कोशी नामाकरण दिनमा पहिचानवादीको विरोध प्रदर्शन

  • फागुन १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  पहिचानवादीहरुले कोशी प्रदेशको नामाकरण भएको दिनलाई अध्यारो दिन भन्दै विहिबार विरोध प्रदर्शन गरेका छन् ।

प्रदेशको नामकरण भएको एक वर्ष पुरा भएको दिन विरोध स्वरुप प्रदेशका सबै जिल्ला र काठमाण्डौंमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा आदिवासी जनजाति महासंघमा आबद्ध जातीय संंस्थाहरुले सहभागिता जनाएका थिए ।

प्रदर्शनकारीले पहिचान विरोधी होसियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा सबै प्रान्तको नामाकरण गर, संघीयता पुनः सीमांकन गरलगायतका नारा लगाएका थिए ।

प्रदेशसभाले गत वर्षको फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो । त्यसयता पहिचानसहित प्रदेशको नामकरण हुनुपर्ने माग गर्दै आन्दोलन भइरहेको छ । नामकरण भएको एक वर्ष पुगेको दिनलाई पहिचानवादीहरुले ‘अध्यारो दिन’ भन्दै विरोध गरेका हुन् ।

प्रदेशको नाम कोशी राखेको दिनलाई पहिचानवादीहरूले कालो दिनको रूपमा विरोध जनाएको किराँत याक्थुङ्ग चुम्लुङका महासचिव निरन्ती तुम्वापोले बताएकी छन् । प्रदेश नम्बर १ पुन नामकरण संयुत्तः सङ्घर्ष समितिले प्रदेशको नामक कोशी राखेको दिनको रूपमा कालो दिनको रूपमा लिएको छ ।

धरान उपमहानगर १ छाताचोक स्थित पुरानो अस्पतालको मुलगेट बाट दिउसो साढे २ बजेबाट सुरु गरेको बिरोध ¥याली धरानको भानुचौक पुगेर कोण सभामा परिणत भएको थियो ।

उनीहरुले टाउको र हातमा कालो पट्टी बाधि कोशि प्रदेश खारेज, कोशी प्रदेशलाई पुनः नामाङकन, ऐतिहासिक पृष्ठभुमिको आधारमा लिम्बुवान किरात प्रदेश नामाङकन, पहिचानको आधारमा प्रदेश न १ को पुनः नामाङकन लगायतका माग गर्दै नारा लगाएका थिए ।

उनीहरूले कोशी खारेज गरेर पहिचानसहितको संघीयताको मर्मअनुरूप नाम राखिनुपर्ने माग राखेका थिए ।

बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै जसपा लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष जेन्टल लावतीले अब आदिवासीहरु एक ठाउँ हुनुको अर्को विकल्प नरहेको बताए । उनले भने, ‘हामी यहा खेलाचीँ गर्न उभिएका हैनौं, पहिचान र सभ्यताको आधारमा प्रदेशको नामकरण गरिनुपर्ने माग राख्नु जातीय भएको आरोपको खण्डन गर्छु ।’

कोणसभामा सांसदहरूको पुत्ला जलाएका थिए भने ८२ सांसदहरू जहा भेटयो तेहि ठाउँमा कालोमोसो दल्ने, सांसदलाई सदन भित्र थुनेर राख्न, कोशि नाम कदापि नमान्ने, पुन नामाङकको लागि आफ्नो ज्यानको बलिदिन समेत दिन पछाडि नहट्ने बताए ।

प्रदेशसभामा रहेका एमाले, माओवादी, काँग्रेस र राप्रपाका प्रदेश सभा सदस्यले कोशी नामको पक्षमा मतदान गरेका थिए । ९३ सदस्यीय प्रदेशसभामा जसपा र एकीकृत समाजवादीले मात्र कोशीको विपक्षमा मतदान गरेको थियो ।

पछिल्लो समयमा भने माओवादी केन्द्र र नेपाली काँग्रेसले पनि नामकरणबारे उठेको आवाजलाई सम्बोधन गर्नुपर्ने बताउँदै आएका छन् ।
कोशी नाम राखिएपछि पहिचानवादीहरूले गरेको आन्दोलनको क्रममा पदम लिम्बु लाजेङ्गको मृत्यु भएको थियो ।

पहिचानवादीले कोशीमा मतदान गर्ने सांसदहरुलाई जिल्ला प्रवेशमा रोक लगाउँदै आएका थिए ।

केदार कार्की नेतृत्वको सरकारले पहिचानवादीहरूसँग वार्ता गरेपछि उनीहरुले आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति गरेका छन् ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved