लकडाउनको प्रभावलाई सम्बोधन हुने गरि निति तथा कार्यक्रम ल्याउन स्थानीय तह संसदिय दललाई नेकपाको निर्देशन (बजेट तालिका सहित)

  • असार ९, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । कोभिड १९ ले निम्त्याएको महामारीद्वारा सृजित संकटले धरान नगरवासीमा पारेको प्रभावलाई लाई सम्बोधन हुने गरि आर्थिक वर्ष २०७७/७८ को निति तथा कार्यक्रमहरु बजेटमा समेट्न नेकपाले आफ्नो स्थानीय तह संसदिय दललाई निर्देशन दिएको छ ।

नेकपा धरान उपमहानगर कमिटीले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय तह संसदीय दललाई लकडाउन अवधिको वार्षिक शुल्क, कर लगायत धरानको गौरबको आयोजनालाई निरन्तरता दिने गरिको बजेट विनियोजन गर्न निर्देशन दिएको हो ।

लकडाउनको समयमा नगरवासीको समस्यालाई सम्बोधन गर्न आर्थिक वर्ष २०७६÷७७ मा लागु गरेको वार्षिक शुल्क र करहरुमा ३ महिनाको मिनाहा गरी राहत दिनुपर्ने निर्णय गरिएकाले लकडाउन अवधि २०७६ चैत्र महिना देखि २०७७ वैशाख र जेठ महिना सम्मको शुल्क छुट गराउने निर्णय गर्न निर्देशन दिएको छ । नेकपाले पुर्वाधार शुल्क, सवारी कर, सरसफाइ कर, पालिका बजार, बहुउद्देश्यीय भवन, धुरी कर (सुकुम्बासी), पार्किङ शुल्क, व्यवसाय कर, विज्ञापन कर, बहाल कर, मालपोत कर, सम्पत्ति कर, सडक बत्ति शुल्क लगायतको कर छुट दिनुपर्ने जनाएको छ ।

2 copy 1

 

 

 

 

 

 

त्यसै गरि क्रमागत आयोजनाहरु विजयपुर मन्दिर जोड्ने सडक, रेडक्रस देखि विजयपुर सडक, खहरे तीन ढ्वांगे करिडो, जल्पा रोड सडक, चतरा लाईन सडक, नमुना बस्ती, रेल्वे चौक सौन्दर्यीकरण, सभागृह पुनः निर्माण, माछाभौडी पार्क, शहिद मार्ग, आडालाईन सडक लयागत अन्य क्रमागत आयोजनाका लागि बजेट विनियोजन गर्न निर्देशन दिएको छ ।

त्यसै गरि २०७७/७८ मा नगर स्तरिय योजनाहरु तीनकुने सुन्दर वस्ती आयोजनाको पुर्वाधार विकाश, बगरकोट देउराली ठिङगाबारी पिच निर्माण, सप्तरंगी साकेला मार्ग, सुकुम्बासी व्यवस्थापन, सर्दु खहरे करिडोर, रत्न रोड र सिंहदेवी मार्ग बिस्तार, वीपी पार्कको डिपीआर सहित निर्माण कार्य, नाटक घर निर्माणका कार्यक्रमहरुमा बजेट विनियोजन गर्न पनि निर्देशन दिएको छ ।

समितीका अध्यक्ष नारायण सुवेदी र सचिव सुर्दशन श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा भौतिक पुर्वाधार विकाशका लागि गैरीगाउँ हुँदै शिवजट्टा जाने बाटो, सदन रोड, कृष्णपथ, विमानस्थलको जग्गा व्यवस्थापन, हरियाली वनमा तारा सुब्बा स्मृति पार्क, पर्यटकिय पुर्वाधार जग्गा र व्यवस्थापन, नगर स्तरिय जेष्ठ नागरिक विश्रामस्थल, वडा नम्बर ९, १, १३, १६ र १८मा पार्क निर्माण, मनमोहन पार्क, ध्यान बहादुर राई स्मृति ग्रन्थ प्रकाशन, हङकङ रोड, सेफ हाउस, आधारभुत मार्ग धरान १५, बल बहादुर राई, भीम बहादुर तामाङ स्मृति प्रतिष्ठान भवन निर्माण, हिमाली गुम्बा धरान ८, हिरासत भवन निर्माण, बौंद्धदाहसंस्कार स्थल स्तरोन्नती, लीला श्रेष्ठ सुब्बा स्मृति भवन, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग साझेदारी कार्यक्रम र नगर प्रोफाइल तयारीका लागि निति तथा कार्यक्रमहरुमा समेटन् निर्देशन दिएको हो ।

3 copy 2

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved