राजनीति

    Showing 1,911-1,920 of 1,922 items.
  • भारत– चीन सामरिक सन्तुलन राख्न लिपुलेक–मानसरोवर सडक निर्माण, नेपाल– चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा भारतीय उपस्थिति आवश्यक

    काठमाडौं । भारतले चीनको पदचिन्ह (रणनीति) नजिकबाट नियाल्नका लागि सामरिक रुपमा कालापानी क्षेत्रलाई अत्यन्तै अहम् रुपमा लिएको छ ।  लिपुलेक भएर मानसरोवर जोड्ने बाटो निर्माणलाई भारतीय सञ्चार माध्यमहरुले ठूलो सामरिक सफलताका रुपमा ब्याख्या गरिरहेका छन् । बाटो निर्माणले कैलाश–मानसरोवरको अध्यात्मिक बाटो सुगम मात्रै नभएर चीनसँग सामरिक सन्तुलन पनि कायम भएको उनीहरुको ठहर छ ।   ‘नवभारत टाइम्स’ ले नेपाल र चीनबीच बढ्दो घनिष्ठताका बीच कालापानीमा बलियो उपस्थिति भारतका लागि अत्यन्त जरुरी रहेको उल्लेख गरेको छ । उसले ‘बोर्डर रोड अर्गनाइजेसन’ ले हिमालयको दुर्गम टाकुरा

    • प्रकाशित मितिः वैशाख २९, २०७७
    • 2,288 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुद्ध जयन्ती र उभौलीको शुभकामना सन्देशमा कोरोनाबाट सुरक्षित रहन मुख्यमन्त्रीको अपिल

    बुद्ध जयन्ती तथा किराँत समुदायको महान साँस्कृतिक चाड उभौलीको अवसरमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन ।विहिबार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका हुन् ।बुद्धको उपदेशलाई आत्मसात गर्न सकिए राष्ट्र र विश्वमा नै बन्धुत्व, सद्भाव र दीगो शान्तिको स्थापना हुने मेरो विश्वास छ, मुख्यमन्त्री राईले जारी गरेको सन्देशमा भनिएको छ । यसैगरी किरात समुदायले मनाउने उभौली जस्ता चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक जातीय र भा

    • प्रकाशित मितिः वैशाख २५, २०७७
    • 1,460 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेविसंघ मोरङको नाममा स्टाटस नलेख्द चेतावनी

    विराटनगर । नेपाली कांग्रेसले मोरङले नेपाल विद्यार्थी संघको नाममा सामाजिक सञ्जालको आएका विषयहरुको विषयमा ध्यानाकर्षण गर्दै सचेत गराएको छ । नेविसंघ मोरङको कार्यसमिति नै नरहेको अवस्थामा संघको नाममा केही व्यक्तिबाट कोभिड १९ मा समस्यामा परेकालाई राहत लगायत विषयमा व्यक्तिगत रुपमा स्टाटस र फोटो आएको विषयमा पार्टीले यस्तो कार्य रोक्न भनेको हो । पार्टीका जिल्ला उपाध्यक्ष शिवनारायण सिंह गन्गाईले आज प्रेस विज्ञप्ति प्रकासित गरी नेविसंघ मोरङको कार्यसमिति नरहेको स्पष्ट गर्दै संघको पदीय जिम्मेवारीमा रहेको भनि प्रचार नगर्न सचेत गराएका छन् । विज्ञप्तिमा ‘यस्ता कार्य नगर्न र गरे त्यसको नियमअनुसार आईजा

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,474 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कुनै पनि शैक्षिक कार्यक्रम संचालन नगर्न मन्त्रालयको निर्देशन

    कोभिड १९ को संक्रमण रोकथामका लागि घोषणा गरिएको लकडाउनको समयमा बन्द भएका विद्यालयहरुको भर्ना तथा पठनपाठन स्थगित रहेकाले कुनै पनि किसिमको शैक्षिक कार्यक्रमहरु संचालन नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन जारी गरेको छ । पछिल्लो समय अनलाईन शिक्षाको नाममा विद्यालयहरुले शुल्क लिने खोजेको आरोप लाग्न थाले पछि मन्त्रालयले निर्देशन जारी गर्दै नेपाल सरकारको अर्को निर्णय नभए सम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्नु, नगराउन निर्देशन जारी गरेको छ । मन्त्रालयका सहसचिव एवंम प्रवक्ता दिपक शर्माद्वारा हस्ताक्षरित सोमबार जारी पत्रमा भर्नाको नाममा कुनै किसिमले शुल्क लिने,

    • प्रकाशित मितिः वैशाख २३, २०७७
    • 1,015 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेकपा सचिवालय बैठक सम्पन्न :बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

    धरान /सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालोचना गरेका छन् । पार्टि प्रबक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक पटि पत्रकारहरु सग कुरा गर्दै उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय भएको र महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस विरुद्द सबै पार्टि पङ्तिलाइ आवहन गरेको बताए । यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबैतहमा निर्देशन दिने निर्णय पनि गरेको छ ।साथै प्रवक्ता श्रेष्ठले स्थायि कमिटिको बैठक बैशाख २

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 777 पटक पढिएको
    • "सन्जोग बाबु दाहाल "
  • प्रधानमन्त्री केन्द्रित नेकपाको बैठक ४ बजे बस्दै

    धरान । पछिल्लो केही घटना र प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाइ लिएर पार्टी भित्रै विवाद सिर्जना भइरहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । प्रधानमन्त्रीका प्रसे सल्लाहाकार तथा पार्टीका प्रचार विभाग उपप्रमुख समेत रहेका सुर्य थापाका अनुसार सचिवालय बैठक दिउँसो ४ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । अध्यादेश तथा प्रधानमन्त्री ओलीको कार्यशैलीलाइ लिएर पार्टी भित्रै प्रधानमन्त्रीको राजीनामाको चर्चा चुलिएको छ । आज हुने भनिएको सचिवालय बैठकमा पनि नेताहरुले प्रधानमन्त्रीको राजीनामालाई जोड दिने सम्भावना देखिन्छ । यसअघि बुधबार बसेको सचिवालय बैठकमा पनि सचिवालय

    • प्रकाशित मितिः वैशाख २०, २०७७
    • 589 पटक पढिएको
    • "सन्जोगबाबु दाहाल"
  • प्रदेश १ मा पूर्वबजेट छलफल र बजेट अधिवेशन तोक्न कांग्रेसको माग

    विराटनगर । प्रदेश १ का प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमित उदयपुरको भुल्केसहितका क्षेत्रका सबै नागरिकमा कोरोना परीक्षण गर्न माग गरेको छ । कांग्रेस संसदीय दलको विहीबार प्रदेशसभामा भवन विराटनगरमा बसेको बैठकले दूत परीक्षण विधि(आरडीटी) प्रभावकारी नदेखिएकोले स्वाब लिएर ल्याबमा गरिने परीक्षण गर्न कांग्रेसको माग छ । विपक्षी दलका नेता राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले १. प्रदेश सरकारले संघीय र स्थानीय सरकारसंग समन्वय गरी आरडीटी परीक्षण विश्वसनीय नदेखिएकोले त्यसलाई रोकेर पीसीआर परीक्षण बढाउनु पर्नेलगायत माग गरेको छ । बैठकको निर्णयबार कांग्रेस प्रमुख सचेतक केदार कार्कीद्वारा प्रका

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 684 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सांसद अपहरणको उजुरी मानवअधिकार आयोगमा दर्ता

    काठमाडौं । सांसद सुरेन्द्र यादव अपहरणको उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता भएको छ । बिहीबार राष्ट्रिय मानवअधिकार आयोगमा अपहरणसम्बन्धी निवेदन दर्ता  भएको हो ।  उजुरीमा नेकपाका सांसद महेश बस्नेत, किसान (कृष्णकुमार) श्रेष्ठ, प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नवीन बस्नेतमाथि अपहरणमा संलग्न रहेको भन्दै कारबाहीको माग गरेका छन् । समाजवादी पार्टीका सांसद यादवलाई महोत्तरीबाट पार्टी फुटाउने प्रयोजनका लागि अपहरण गरेको भन्दै यसअघि महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरी लिन इन्कार गरेका थिए । यादव केही कानुन व्यवसायीसहित आफैं उजुरी ल

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 333 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनालाई जितेर फर्किएका बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ

      बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ । जोनसनको श्रीमती क्यारी साइमण्डस्ले बुधबार छोरा जन्माएकी हुन । बुधबार बिहान लन्डन अस्पतालमा प्रधानमन्त्रीलाई पुत्रलाभ भएको कुराको जानकारी प्रधानमन्त्री जोनसनका प्रवक्ताले जानकारी दिएका थिए । साथै उनले आमा र शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको पनि बताए । प्रधानमन्त्री जोनसन र उनकी श्रीमतीले लन्डनको नेसनल हेल्थ सर्भिस् अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । प्रधानमन्त्री जोनसन कोरोना भाइरस संक्रमित भएर अस्पतालमा उपचार गराएर फर्किएका थिए । गत सोमबारबाट मात्र उनि काममा फर्किएका थिए ।    

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 1,259 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • डिपोका पूर्वविद्यार्थीद्वारा यातायात मजदुरलाई राहत

    लकडाउनका कारण समस्यामा परेका यातायात मजदुर परिवारलाई पुर्व डिपो विद्यार्थी संगठन द्धारा विहिवार राहत वितरण गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा पुर्व डिपो विद्यार्थीले ७५ जना मजदुर परिवारलाई राहत वितरण गरेको थियो । राहत स्वरुप उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण गरिएको पुर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले जनाए । यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले वताए । पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्

    • प्रकाशित मितिः वैशाख १८, २०७७
    • 707 पटक पढिएको
    • "विकास चाम्लिङ राई"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved