इलाममा साविककै उम्मेदवारको दबदबा

  • वैशाख ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता मितिको संघारमा इलामका राजनीतिक दलहरु आफ्ना उम्मेदवारको अन्तिम नाम टुङ्गो लगाउन जुटेपनि जिल्लाका ठूला दलहरु नेकपा एमाले र नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारको नाम सर्वजनिक गरिसकेका छैनन् ।

नेकपा एमालेको जिल्लाका ८१ वटै वडाका वडाध्यक्षसहितको नाम फाइनल भइसकेको बुझिएको छ । यसअघि सूर्योदय, देउमाई, रोङ र माङ्सेबुङ गाउँपालिकाका प्रमुख र उप–प्रमुखहरुको नाम सर्वसम्मत ढंगले एमालेले टुङ्ग्याएको थियो । आधिकारिक उम्मेद्वार सार्वजनिक नभएपनि काङ्ग्रेसमा पनि अधिकाँश पालिकाका उम्मेदवारका नाम बाहिर आउन थालेका छन् । गठबन्धन र प्रतिपक्षी एमालेबाट चर्चामा आएका अधिकाँश उम्मेदवार दोहोरिने भएका छन् । फरक यतिमात्रै हो, कसैले जितेका र कसैले हारेका थिए ।

अहिले एमालेबाट उम्मेद्वार बनाइएका सन्दकपुर गाउँपालिकाका उदयबहादुर राई र शोभा पराजुली २०७४ मा एमालेबाटै विजयी प्रमुख र उपप्रमुख हुन् । फाकफोकथुम गापामा एमालेबाट उम्मेदवार प्रमुखमा दिपेन्द्र खनाल र उपप्रमुखमा कल्पना राई मध्ये खनालले यसअघि प्रमुखमै उठेर हारेका हुन् । माइजोगमाई गापामा एमालेले उठाएका प्रमुखमा कुशबहादुर थेवे र उपप्रमुखमा सावित्रा भट्टराईमध्ये भट्टराई एमालेबाटै २०७४ मा विजयी उपप्रमुख हुन् ।

एमालेले सूर्योदय नपाको प्रमुखमा काजीमान कागते र उप–प्रमुखमा २०७४ मा पनि एमालेबाटै उपप्रमुख जितेकी दुर्गादेवी भट्टराई उम्मेद्वार बनाउने भएको छ । त्यस्तै देउमाइ नपाको प्रमुखमा सूर्य पोख्रेल र उप–प्रमुखमा पविमाया राई तथा माङसेबुङ गापाको प्रमुखमा हेमन्त राई र उपप्रमुखमा सुनिता योङ्गहाङ्गको नाम एमालेबाट उम्मेदवारमा छ । उनीहरू चारै जना २०७४ मा पनि एमालेबाट तिनै पदमा उम्मेद्वार थिएभने हेमन्तबाहेक सबै विजयी भएका थिए । माई नपामा प्रमुखको चर्चामा रहेका मध्ये दिपक थेवे र उपप्रमुखको चर्चामा रहेकामध्ये बिष्णुमाया आचार्य पनि २०७४ मा एमालेबाटै विजयी प्रमुख उपप्रमुख हुन् ।

नेपाली काँङ्ग्रेसबाट चर्चामा रहेका उम्मेदवारहरु पनि धेरैजसो २०७४ मा उम्मेद्वार बनिसकेका छन् । माङ्सेबुङ गापामा अहिले प्रमुखको उम्मेदवार बन्दै गरेका डिकेन्द्र इदिङ्गो र रोङ गापामा प्रमुखको उम्मेदवार बन्दै गरेका सम्शेर राई २०७४ मा काङ्ग्रेसबाटै सोही पदमा विजयी भएका हुन् ।

गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका भागमा परेका दुई पालिकामा समेत समाजवादीले पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टीले सूर्योदय नपा र माईजोगमाई गापामा यसअघि एमालेबाट विजयी बनेका बर्तमान प्रमुखहरू क्रमशः रणबहादुर राई र जीतबहादुर राईलाई नै प्रमुखमा उठाउने तयारी गरेको हो ।
एमालेले यसपटक रोङको प्रमुखमा मेहेरमान तामाङ र उपप्रमुखमा विष्णुमाया भुजेललाई उम्मेद्वार बनाउने चर्चा छ । इलाम नपामा अहिले सम्म प्रमुखमा धिरेन चेम्जोङ, नरेन्द्रनाथ भट्टराई र कृष्ण श्रेष्ठ तथा उप–प्रमुखमा सीता रिजाल, शारदा उप्रेती र विद्या सापकोटाले दाबी गरिरहेकाले टुङ्गो लागेको छैन । उता माई नगरपालिका प्रमुखमा दिपक थेवे र खम्बासिंह लिम्बू तथा उप–प्रमुखमा विष्णुमाया आचार्य र हिमा भण्डारी बीच पनि कस्ले टिकट पाउने भन्ने टुङ्गो हुन बाँकी छ ।
चुलाचुली गापामा ओम नारायण खनाल र अनुप अधिकारीले प्रमुखमा दाबी छाडेका छैनन् भने उपप्रमुमा दिलु लावतीको नाम पक्का जस्तै भएको एमाले स्रोतले जनाएको छ ।

मनसुनअघि झापा–लौकही ...

झापा/ झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश ...

३२ औँ मदन–आश्रित स्म ...

काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का दिवंगत नेत ...

धरानमा दुर्व्यसन विर ...

धरान/ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले श ...

बारीबाट बजारसम्म, तर ...

धरान/पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved