पूर्वमुख्यमन्त्री कार्कीद्धारा सचिवलाई टेलिफोन गरी कुट्ने धम्की

  • साउन ८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई टेलिफोन मार्फत कुटपिट गर्ने धम्की दिएको खुलासा भएको छ  

 जिल्ला प्रशासन कार्यालय मोरङमा शान्ति सुरक्षाको माग गर्दै भट्टराईले उजुरी दिएपछि उक्त कुरा खुलासा भएको हो ।

धम्की दिएको बारे मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले आफ्नो कार्यालयमा निवेदन परेको पुष्टि गरेका छन् ।

‘उहाँले आफूलाई फोनमार्फत चुट्छु भनेर भन्नु भएको भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ भट्टराईले भने, ‘जो सुकैले कसैलाई पनि कु्ट्छु, चुट्छु भन्न पाउँदै ।

मैले यो निवेदनबारे नोटिस गरेको छु । एसपी साबसँग पनि कुरा भएको छ । उहाँलाई शान्ति सुरक्षा दिने कुरामा हामी प्रतिबद्ध छौँ ।’

नेपाली कांग्रेसका नेतासमेत रहेका निवर्तमान मुख्यमन्त्री कार्कीले आफू मुख्यमन्त्री भएको बेलाका खेलकुद प्रतियोगिताको बजेट निकासा नगरेको र अब पनि नगरे ठिक नहुने भन्ने हिसाबले धम्की दिएको सचिव भट्टराईले बताए ।

भट्टराईले जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनको बोधार्थ कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्मालाई पनि दिएको बताएका छन् 

 

 

 

एमाले धरानले आफ्नै व ...

धरान/ नेकपा एमाले धरान उपमहानगर कमिटीले आफ्नै पार् ...

धरानमा यौन दुव्र्यवह ...

धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम् ...

धरान-१५ बाट ब्राउन स ...

धरान/धरान उपमहानगरपालिका–१५ स्थित विशाल चोकमा लाग ...

धरान १३ बाट लागू औषध ...

धरान/सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १३ स्थित निशा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved