धरानको मेयरमा एक स्वतन्त्र सहित छ

  • वैशाख १२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । देशभरका स्थानीय तहमा चुनावी सरगर्मी बढेको छ । हरेक स्थानीय तहमा आइतबार साना तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

धरानमा पनि साना तथा स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार आइतबार मेयरका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने उपमेयरमा ४ जनाले उम्मेद्वारी दिएका छन् । धरानमा एक स्वतन्त्र सहित ५ जनाले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् । मेयरमा हर्क साम्पाङ राईले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने मेयर पदका लागि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीबाट राजेश कुमार राई, मंगोल नेशनल अर्गनाइजेशन पार्टीबाट दिर्पा कुमारी राई र मौलिक जरोकिलो पार्टीबाट रेणुका बिकले उम्मेदवारी दर्ता गरेकी छिन् ।

त्यसै गरि उपमेयरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सरस्वती सुब्बा, जनमुक्ति पार्टीबाट श्यामकुमारी तामाङ, मौलिक जरोकिलोबाट हेमकुमार दाहाल र स्वतन्त्र उम्मेदवारमा दत्तकुमार लिम्बुले उम्मेदवारी दिएका छन् ।

यस्तै, विभिन्न ८ वटा वडामा वडाअध्यक्षका उम्मेदवारले पनि उम्मेद्वारी दर्ता गराएका छन् । वडा नं १ मा विहानसिं श्रेष्ठले वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् भने वडा ११ मा बबी राई, वडा ७ मा अशोक राई, वडा ६ मा भुपेन्द्र भट्टराई, वडा १५ मा मिनेन्द्र कार्की धोली र वडा १७ मा रसिक लिम्बु थेवेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । धेरैले उम्मेद्वारीको लागि फारम भर्न लगेको कारण अझै संख्या बढ्न सक्ने कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धरानका प्रमुख पुष्करराज नेपालले दुई दिन राखेको मनोनयन दर्तामा आइतबार साना दल तथा स्वतन्त्र उमेद्वारले मनोनयन दर्ता गरे बताए । उनका अनुसार वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved