धरान । लिम्बुवान क्षेत्रमा रहेको ऐतिहासिक तथा साँस्कृतिक स्थलहरुलाई विकाशका नाममा भत्काउने र हिन्दुकरण गर्न खोजेको भन्दै जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति, लिम्बुवानले ध्यानाकर्षण भएको जनाएको छ । ताप्लेजुङमा रहेको मुक्कुलुङको मौलिक नाम परिवर्तन गरि पाथीभरा बनाएर लिम्बुवानको साँस्कृतिक स्थल माथि अतिक्रमण गरिएको उनीहरुको आरोप छ । मुक्कुलुङ क्षेत्रलाई लिजमा दिने र केबलकार संचालन नर्ग यती होल्डिङस नामको व्यापारिक कम्पनीलाई दिएको भन्दै समितीले प्रेस विज्ञप्ती जारी गरि आपत्ति जनाएको छ । विज्ञप्तीमा लेखिएको छ, ‘यसरी एक धर्मकर्मको नाममा रैथाने आदिवासी समुदायको पुख्र्यौली भूमि कब्ज
इलाम / किसानले तरकारी खेतीबाट लाखौं रुपैयाँ कमाइरहेका भएपनि तरकारी बेच्न समस्या भएपछि खेतीमा गरेको लगानी उठाउनै नसक्ने भएका छन । चैत्र ११ गते देखि भएको लकडाउनले तरकारी उत्पादनको सिजनमै समस्या पारेपछि तरकारी बेच्न समस्या भएको छ । बिचौलियाको मार्का खेपिरहेका किसान यस पटक लकडाउन र विचौलीया दुवैका मार्का खेपिरहेका छन । बन्दको असर देखाउदै तरकारीमा बिचौलियाले अवसर लिरहेका छन । सूर्योदय नपा १३ की ७३ वर्षीया टीका ढुङ्गेलको मुख्य आम्दानीको स्रोत भनेको तरकारी नै हो । हप्ताको एकपटक स्कुसको टुप्पा र काँक्रा टिपेर बेच्ने गरेकी टीकाले पनि हप्तामा तरकारीबाटै तीन हजार रुपैयाँको हाराहारीमा हात पार्ने गर्
धरान । साउन १ गते देखि अनलाईन कक्षा स्थगित गरी शिक्षकहरुलाई बेतलबी बिदा दिने प्याब्सन र एन प्याब्सनको निर्णय फिर्ता लिन संस्थागत विद्यालय शिक्षक युनियनले माग गरेको छ । युनियनको राष्ट्रिय समितीले विहिबार प्रेस विज्ञप्ती जारी गर्दै लकडाउनको बहानाबाजी गरी एकातिर अघिल्लो शैक्षिक सत्र देखिको तलब नदिने तथा अर्को तर्फ यस विषम परिस्थितीमा शिक्षक कर्मचारीको रोजीरोटी खोस्ने कार्य गैरकानुनी, अमानवीय एवंघ घोर भत्र्सनायोग्न रहेको भन्दै प्याब्सन र एन प्याब्सनको निर्णय आत्मघाती रहेको जनाएको छ । विगत ६ महिना देखि तलब नपाएको गुनासो गर्दा समेत सरकारले संस्थागत विद्यालयका शिक्षक कर्मचारीको समस्या प्रति गम्भिर न
धरान / विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभा बुधबार सम्पन्न भएको छ । विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटरियम हलमा मंगलबार सुरुभएको सभा बुधबार सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको सातौँ नगर सभामा चार वटा विधेयक, दुई वटा प्रतिवेदन सर्वसम्मत पारित गर्दै बुधबार सम्पन्न भएको छ । धरान उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७र०७८ को अनुमानित बजेट १ अर्व ७२ करोड ३५ लाख ४३ हजार ५ सयको बजेट गएको असार १० गते घोषणा गरेर नगर सभा स्थगित भएको थियो । सातौँ नगरसभामा प्रस्तुत भएका विधेयक र प्रतिवेदनहरू माथि व्यापक छलफल भई केही संशोधन सहित सर्वसम्मत पास गरिएको छ । नगरसभाले आगा
धरान । धरान उपमहानगरपालिकाको सातौं नगरसभाको बुधबार (आज) ११ बजे बस्ने भनेको बैठक १ बज्दा सम्म हुन सकेको छैन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अडिटोरियम हलमा हुने नगरसभामा मेयर, उपमेयर सहित केही कार्यपालिका सदस्यहरु छलफलमा व्यस्त हुँदा तोकिएको समयमै बैठक शुरु हुन नसकेको हो । नगरसभामा खेलकुद समितिको बजेट र खानेपानी संस्थान तथा आयोजना मर्ज गर्न जिम्मा लिने बिषयमा आवश्यक सहमति जुटाउन मेयर सहित उपमेयर र केही कार्यसमिती सदस्यहरु छलफलमा रहेकाले सभामा ढिलाई भएको एक वडाअध्यक्षले बताए । असार १० गते उदघाटन भएको नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा साउन १ गतेदेखि खानेपानी संस्थान र खानेपान
धरान । करिब ३ साता अघि उदघाटन भएर स्थगित भएको धरान उपमहानगरपालिका को नगर सभाको टुङ्गो लागेको छ । असार ३० र ३१ गते नगरसभा गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको छ । गत असार १० गते धरानको नगरसभा उदघाटन भएर बजेट तथा नीति कार्यक्रमको बिषय मा बिबाद सुरु भएपछी असार २६ गते गर्ने गरि नगरसभा स्थगित भएको थियो । पुनः असार २६ गते मेयर तिलक राइको नाममा नगरपालिकामा देखिएको बेरुजु को बिषय विवादित बने पछि नेकपा निकट कार्यपालिका सदस्यहरु ले बैठक बहिष्कार गरे पछि नगरसभानै अन्यौलमा परेको थियो । आइतबार यस अघि उठेका बिबादित बिषयहरु मा सहमती जुटेपछी असार ३० र ३१ गते नगरसभा हुने निर्णय भएको छ । कार्यपालिका बैठक न
इटहरी । कोरोना भाइरस (कोविड–१९) का कारण बिश्व अक्रान्त बनिरहेको बेला नेपाल पनि यसबाट पृथक रहन सकेको छैन । दैनिक रूपमा संक्रमण बढदै जादा बुधबार बिहान सम्म नेपालमा संक्रमितको संख्या १६, १६८ पुगिसकेको छ भने भाइरसकै कारण हाल सम्म ३५ जनाले ज्यान गुमाइसकेका छन् । यो संगै प्रदेश एकको उदीयमान तथा व्यापारिक हब बनेको सुनसरीको इटहरी पनि पृथक रहेको छैन । सुरूवाती समयमा एकजना मा मात्रै संक्रमित देखिएको इटहरीमा हाल सम्म ६ जना पुगिसकेका छन । भाइरसको संक्रमण फैलन नदिन सरकारले मुलुकभर गरेको लकडाउन खुकुलो हुदै जादा कोरोनाको बिमारीहरू दुई गुणाले बढेको अवस्था छ । त्यो संगै इटहरीमा पनि लकडाउन खुकुलो बनाइदा
धरान । मेयर तिलक राईको नाममा देखिएको बेरुजुको बिषयमा स्पष्ट पार्न कार्यपालिका सदस्यहरुले माग गरे पछि चित्तबुझ्दो जवाफ न आएको भन्दै नेकपा निकट सदस्यहरुले बैठक बहिष्कार गरेका छन् । असार १० गते उद्घाटन भएर स्थगित भएको नगर सभाको वडामा जाने बजेटको बिषयमा कार्यपालिकाले निर्णय गर्नको लागि बोलाइएको बैठकमा वडाअध्यक्षहरुले सुरु मै बेरुजुको बिषयमा स्पस्ट पार्न माग गरेका थिए । मेयर साबको चित्तबुझ्दो जवाफ नआएकोले बैठक बहिष्कार गरिएको वडा नम्बर १६ का वडाअध्यक्ष दिल कुमार गिरिले बताए । उनले भने, नगर प्रमुख नै आफै बेरुजुमा देखिँदा समग्र धरानकै नेतृत्वमाथी प्रश्न उढेको छ, मेयरसाब क्लियर हुनुप
विराटनगर । प्रदेश प्रहरी सम्बन्धी सदनमा प्रस्तुत भएको विधेयकमाथिको छलफल सकिएको छ । यसमा उठेका प्रश्नमाथि आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जवाफ दिएका छन् । सदनमा मंगलबार विधेयकमाथिको छलफलमा भाग लिने अधिकांश सांसदले प्रदेश प्रहरीको अधिकार संघीय सरकार नियन्त्रित र कन्जुस्याईं गरेर दिएको जस्तो भएको भन्दै टिप्पणी गरेका छन् । नेकपाका सांसद कुलप्रसद साम्बाले प्रहरीको पारिश्रमिक कम भएको बताए । भने,“तालिमको विषयलाई पारदर्शी बनाइनु पर्छ । र विदेशमा समेत पठाइँदा आफन्त अनि आसेपासेभन्दा पनि क्षमता भएकालाई दिइनु पर्छ ।” नेकपाकी सांसद खिनुलङ्वा लिम्बूले प्रहरीको बालबच्चा र परिवार
विराटनगर । अहिले रोपाइँका बेला किसानले मलखाध र सिंचाईंको समस्या झेल्नु परेकोले त्यसको उचित प्रबन्ध गर्न प्रदेश सरकारको ध्यानाकर्षण गरिएको छ । प्रदेश १ को प्रदेशसभाको आजको बैठकमा बोल्ने सांसदले किसानलाई राहत पुग्ने गरीका कार्यक्रम संचालन गर्न सांसदले माग गरेका हुन । नेपाली कांग्रेसकी सांसद कल्पना कुमारी सरदारले कृषि प्रधान देश भएपनि अहिले रोपाईंको बेला किसानले मलजल नपाउँदा कठिन भएको बताउँदै भनिन्,“सरकारले मल र सिंचाईंको व्यवस्था गर्नुपर्छ । सहकारीबाट ऋण लिनुपर्ने अवस्थाले किसानलाई समस्या छ ।” नेपाल कृषिप्रधान मुलुक भनिएपनि उनीहरुलाई सरकारले सहयोग नगर्दा संकट उत्पन्न हुने गरेको सरदा