चिया सम्मेलन गर्ने मुख्यमन्त्री कार्कीको घोषणा

  • साउन १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  कोशी प्रदेश सरकारले हिउँदमा चिया सम्मेलन आयोजना गर्ने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशमा पहिलो पटक चिया सम्मेलनको आयोजना गर्न लागिएको बताए ।

इलामको सूर्योदय नगरपालिकाको वार्षिक नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री कार्कीले हिउँद महिनामा कोशी प्रदेशमा चिया सम्मेलन गर्न लागिएको जानकारी दिए ।

कृषिसँग पर्यटन जोड्नलाई चिया सम्मेलन आवश्यक भएकाले चिया सम्मेलन गर्न लागिएको उनको भनाई छ। २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ घोषणा गरिएको भन्दै उनले यसले इलामको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

पर्यटन प्रवर्द्धन, तथा पर्यटकको सहजीकरण गर्न कोशी प्रदेशमा पर्यटन प्रहरीको सुरुवात गरिएको बताउँदै मुख्यमन्त्री कार्कीले सूर्योदय नगरपालिकामा पनि पोस्ट स्थापना गरिने जानकारी दिए ।

पर्यटन प्रहरी र भ्रमण वर्षले कोशी प्रदेशमा धार्मिक पर्यटक भित्र्याउन सहज हुने उल्लेख गरे ।

चियाको पर्यटनसँगै प्रदेशले धार्मिक पर्यटनमा ध्यान दिने बताए । भारत र चीनबाट हिन्दु र बौद्धिष्ट धर्मावलम्बीहरूलाई नेपाल भ्रमणमा ल्याउन सकिने भन्दै यसले कोशी प्रदेशको पर्यटन व्यवसाय विकास गर्दै मुलुककै विकासमा समेत भूमिका खेल्ने बताए । नेपाली कृषि उत्पादनलाई भारत निर्यातका लागि सहजिकरण गर्न प्रदेश सरकार तयार रहेको समेत स्पष्ट पारे ।

‘प्रदेशमा भइरहेको सरकारको फेरबदल र राजनीतिक अस्थिरताले जनतामा नैराश्य आएको भए पनि यसलाई चिरेर अब अघि बढ्ने सरकारको योजना रहेको छ, उनले भने, शासकीय सुधार गरेर जाने मेरो प्रतिबद्धता छ ।’

आफू नेतृत्वमा रहँदा उत्कृष्ट रूपमा कार्यसम्पादन गरेको दृष्टान्त दिँदै मुख्यमन्त्री कार्कीले बजेट खर्चको आधारमा कोशी प्रदेश पहिलो रहेको जानकारी गराए । सूर्योदय नगरपालिकाले नेपालकै सबै पालिकाहरू मध्ये केही विधामा उत्कृष्टता हासिल गर्न सफल भएको भन्दै प्रशंसा गरे ।

स्थानीय तहको पुँजीगत खर्च बढाउन आवश्यक रहेको बताएका कार्कीले नीति तथा कार्यक्रम सफल बनाउन प्रदेश सरकार, सङ्घीय सरकार र निजी क्षेत्रको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै कोशी प्रदेश सभा सदस्य समशेर राईले इलाममा भेटेरिनरी अस्पताल सञ्चालनमा ल्याएकोमा मुख्यमन्त्री हिक्मत कार्कीको प्रशंसा गरे ।

उनले इलाममा पर्यटन र कृषिको विकासको लागि आवश्यक पर्ने अड्डा स्थापना गर्न माग पनि गरे ।

प्रदेश सभा सदस्य खिनु लुङ्वा, संविधान सभा सदस्य लीला श्रेष्ठलगायतले इलामको विकासमा पर्यटन र कृषिको भूमिको बारेमा धारणा राखेका थिए ।

सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले सुशासन कायम गर्दै विकास निर्माणमा नगरपालिका अगाडि बढिरहेको बताए । उनले सुशासनको मामलामा नगरपालिका प्रदेशमै नमुना रहेको बताए ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved