धरानको कार्यपालिक बैठकमा नेपाली काङग्रेस निकट वडाध्यक्षहरु द्वारा बबाल "भोली हुने नगरसभा अन्योलमा "

  • असार ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान  नगरसभा तयारीका लगि आज बसेको कार्यपालिकाको बैठकमा नेकपाका वडाध्यक्षहरुले पेश गरेको बजेटको सिलिङ पत्र काङग्रेस निकट वडाध्यक्षले च्यातिदिए पछि आजको कार्यपालिका बैठक स्थिगित भएको छ ।

बुधबार हुने भनिएको नगर सभा बैठकको तयारीका लागि मंगलबार बसेको कार्यपालिका बैठकमा वडा नम्बर १ का वडाध्यक्ष रोशन अधिकारीले नेकपा निकट वडाध्यक्षहरुले दिएको सुझावपत्र च्यादिएका हुन् ।

कार्यपालिका सदस्य एवम् वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराईका अनुसार बजेटको सिलिङ पत्र पेश गर्दै गर्दा वडा नम्बर १ का वडाध्यक्ष रोशन अधिकारीले पत्र च्यातिदिएको र उनि सहित काङ्ग्रेस निकट  वडाध्यक्षहरुले कार्यापालिका बैठकमा अपशब्द प्रयोग गरेको बताए ।

भट्टराईले भने “ वडा नम्बर १का वडाध्यक्ष लगायतले कार्यपालिको जस्तो गरिमामय सभामा बसेर अपशब्द प्रयोग गर्दा मेयरले रुलिङ गर्नु पर्नेमा मौन समर्थन गर्नुभयो ”

काङग्रेस निकट वडाध्यक्षहरुले कार्यपालिकामा बैठकमा अपशब्द प्रयोग गरेपछि नेकपा निकटा वडाध्यक्षहरु बैठक बाट बाहिर निकिलिएका थिए ।

आजको कार्यपालिका बैठको कारण भोलि हुने भनिएको नगर सभा झनै अनिश्चत भएको छ ।

नेकपा इन्चाञ्र्ज चोत्लुङले कार्यपालिक बैठका भएको घटना प्रति मेयरको मौन समर्थन प्रति गम्भिर ध्यानाकर्षण भएको बताए ।

बुधबार हुने नगरसभामा सहभागि हुने कि नहुने  विषयमा निर्णय गर्न नेकपा धरान कमिटिको आकस्मिक बैठक बसिरहेको छ ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved