‘एमालेले विकासका मुर्छित सपनाहरु जागृत गराएको छ’

  • बैशाख ९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

राजेन्द्र कार्की नेकपा एमाले बराहक्षेत्र नगर कमिटी सुनसरीको सचिव हुन् । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको रुझानबाट प्रभावित भई २०४७ मा अनेरास्ववियुको महेन्द्र मावि प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति शुरु गरेका कार्कीको राजनीतिक यात्रा संघर्षपूर्ण छ । ०६२÷६३ को जनान्दोलनमा मोरङबाट कुसलतापूर्वक नेतृत्व गर्दै पटक पटक गिरफ्तारी, धरपकड र नजरबन्दमा परेका नेता कार्की २०७२ सालमा महेश बस्नेत उद्योगमन्त्री भएको समयमा नेपालको पुरानो र पहिलो उद्योग विराटनगर जुटमिलको जिएम भएका थिए । पार्टीको युवा पङ्तिमा र केन्द्रीय नेतृत्वको नजरमा समेत भिजनरी र प्रभावशाली छवि बनाएका कार्कीलाई सफल नेतृत्वको रुपमा हेरिन्छ । एकदशक अघि नै दुई वटा विषयमा स्नातकोत्तर गरेका कार्की यसपटक बराहक्षेत्र नगरपालिकाको मेयरका आकांक्षी हुन् । गठबन्धन सरकार र नेकपा एमालेबीचको राजनीतिक संघर्ष र आसन्न निर्वाचनमा केन्द्रित रहेर नेता कार्कीसँग कोशीपत्र संवाददाताले गरेको कुराकानीको सारसंक्षेप प्रस्तुत गरिएको छ ।

● स्थानीय तहको निर्वाचन नजिकिरहेको अवस्थामा अहिले केमा व्यस्त हुनुहुन्छ ?
पार्टी कार्यक्रम, जनवर्गीय संगठनहरुको पुनर्गठन, मातहतका कमिटीको भेला, बैठक, वडाका उम्मेद्वार सिफारिस लगायत काममा अत्यन्तै व्यस्त छु ।

● स्थानीय चुनावमा कस्तो नतिजा आउने अपेक्षा गरिरहनु भएको छ ?
हाम्रो पार्टीले ०५१ को अल्पमतको ९ महिने सरकारले सुरु गरेका जनपक्षीय काम देखि ०७२ को सरकारले गरेका राष्ट्रियता, स्वाभिमान, सार्वभौमसत्ता अखण्डताको पक्षमा महत्वपूर्ण काम गरेको छ । त्यस्तै ०७४ को सरकारले साढे तीन वर्षको समयमा गरेका महत्वपूर्ण कामहरु तुइन विस्थापन, सडक सञ्जाल विस्तार, राजमार्ग स्तरोन्नतिदेखि, राजमार्ग निर्माण र हवाइमार्ग निर्माण, सुरुङमार्ग निर्माण जलविद्युत विकास र विस्तार पानीजहाजदेखि रेलमार्गसम्मको काम, रक्सौल अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन सम्पन्नता, मेलम्ची आयोजना, भूकम्प पीडितबस्तीहरू निर्माण, गरिब दलितबस्तीहरू निर्माण, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल, दशरथ रंगशाला निर्माण, थप अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र विस्तारलगायत नेपालीहरूका विकासका मुर्छित सपनाहरु जागृत गराउने काम नेकपा एमाले र नेतृत्वको सरकारले गरेको छ ।

● नेकपा एमालेको सरकारका सम्झन लायक विकासका कामलाई ठ्याक्कै भन्नुपर्दा ?
कोभिडको माहामारीको बाबजुत जनतालाई सहजताका साथ कोभिड विरुद्धको खोप उपलब्ध गराउनेदेखि अस्पताल स्थापना गर्ने भएका अस्पतालको स्तरोन्नति गर्ने, विद्युतको विकासलाई अगाडि बढाउँदै लोडसेडिङ मूक्त उज्यालो नेपाल बनाउने, उद्योग व्यापार रोजगारलगायतमा तीब्रतर विकास गर्ने, ठूलाठूला सभा सम्मेलन हल निर्माण सम्पन्न गर्ने, भेरी बबई डाइभर्सनको काम, हुलाकी राजमार्ग तीब्रता दिने, मध्यपहाडी लोकमार्गको तीब्रता दिने, थप अन्तराष्ट्रिय विमानस्थल निर्माण, धरहरा, रानीपोखरी, दरबार हाइस्कुल निर्माण गर्ने काम हाम्रो सरकारले ग¥यो । भूकम्पले क्षतिग्रस्त पुरातात्विक सम्पदा एवम् भूकम्प पीडितका बस्ती निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने, गरिब बस्ती निर्माण सम्पन्न गर्दै हस्तान्तरण गर्ने, राष्ट्रिय राजमार्गहरु चौडा गर्दै धुले काठमाडौका सडकलाई नयाँ र सुन्दर बनाउने, मेलम्चीको पानी काठमाडौं ल्याई काकाकूल काठमाडौंलाई खानेपानीमा सहजता ल्याउने, मुटु क्यान्सर मृगौला रोगीलाई उपचारमा सहयोग गर्ने, सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो पार्दै दलित एकल महिला बालबालिकासम्मलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने, छिमेकी मुलुकसँगको समबन्धलाई सुमधुर राख्दै भारत, चीन, तथा तेस्रो मुलुकसँग समेत सम्बन्ध विस्तार गर्दै भुपरिबेष्ठित मुलुकबाट भुजडित मुलुक बनाउने जस्ता अन्तराष्ट्रिय सम्बन्धको सवालमा ऐतिहासिक काम भएका छन् । यस्ता सयौं महत्वपूर्ण कामहरु नेपाली जनजनका मष्तिष्कमा छन् । जसलाई कुनै पनि भ्रमले छेकेर छेकिन्न ।

● तत्कालीन एमाले सरकारलाई प्रतिगामी भनेको गठबन्धनलाई कसरी बुझ्नु भएको छ ? एमालेविरुद्ध लडाइँका रुपमा गठबन्धन अगाडि बढेको देखिन्छ नि ?
गठबन्धन सरकार देशको हितमा छैन । यो सरकारमा सम्मिलित दलका नेताहरुकै भनाइअनुसार यो सरकार छिमेकी मुलुक भारतलाई कम्फर्टेबल बनाउन र नेपाली जनताको अभिमतको अपमान गर्दै सीमित गठबन्धनका दलका नेताहरु र तिनका आसेपासेहरुकै स्वार्थ सिद्दिका लागि बनेको सरकार हो । यसको उदाहरण देशको दिनानुदिन ओरालो लागेको अर्थतन्त्रले पुष्टि गरेको छ, महङ्गीले पुष्टि गरेको छ । संविधान र कानुनको खिल्ली उडाउँदै विभिन्न खालका सरकारले गरेको हर्कतहरुले पुष्टि गरिसकेको छ ।
तत्कालिन एमालेको वा हाम्रो सरकार देश, जनता, राष्ट्र राष्ट्रियता विकास र समृद्धिको प्राप्तिका लागि हो । नेकपा एमाले नीति विपरीत हिंडेको छैन तर अहिले गठबन्धन सरकार चाहिँ यी कुरामा प्रतिगमनका रुपमा स्थापित हुन थालेको छ । तपाईं आफैं भन्नुस्, राष्ट्रघाती एमसीसी सम्झौता भन्दा पनि ठूलो प्रतिगमन के छ ?, भारतीय लम्पसारवाद भन्दा पनि ठूलो प्रतिगमन के छ ? जनतालाई दिनदहाडै गोली हानेर मार्दा पनि नबोल्ने गद्दार सरकार भन्दा पनि ठूलो प्रतिगमन केही छ ? ४० करोड घोटाला गर्न, गभर्नर निलम्बन गर्ने भन्दा पनि ठूलो प्रतिगमन छ ? महामारी, बिपत्ती र विदेशी चलखेलमा चुइक्क नबोल्ने, सरकारको निकम्मा अर्थ नीतिले मुलुक टाँट पल्टिने अवस्था सिर्जना भएको छ । यो भन्दा पनि ठूलो प्रतिगमन केही छ ? छैन । यो परमादेशी दलाल पुँजीवादी ठगबन्धनको सरकार भन्दा ठूलो प्रतिगामी कोही हुन सक्दैन । यो लोभीपापी अतृप्त, अपवित्र ठगबन्धनको विरुद्ध नेकपा एमाले दृढतापूर्वक लाग्ने उद्घोष गर्दछ ।

● तपाईं पनि मेयर पदका लागि आकांक्षी हुनुहुन्छ ? यसका आधार के छन् त ?
हाम्रो पार्टी श्रमजीवि सर्वहारा शोषित पीडित जनताको पार्टी हो भन्ने बुझेर यो पार्टीमा म ०४६ सालदेखि नै इमानदारी र निष्ठाका साथ लागिपरेको छु । पार्टी विधि, पद्धति, नीति र निर्णयबमोजिम आफूलाई केन्द्रमा नराखी नीति, सिद्धान्त र पार्टीलाई केन्द्रमा राखेर उभिएको छु । विगतमा पार्टीलाई सङ्कट पर्दा सधैं शत्तिसाल झै निरन्तर लागि रहेको अथक योद्धा हुँ । म आफैं सबै कुरा गर्वका साथ राख्दछु । ०५४ मा पार्टी विभाजनको बेला होस् या ०५९ को शाही घोषणाको बेला होस् या माओवादी जनयुद्धमा समेत पार्टीको विचारबाट एकरत्ति पनि विचलित नभइकन लागि रहेको छु । ०६२÷०६३ को लोकतान्त्रिक जनाआन्दोलनको क्रममा पटकपटक नजरबन्द कारागार बस्दासमेत एकरत्ति पनि विचलित नभई पार्टीको नीति र निर्देशन मान्दै आएको छु । मैले पार्टी र जनवर्गीय संठनको नेतृत्व गर्दा आफ्नो जिम्मेवारी र भूमिका कुशलतापूर्वक सप्पन्न गरेकै कारण आज मलाई नजिकबाट चिन्ने जो कोहीबाट सम्मानित भएको महसुस पनि गरेको छु । यस्तै यस्तै विविध कारण यो स्थानीय तहको निर्वाचनमा मेरो नगर प्रमुखको आकांक्षा हो । म व्यक्तिले जित्न होइन बराहक्षेत्रमा नेकपा एमालेले जितेको अनुभूति गराउन, आम कार्यकर्ता नेता र पार्टी पङ्तिलाई जितको महसुस गराउन, अघिल्लो हाम्रो पार्टीको नेतृत्वले गरेका राम्रो कामको निरन्तरता दिन, बराहक्षेत्रबासीले आफू बराहक्षेत्र नागरिक हुँ भन्दा गौरव गर्ने लायक बनाउन, मैले आफ्नो उम्मेदवारी दाबी गरेको हुँ । अहिले उम्मेदवारी दाबी गर्नेहरु विभिन्न मनसायले गर्ने गर्दछन् कोही आत्मसन्तुष्टि र सार्वजनिक खपतका लागि पनि गर्ने गर्छन् । मेरो उम्मेदवारी अर्थपूर्ण र परिणाममुखी हो । यद्यपि मेरो उमेदवारी कायम भएको अवस्थामा म निश्चय नै विजयी हुन्छु । कदाचित् उमेदवारी प्राप्त गरिनँ भने पनि पार्टीलाई विजयी बनाउने दिशामा प्रतिबद्ध छु ।

● नेकपा एमालेविरुद्धको गठबन्धनको प्रहार भयको मानसिकताबाट सिर्जना भएको हो भन्ने पनि सुनिन्छ । तपाईंको क्षेत्रमा गठबन्धनको अवस्था कस्तो छ ?
एमालेप्रतिको जनताको विश्वास र आर्कषणलाई देखेर हत्तोत्साहित हुँदै डरले नै एमालेबिरुद्ध गठबन्धन गरिएको हो । यो गठनबन्धनले जनताले आफ्नो योग्य जनप्रतिनिधि छान्न पाउने नैसर्गिक अधिकारको हनन् गरेको छ । गठबन्धन जनताले मान्दैनन् । एमालेलाई बहुमतका साथ विजय गराउँछन् भन्नेमा विश्वस्त छु । वास्तवमा यो गठबन्धन नभएर ठगबन्धन हो । जसले जनतालाई झुक्याउने काम गरेको छ ।

● बराहक्षेत्रमा नेकपा एमालेको विरासत जोगाउन सक्ने आधार के छन् ?
बराहक्षेत्रमा हाम्रो पार्टीको विरासत जोगाउने हाम्रो पहिलो आधार पार्टीको चुस्तदुरुस्त संगठन हो । ३५ सयभन्दा धेरै पार्टीका संगठित नेता कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिबाट भए गरेका उत्कृष्ट विकास र जनपक्षीय कामहरु नै हाम्रा आधार हुन् । यिनलाई हेर्दा ०७४ मा प्राविधिक कारणले गुमेका ३ वटै वडाहरु पनि फिर्ता गर्नेमा विश्वस्त छु ।
वराहक्षेत्रले स्वास्थ्यक्षेत्रमा नगर अस्पतालको निर्माण ग¥यो । १ नम्बर वडामा चतरा अस्पतालको निर्माण र व्यवस्थापन ग¥यो भने नगरको केन्द्र चक्रघट्टीमा वराहक्षेत्र नगर अस्पताल स्थापना भयो । प्रत्येक वडामा आधारभूत स्वास्थ्य एकाईको पहुँच पु¥यायो । कोभिड संक्रमणमा क्वारेन्टाइन, होल्डिङ सेन्टर, आइसोलेसन स्थापना भयो । नगर प्रमुख निलम खनाल चिकित्सकसँगै औषधि, पौष्टिक आहार बोकेर जनताको घरदैलो अभियानमा हिंडे । आफू चढ्ने गाडी पनि संक्रमितको उपचारका लागि प्रयोग गरे । भोट माग्दामात्रै जनताको घरघर पुग्ने जनप्रतिनिधि कोरोना संक्रमणको बेला घरघर पुगे । उनीहरुको यो काम प्रशंसित बन्यो ।
नेकपा एमालेको स्थानीय सरकारले बराहक्षेत्रमा शिक्षा क्षेत्रमा वराहक्षेत्र ६ चक्रघट्टीमा सप्तकोशी बहुमुखी क्याम्पसको स्थापना र व्यवस्थापन ग¥यो । वडा नं. २ चतरामा वराह आदर्श क्याम्पसको व्यवस्थापन ग¥यो । वडा नं. ५ मा जडेज मावि र वडा २ कै आदर्श माविमा कृषि र इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षा पठनपाठन सुरु ग¥यो ।
अधिकांश कृषियोग्य भूमि रहेको वराहक्षेत्र नगरले प्रदेश १ मै पहिलो कृषि ल्याबको स्थापना ग¥यो । ७० मेट्रिक टनका २ वटा चिस्यान केन्द्र स्थापना भयो । कृषकहरुको सम्पूर्ण अनलाइन तथ्यांक राख्ने काम सुरु भयो । कोभिड संक्रमणमा कृषि बजारको व्यवस्थापन गरेको नगरले बिउबिजन, उन्नत कृषिको प्रवद्र्धन र साना सिंचाइको प्रवद्र्धन ग¥यो । वैकल्पिक र साना सिचाइको प्रवद्र्धन गरी माछापालक किसानलाई अनुदान दिने, हाइटेक निर्माण गर्ने र पकेट क्षेत्र निर्माण गर्ने काम ग¥यो ।
भौतिक निर्माणतर्फ बराहक्षेत्रले १४ किमि कालोपत्रे सडक निर्माण ग¥यो । ३ सय बढी कल्भर्ट, २० किमि ड्रेन, ३ वटा ट्रस्ट ब्रिज, तीन दर्जन बढी भवन निर्माण सम्पन्न ग¥यो । १५ किमी नयाँ सडक ट्रयाक खोल्ने काम ग¥यो । १० शौचालय, ५० बढी मन्दिर विद्यालय संघसंस्थाको भवन निर्माण, चक्रघट्टी वराहक्षेत्र लिंक रोड र राष्ट्रिय राजमार्ग जोड्ने लिंक रोडको डिपिआर, विद्युत विस्तार र कटान नियन्त्रणमा १३ सय मिटर क्रेटिङ जाली लगायो ।
अधिकांश ऐलानी जग्गामा आवादी रहेको वराहक्षेत्रको प्रमुख चुनौतीको विषय भूमि व्यवस्थापन रहेको थियो । निर्वाचन ताका सुकुम्बासी, भूमिहीनहरुलाई आश्वासन समेत दिइएको थियो । भूमिव्यवस्थापनमा नगरले भूमिहीन दलित ८ सय ६८, भूमिहीन सुकुम्बासी २ हजार ८ सय ८१ र अन्यवस्थित बसोबासी ६ हजार ७ सय ७३ को तथ्यांक नेपाल सरकारलाई उपलब्ध गराई भूमि आयोगमार्फत् जग्गा प्राप्तिका लागि सिफारिस गरेको छ ।
वराहक्षेत्र नगरपालिकाले अन्य स्थानीय सरकारजस्तै ऐन, कानुन, विनियम र कार्यविधि निर्माण ग¥यो । कोभिड नियन्त्रण र राहत, स्वास्थ्य चौकी, बर्थिङ, सेन्टर स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति, आधारभूत स्वास्थ्य केन्द्रको स्थापना, खोप केन्द्र सञ्चालन, विपन्नलाई स्वास्थ्य बिमाको पहुँचमा पु¥यायो । विपद्जन्य घटनामा राहत, कृषि आधुनिकीकरण, यान्त्रीकरणमा अनुदान, निर्वाचन क्षेत्र केन्द्रित सडकहरु निर्माणमा विशेष जोड दियो । नयाँ नगरपालिका भएकाले प्रशासनिक भवन निर्माण गर्ने र सबै वडा कार्यालयहरु नयाँ निर्माण गर्नुपर्ने भयो । जनता आवास कार्यक्रम ५५१ घरधुरीसँग सम्झौता गरी कार्यान्वयन भयो । क्षमता अभिवृद्धि, रोजगारमूलक कार्यक्रम सञ्चालन, आन्तरिक आयमा बराहक्षेत्रले बढोत्तरी ग¥यो । नगर दूध, अण्डा, माछा, मासुमा आत्मनिर्भर भयो ।
हाम्रा यी आधारहरुलाई जनतासम्म लाने प्रयत्न गरेका छौं । र फेरि पनि वराहक्षेत्रको विकास र वराहक्षेत्रवासीको समृद्धिको सपना पूरा गर्ने दायित्व नेकपा एमालेमै छ । अन्य दल, गठबन्धनको गुञ्जायस छैन । किनभने जनता सचेत भइसकेका छन् । अन्य दलको नेतृत्व हुँदा भएको विकास र नेकपा एमालेको सरकारले गरेको विकासको मूल्याकंन जनताले अवश्यै गर्ने छन् । हामी विश्वस्त छौं ।

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved