राजनीति

    Showing ६४१-६५० of १,९५८ items.
  • चिया सम्मेलन गर्ने मुख्यमन्त्री कार्कीको घोषणा

    विराटनगर/  कोशी प्रदेश सरकारले हिउँदमा चिया सम्मेलन आयोजना गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा पहिलो पटक चिया सम्मेलनको आयोजना गर्न लागिएको बताए । इलामको सूर्योदय नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिए । कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उनको भनाई छ। २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उनले यसले इलामको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पर्यटन प

    • प्रकाशित मितिः साउन १६, २०८१
    • ५४० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खानेपानीको ६ करोडको आयोजना अलपत्र

    सिरहा/  सिरहाको कल्याणपुर नगरपालिका–१२ तिलासीमा बेल्हा खानेपानी तथा सरसफाइ आयोजनाको काम अलपत्र रहेको छ । पञ्चवर्षीय योजनासहित विसं २०७२ देखि सुरु भएको उक्त खानेपानी आयोजना नौ वर्ष बित्दा पूरा नभएको हो । पाँच वर्षभित्र एक हजार दुई सय घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने लक्ष्यसहित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय लहानले छ करोड ५० लाखमा आयोजना बनाउन सुरु गरेको थियो । कार्यालयले हालसम्म रु दुई करोडमा दुई बोर्डिङ गाडेर ट्याङ्की बनाएर बाँकी काम अलपत्र छाडेको छ । समयमै पूर्णता दिन बेल्हा खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुशेश्वर ठाकुरले भने पाँच वर्षभित्र योजना सम्पन्न गर्ने भने

    • प्रकाशित मितिः साउन १६, २०८१
    • ४९७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरी उपमहानगर र प्रधानाध्यापकको लापारबाहीले ८० लाख घोटाला

    इटहरी/ इटहरी उपमहानगरपालिकाको लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण ८० लाख रकम ‘घोटाला’ भएको पाइएको छ ।इटहरी उपमहानगरपालिकाका कर्मचारीहरूको चरम लापरबाही र विद्यालयका प्रधानाध्यापकको ‘नियत’का कारण डेढ वर्षदेखि ८० लाख रुपैयाँ रकम ‘घोटाला’ भएको पाइएको हो । आर्थिक वर्ष ०७९/८० मा शिक्षकको तलव शीर्षकको बजेटमा उपमहानगरले इटहरी १४ मा रहेको श्री शान्ति सिर्जनमा माध्यमिक विद्यालयलाई दिनुपर्नेभन्दा ८० लाख बढी रकम उपलब्ध गराएको थियो । विद्यालयलाई सात लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने भएपनि उपमहानगरको लापरबाहीका कारण ८८ लाख २४ हज

    • प्रकाशित मितिः साउन १६, २०८१
    • ६१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर साम्पाङले १० दललाई टेरेनन्,दलको आन्दोलनले घुडाँ टेकाउला त ?

    धरान/ धरान खानेपानी बोर्डले बृद्धि गरिएको खानेपानी महसुल खारेजीको माग गर्दै धरानका राजनीतिक दलहरुले दिएको अल्टिमेटमको समय सकिएको छ । १० वटा राजनीतिक दलहरुले शुक्रबार धरान उपमहानगरपालिकाको मेयर हर्कराज साम्पाङ राई बोर्डको अध्यक्ष रहेको खानेपानी बोर्डलाई बृद्धि गरिएको महसुल खारेजीको माग गर्दै ७२ घण्टे अल्टिमेटम सहित ज्ञापन पत्र वुझाएका थिए । तर मेयर साम्पाङले दलहरुको मागलाई सुनुवाई नगरेपछि आज(मंगलबार) देखि आन्दोलनको घोषणा गरेका छन् । समयसीमा सकिएपछि पनि मेयर राई टस न मस भएर सुनुवाई नगरी चुप लागेर बसेका छन् । ७२ घण्टाको समय सीमा सकिएपछि विज्ञप्ती जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन । बो

    • प्रकाशित मितिः साउन १५, २०८१
    • १,२८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वमन्त्री जोशी भ्रष्टाचार गरेको ठहर ६९ लाख जरिवाना र नौं महिना कैद

    काठमाडौं/ पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतले गरेको फैसलालाई आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले सदर गरेको सर्वोच्च अदालतले जनाएको हो । सर्वोच्चले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद सजाय सुनाएको छ । भ्रष्टाचार मुद्दा दर्ता भएको १२ वर्षपछि सर्वोच्चले आज फैसला सुनाएको हो । इजलासले जोशीले ६९ लाख १५ हजार रूपैयाँ बराबरको स्रोत नखुलेको सम्पत्ति थुपारेको भन्दै त्यति नै जरिवाना तिराउने फैसला गरेको छ । जेठ १ गतेदेखि अन्तिम सुनुवाइ गरिरहेको यो मुद्दामा आइतबार निर्णय सुनाएको हो । जोशीको मुद्दामा प्रतिवादी

    • प्रकाशित मितिः साउन १४, २०८१
    • ५९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा काँग्रेसलाई मन्त्रीको टुंगो लगाउन हम्मे

    विराटनगर/ नेकपा माओबादी एमालेसँगको सत्ता समीकरणबाट बाहिरिएपछि सत्ता समीकरणमा रहेको नेपाली काँग्रेसलाई मन्त्रीहरूको नाम टुङ्ग्याउन काङ्ग्रेसलाई सकस परेको छ । पार्टी भित्र मन्त्री बन्ने आकाङ्क्षी धेरै भएपछि मन्त्रीको नाम टुङ्गो लगाउन काङ्ग्रेसलाई सकस परेको हो । मन्त्रीमण्डलमा पठाउनेको नाम टुङ्गोमा पुग्न नसकेपछि काङ्ग्रेस भित्र आन्तरिक किचलो बढेको छ । काङ्ग्रेस भित्रको गुटगत राजनीतिका प्रभावका कारण पनि मन्त्रीको नाम टुङ्गोमा पु¥याउन सकस भएको एक नेताले बताए । उनका अनुसार पार्टी सभापति देउवा निकटबाट दुई डा शेखर कोइराला निकटबाट एक र प्रभावशाली नेता कृष्ण सिटौला निकटबाट एक जनालाई मन्त्री

    • प्रकाशित मितिः साउन १४, २०८१
    • ८९९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर विरुद्ध राजनीतिक दलहरु,महसुल खारेज नगरिए आन्दोलन गर्ने चेतावानी(भिडियो सहित)

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानीको महसुल धरान जनताको ढाड सेक्ने गरी बृद्धि गरेको भन्दै यहाँका राजनीतिक दलहरुले आज(शुक्रबार ) धरान खानेपानी बोर्डमा ज्ञापन पत्र बुझाउँदै उक्त बृद्धि गरिएको महशुल तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावानी दिएका छन् । मेयर राई धरान खानेपानी बोर्डको अध्यक्ष समेत रहेकाले दलहरुले ७२ घण्टे अल्टिमेटम दिदैं उक्त बृद्धि गरिएको महसुल खोरज नगरे कडा आन्दोलन गर्ने चेतावानी दिएका हुन् । शुल्क खारेज गर्न धरानका १० वटा राजनीतिक दलले माग गरेको हो । दलहरुले छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डको कार्यालय पुगेर बोर्डको निर्देशक राजु पोख्रेलला

    • प्रकाशित मितिः साउन ११, २०८१
    • १,२५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशी उच्चबाँधको नाम फेर्ने तयारी

    विराटनगर/ सप्तकोशी उच्च बाँधको नाम फेर्ने तयारी गरिएको छ । उच्च बाँधको उचाई घटाउने सहमति समेत नेपाल र भारतका सरकारले गरेका छन् । उच्चबाँधको नाममा डीपीआर बनाउँदा स्थानीयको विरोधका कारण काम अगाडि बढाउन नसकेपछि दुवै सरकारले आयोजनाको नाम नै फेर्ने कसरत गरेका हुन् । ‘उच्चबाँध’ भन्नेबित्तिकै स्थानीयको मनमा त्रास पैदा हुने र राजनीतिक चलखेल बढ्ने भन्दै परियोजनाको नाम नै फेर्ने सहमति भएको बुझिएको छ । नेपाल–भारत ज्वाइन्ट टीम एक्सपर्ट (जेटीई) ले सप्तकोशी उच्च बाँधको नाम फेर्न सहमति जनाए पनि दुई देशले औपचारिक निर्णय गरिसकेका छैनन् । यो आयोजनाको डीपीआर निर्माणको लागत भारत सरकारले

    • प्रकाशित मितिः साउन १०, २०८१
    • ९९० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सञ्चारकर्मी धमला आक्रमण प्रकरण: मेयरका श्रमदान अभियन्ता समीर पक्राउ

    धरान/ इलाका प्रहरी कार्यालय धरानको गेट अगाडि अराजकढंगबाट प्रस्तुत भएको भन्दै मेयर हर्कराज राईका समर्थक समिर तामाङलाई प्रहरीले धरानको भानुचौकबाट पक्राउ गरेको छ । सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारकै क्रममा गत हप्ता बुधबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आक्रमण भएपछि आक्रमणमा संलग्नलाई प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ गरेका व्यक्तिहरु निर्दोष भएको भन्दै रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय धरानको गेट तोडफोडको प्रयास गर्नेलाई प्रहरीले पक्राउ लिष्टमा राखेको थियो । पक्राउ परेका तामाङ मेयर राईको श्रमद्धान अभियानका खास व्यक्तिको रुपमा धरानमा चिनिदै आएका थिए । सोही अ

    • प्रकाशित मितिः साउन ८, २०८१
    • १,०१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पूर्वमुख्यमन्त्री कार्कीद्धारा सचिवलाई टेलिफोन गरी कुट्ने धम्की

    विराटनगर/ कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई टेलिफोन मार्फत कुटपिट गर्ने धम्की दिएको खुलासा भएको छ    जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गर्दै भट्टराईले उजुरी दिएपछि उक्त कुरा खुलासा भएको हो । धम्की दिएको बारे मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफ्नो कार्यालयमा निवेदन परेको पुष्टि गरेका छन् । ‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ भट्टराईले भने, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै । मैले यो निवेदनब

    • प्रकाशित मितिः साउन ८, २०८१
    • ७९४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved