धरान नगरसभा तयारीका लगि आज बसेको कार्यपालिकाको बैठकमा नेकपाका वडाध्यक्षहरुले पेश गरेको बजेटको सिलिङ पत्र काङग्रेस निकट वडाध्यक्षले च्यातिदिए पछि आजको कार्यपालिका बैठक स्थिगित भएको छ ।
बुधबार हुने भनिएको नगर सभा बैठकको तयारीका लागि मंगलबार बसेको कार्यपालिका बैठकमा वडा नम्बर १ का वडाध्यक्ष रोशन अधिकारीले नेकपा निकट वडाध्यक्षहरुले दिएको सुझावपत्र च्यादिएका हुन् ।
कार्यपालिका सदस्य एवम् वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईका अनुसार बजेटको सिलिङ पत्र पेश गर्दै गर्दा वडा नम्बर १ का वडाध्यक्ष रोशन अधिकारीले पत्र च्यातिदिएको र उनि सहित काङ्ग्रेस निकट वडाध्यक्षहरुले कार्यापालिका बैठकमा अपशब्द प्रयोग गरेको बताए ।
भट्टराईले भने “ वडा नम्बर १का वडाध्यक्ष लगायतले कार्यपालिको जस्तो गरिमामय सभामा बसेर अपशब्द प्रयोग गर्दा मेयरले रुलिङ गर्नु पर्नेमा मौन समर्थन गर्नुभयो ”
काङग्रेस निकट वडाध्यक्षहरुले कार्यपालिकामा बैठकमा अपशब्द प्रयोग गरेपछि नेकपा निकटा वडाध्यक्षहरु बैठक बाट बाहिर निकिलिएका थिए ।
आजको कार्यपालिका बैठको कारण भोलि हुने भनिएको नगर सभा झनै अनिश्चत भएको छ ।
नेकपा इन्चाञ्र्ज चोत्लुङले कार्यपालिक बैठका भएको घटना प्रति मेयरको मौन समर्थन प्रति गम्भिर ध्यानाकर्षण भएको बताए ।
बुधबार हुने नगरसभामा सहभागि हुने कि नहुने विषयमा निर्णय गर्न नेकपा धरान कमिटिको आकस्मिक बैठक बसिरहेको छ ।