध प्रदर्शन गरेका हुन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा आदिवासी जनजाति महासंघमा आबद्ध जातीय संंस्थाहरुले सहभागिता जनाएका थिए । प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गरलगायतका नारा लगाएका थिए । प्रदेशसभाले गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो ।

    • प्रकाशित मितिः फागुन १८, २०८०
    • ५४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निःशुल्क उपचार घोषणा कार्यान्वयनमा आलटाल

    मोरङ/  कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्न विभिन्न अस्पतालसँग सम्झौता गरे पनि अस्पतालले भने त्यसको कार्यान्वयनमा आलटाल गर्ने गरेका छन् । अस्पतालले विभिन्न बाहना र कागजातको माग गर्दै उपचार खर्च लिन छोडेका छैनन् । सुनसरीको हरिनगरा गाउँपालिका–२ निवासी इर्फना खातुनले फागुन २ गते मोरङको बुढीगंगास्थित विराट मेडिकल टिचिङ अस्पतालमा शल्यव्रिmया मार्फत जुम्ल्याहा शिशुलाई जन्माउनुभयो । दुईमध्ये एउटा शिशु एनआइसियुमा राखेर उपचार गर्नुपर्ने भयो । प्रदेश सरकारले घोषणा अनुसार नवजात शिशुको निःशुल्क उपचार हुने कुराले उहाँलाई केही हदसम्म सन्तोष मिलेको थियो तर विराट

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • ५४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम उपचुनावमा एमाले र कांग्रेसको दावेदारी, माओवादी र पहिचानवादीको बेग्लै तयारी

    विराटनगर/  निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को लागि प्रतिनिधि सभा सदस्यको उप निर्वाचन वैशाख १५ गतेलाई तोकेपछि राजनीतिक दलको शक्ति परीक्षण हुने भएको छ ।२०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण रिक्त रहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनले दलहरूको पछिल्लो लोकप्रियता समेत मापन हुने भएकाले यो उप निर्वाचनको महत्व छ । इलामलाई पहिचानवादीहरूको केन्द्रको रूपमा लिने गरिन्छ । किराँत धर्मगुरु आत्मानन्द लिङदेनको वासस्थान र किराँतीहरुहरुको धार्मिक आस्थाको केन्द्र मांसेवुगं यसै निर्वाचन क्षेत्रमा पर्दछ । अघिल्ला निर्वाचनमा उनीहरू

    • प्रकाशित मितिः फागुन १६, २०८०
    • ८२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा वैशाख १५ गते उपनिर्वाचन हुने

    धरान/  निर्वाचन आयोगले ०८१ वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने घोषणा गरेको छ। नेपाल सरकारसँगको परामर्शमा निर्वाचन आयोगले उपनिर्वाचन मिति घोषणा गरेको हो। आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालले २०८१ वैशाख १५ गते शनिबार इलाम मा उपनिर्वाचन गर्ने निर्णय भएको जानकारी दिए। इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य रिक्त छ। ०७९ मंसिरमा भएको चुनावमा त्यस क्षेत्रबाट नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी भएका थिए। नेम्वाङको गत भदौ २६ गते निधन भएपछि यो क्षेत्र खाली छ।

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • ६०० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पथरीशनिश्चरेको बाल कल्याणका विद्यार्थी र अभिभावक आन्दोलित

    विराटनगर/ मोरङको पथरी–शनिश्चरे नगरपालिका ७ किर्तिपुरमा रहेको बाल कल्याण माध्यामिक विद्यालय स्कुलका विद्यार्थी र अभिभावकले विभिन्न माग गर्दै प्रदर्शन गरेका छन् । व्यवस्थापन समितिले पूर्णता नपाएको, स्कुल प्रशासनले समय तालिका अनुसार स्कुल नलगाएको, स्थानीय विषयमा पठनपाठन नगरेको, सेवामुखी स्कुल नभएको, राजनीतिकरण भएको, विद्यार्थीले कुटपिट गर्ने गरेको, निजी विद्यालयसँग विद्यार्थीको सौदाबाजी गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले दिवा खाजामा पारदर्शीता हुनुपर्ने, शिक्षकहरूले पुरा समय अध्यापन गराउनु  पर्ने लगायतका माग पनि राखेका छन् । प्रदर्शनका क्रममा उनीहर

    • प्रकाशित मितिः फागुन १०, २०८०
    • ५२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छुवाछुत अन्त्यमा ब्राम्हण समाज

    धरान/ब्राम्हण समाज धरान उपमहानगर समिति छुवाछुत अन्त्यका लागि गम्भीर बनेको सहभागीहरुले बताएका छन् । सोमबार धरानमा आयोजित समाजको धरान उपमहानगर समितिको नवौ साधारणसभा तथा तेस्रो अधिवेशनका अवसरमा समाजमा आवद्ध रहेकाहरुले सदियौदेखि चल्दै आएको जातीय विभेदको अन्त्यको लागि ब्राम्हण समाज धरान उपमहानगरसमितिले धेरै काम गरेको सहभागी वक्ताहरुले बताएका हुन् । कार्यक्रममा बोल्दै समितिका सल्लाहकार धर्मराज तिम्सिनाले जातीय विभेद अन्त्यको लागि ब्राम्हण समाजले समाजमा उल्लेख्य काम गर्दै आएको बताउदै समाजले अगाडि सहभोजको कार्यक्रम आयोजना गरेको बताए । उनले धरान उपमहानगर समतिले यस्ता कार्यक्रमलाई अगाडि बढाए पनि केन्

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • ६४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ६ लेन सडक आयोजना विरुद्ध दुहबीका स्थानीय आन्दोलित

    सुनसरी/ सर्वोच्च अदालतको आदेश अवज्ञा गर्दै ६ लेन सडक बिस्तार आयोजना कार्यालयले संरचना हटाउन खोजेको भन्दै सुनसरीको दुहबीका स्थानीय आन्दोलित बनेका छन् । ६ लेन सडक बिस्तार आयोजना कार्यालयले गत माघ १२ गते सार्वजनिक सूचना जारी गर्दै कोसी राजमार्ग अन्तर्गत दुहबी बजार क्षेत्रको सडक क्षेत्राधिकारमा पर्ने संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको थियो । त्यसबिरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका स्थानीयहरू आयोजना कार्यालयले अदालतको आदेश अवज्ञा गर्दै संरचना खाली गर्न खोजिएको भन्दै आन्दोलित बनेका हुन । सर्वोच्च अदालतले संरचना हटाउँदा वा भत्काउँदा निवेदकहरूलाई अपूरणीय क्षति पुग्न जाने भन्दै रिट निव

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • ७०१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानी आयोजनामा पाइपको विवाद

    धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिकाको मारेकटहरेमा सञ्चालित मारेकटहरे खानेपानी आयोजनामा पाइपमा विवाद बढेको छ । जिल्ला खानेपानी कार्यालयबाट दिएको पाइप अध्यक्ष नारद कट्वालले दुरुपयोग गर्न खोजेको भन्दै छानबिन गर्न माग गरिएको छ । महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज राय वडा नम्बर दुईका वडाध्यक्ष पदम रखाल लगायत स्थानीयले जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा छानबिन गरिदिन माग गरेको हो । जिल्लाबाट ल्याइएको पाइप सिधुवा बजारको एक पसलमा झरेको गुनासो आएपछि हामीले किन सिधुवामा झारियो भनेर बुझिदिन कार्यालयलाई अनुरोध गरेका वडाध्यक्ष पदम रखालले बताए । पाइपमा विवाद दे

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • ७३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान कार्यपालिका बैठक विवादित

    धरान/ विभिन्न समुहद्वारा निर्मित पार्कहरु धरान उपमहानगरपालिकामा सुचिकृत गर्ने विषयमा कार्यपालिका सदस्यहरुले अध्ययन समिती गठन गर्न माग गरे पछि मेयर हर्कराज राईले कार्यपालिका बैठकनै स्थगित गरेर कार्यपालिका सदस्यहरुको मानहानी गरेको आरोप लागेको छ । मंगलबार भएको कार्यपालिका बैठकमा मेयर राईले हस्तान्तरित पार्कहरुलाई सुचीकरण तथा व्यववस्थापन गर्ने सम्बन्धमा पेश गरिएको प्रस्ताव माथि छलफल गर्न कार्यपालिका सदस्यहरुले सुझाव राख्ने क्रममा उनले प्रस्ताव माथि कुनै छलफल नगरिने भन्दै कार्यपालिका बैठकनै स्थगित गरेको घोषणा गर्दै बाहिरिएका थिए । उनी बाहिरिए पछि उपमेयर सहित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यह

    • प्रकाशित मितिः फागुन ९, २०८०
    • १,४५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved