धरानका मेयर विरुद्ध राजनीतिक दलहरु,महसुल खारेज नगरिए आन्दोलन गर्ने चेतावानी(भिडियो सहित)

  • साउन ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले खानेपानीको महसुल धरान जनताको ढाड सेक्ने गरी बृद्धि गरेको भन्दै यहाँका राजनीतिक दलहरुले आज(शुक्रबार ) धरान खानेपानी बोर्डमा ज्ञापन पत्र बुझाउँदै उक्त बृद्धि गरिएको महशुल तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावानी दिएका छन् ।

मेयर राई धरान खानेपानी बोर्डको अध्यक्ष समेत रहेकाले दलहरुले ७२ घण्टे अल्टिमेटम दिदैं उक्त बृद्धि गरिएको महसुल खोरज नगरे कडा आन्दोलन गर्ने चेतावानी दिएका हुन् । शुल्क खारेज गर्न धरानका १० वटा राजनीतिक दलले माग गरेको हो ।

दलहरुले छाताचौकबाट जुलुस सहित खानेपानी व्यवस्थापन बोर्डको कार्यालय पुगेर बोर्डको निर्देशक राजु पोख्रेललाई बुझाएका थिए ।

ज्ञापन पत्र बुझाउँदै नेकपा एमालेका अध्यक्ष अभिहर्कजंग एभेङले दमक र इटहरीमा खानेपानीको महसुल घटाइएर जनतालाई स्थानीय सरकारले राहत दिएको वेला धरानमा पत्याउने नसकिने गरी गरेको वृद्धि स्वीकार्य नहुने भन्द आपत्ती जनाए ।

यसैगरि नेकपा माओवादीका इन्चार्ज चोत्लुङले पुनरावेदन अदालतमा मुद्दा चलिरहेको खानेपानी बोर्डकै वैधानिकता नभएको बेला एक व्यक्तिको लहडमा गरिएको महसुल शुल्क वृद्धि अवैज्ञानिक मात्र होइन अवैधानिक भएकाले तत्काल खारेज हुनुपर्ने बताए ।

दलहरुले पुराना (मृत्यु भएका) धनीको नामबाट धारा नामसारी गर्दा २०० सय रुपैयाँमा हुने शुल्कमा अहिले २० हजार रुपैयाँ कायम गरी २४०० सय प्रतिशत देखी ९९०० प्रतिशत सम्म बढाइएको छ ।

नयाँ धारा अब सामान्य आय भएका गरिबले जडान गर्न नसक्ने गरी २० हजार रुपैयाँ देखी १ लाख सम्म पुर्‍याउँदै ३०० प्रतिशत सम्म बढाइएको छ ।

धारामा पानी नआए चेकिङ वा मर्मत गरी होल चेन्ज गराउँदा १०० देखी १९०० प्रतिशत वृद्धि गरेर ५ हजार देखी २० हजार रुपैयाँ बनाएको छ ।

 खानेपानी शुल्कमा यसअघि न्यूनतम १३० रुपैयाँ रहेकोमा १५० बनाई पानीको युनिट परिमाणमा २०० प्रतिशत सम्म महसुल बढाइएको छ ।

निवेदन दस्तुरमै ४०० प्रतिशत वृद्धि गरेर हचुवाको पनि पराकाष्ठा देखाएको दलहरूले ठहर गरेको विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेस सभापति श्याम पोखरेलले खानेपानीमा गरिएको अवैधानिक वृद्धिले आन्दोलन गर्न बाध्य बनाएको भन्दै धरानवासीको दैनिक जीवनसँग गाँसिएको खानेपानीको सवालमा दलहरूले आन्दोलन सुरु गरेको उद्घोष गर्दै वृद्धि गरेको शुल्क खारेज नगरे सम्म आन्दोलन चरणबद्ध रूपमा अघि बढ्ने उद्घोष गरे ।

ज्ञापन पत्रमा हस्ताक्षर गर्नेहरूमा काँग्रेस सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी केन्द्र अध्यक्ष सर्वजीत राई, जनता समाजवादी पार्टी अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी अध्यक्ष रेवती रमण राई ,

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति सुमन श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयोजक नरेशकुमार शाक्य, नागरिक उन्मुक्ति पार्टी उपाध्यक्ष अर्जुन खड्का, सलोराम सङ्घीय लिम्बुवान मञ्च अध्यक्ष मोहनकुमार तिगला, राष्ट्रिय साझा पार्टी अध्यक्ष सुरेशकुमार राईले हस्ताक्षर गरेका छन् ।

ज्ञापन पत्रमा ३ सूत्रीय निम्न मागहरु

१. खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको महसुल दर खारेज गरी पुरानै महसुल कायम गरियोस् ।

२. खानेपानी व्यवस्थापन बोर्डलाई पूर्णता दिई पारदर्शी रूपमा नियमित सञ्चालन गरियोस् ।

३. खानेपानी व्यवस्थापन बोर्डको आय÷व्यय सार्वजनिक परीक्षण गरियोस् ।

भिडियो:

तस्बिरहरु:

raj pani khane khanepani-r khanepani

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved