राजनीति

    Showing १४१-१५० of १,९५८ items.
  • राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी घोषणा सभा पौष १९ मा

    धरान/  जेनजी युवाशक्ति, सहिद परिवार, घाइते तथा सचेत नागरिकहरूको पहलमा स्थापना भएको राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी जिल्लाको घोषणा सभा यही पौष १९ गते धरानको भानुचौकमा आयोजना गर्ने भएको छ। जिल्लाभरिका पार्टी नेता–कार्यकर्ता र शुभेच्छुकको बृहत् उपस्थितिमा हुने सभामा पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा नीति–कार्यक्रमबारे स्पष्ट धारणा सार्वजनिक गरिने पार्टीले जनाएको छ। पार्टीका सुनसरी जिल्ला अध्यक्ष युमेन हाङ राईका अनुसार अन्य जिल्लामा घोषणा सभा सम्पन्न भइसकेको र सुनसरीको कार्यक्रम विशेष महत्वका साथ आयोजना गर्न लागिएको हो।घोषणा सभा पार्टीका केन्द्रीय अध्यक्ष र

    • प्रकाशित मितिः पुस १५, २०८२
    • ४६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरी आदिवासी जनजाति महासंघको अध्यक्षमा सुरेन्द्रमान सर्वसम्मत

    धरान/ नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, सुनसरीको छैठौं जिल्ला अधिवेशनले सुरेन्द्रमान स्थापितलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ।   शनिबार धरान–१४ स्थित आदिवासी जनजाति बहुजातीय सङ्ग्रहालयको सभाहलमा सम्पन्न बन्दसत्रले स्थापितको नेतृत्वमा नयाँ जिल्ला समन्वय परिषद् गठन गरेको हो।   अध्यक्ष राम मान्दुपा राईका अनुसार शुक्रबार साँझदेखि सुरु भएको बन्दसत्रले उपाध्यक्षमा भरतमान थामी, टन्क तामाङ, जयनारायण सिंह दनुवार र शारदा माझीलाई चयन गरेको छ।   सचिवमा रामकुमार चौधरी चयन भएका छन् भने सह–सचिवमा शिवानन्द कुमार मण्डल, युद्धबहादुर धिमाल, नारायण कुमार उरा

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ४०३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • रास्वपा–बालेनबीच बृहत् एकताको सहमति

    सुनसरी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच ‘बृहत् एकता’ सम्बन्धी महत्वपूर्ण सहमति भएको छ । आइतबार सम्पन्न सहमतिअनुसार रास्वपाको केन्द्रीय सभापतिका रूपमा रवि लामिछाने नै कायम रहने छन् भने आसन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने भएको छ । रास्वपा र बालेन शाहबीच सहकार्य र एकताका विषयमा लामो समयदेखि संवाद चल्दै आएको थियो । विशेषगरी गत सोमबारदेखि दुवै नेताबीच निरन्तर भेटघाट र छलफल हुँदै आएको थियो । औपचारिक तथा अनौपचारिक बैठकमार्फत साझा राजनीतिक दृष्टिको

    • प्रकाशित मितिः पुस १३, २०८२
    • ३३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रम संस्कृति पार्टी छाडेर डा. मित्र परियार नेकपामा

    धरान/  श्रम संस्कृति पार्टीको उपाध्यक्ष पदबाट निलम्बित डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।   शुक्रबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परियारलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन्। स्रोतका अनुसार परियारलाई नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारी दिइने तयारी गरिएको छ।   डा. परियारले श्रम संस्कृति पार्टी परित्याग गरेको पुष्टि गर्दै पार्टी अध्यक्ष हर्क साम्पाङप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले “मलाई फोन गरेर रोएर झुक्न र सार्वजनिक रूपमा माफी

    • प्रकाशित मितिः पुस ११, २०८२
    • ५३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल आदिवासी जनजाति महासङ्घ सुनसरीको अधिवेशन धरानमा हुने

    धरान/ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) सुनसरीको छैठौँ जिल्ला अधिवेशन आगामी पौष ११ र १२ गते धरानमा हुने भएको छ। अधिवेशनले सङ्गठनभित्र समावेशी नेतृत्व विकास र जातीय सन्तुलनलाई थप संस्थागत गर्ने लक्ष्य लिएको छ।   धरानमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा नेफिन सुनसरीका अध्यक्ष राम माण्डुपा राईले महासङ्घले अवलम्बन गरेको ‘एक जाति–एक कार्यकाल’ नीति प्रभावकारी रूपमा लागू हुँदै आएको बताए।   उनका अनुसार एउटै व्यक्तिले दोहोर्याएर पदाधिकारी बन्न नपाउने र एउटै जातिबाट एक पटकभन्दा बढी अध्यक्ष चयन नहुने व्यवस्था कार्यान्वयनमा छ। अध्यक्ष राईले यस प्रणालीले

    • प्रकाशित मितिः पुस ८, २०८२
    • ६४८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बुटवल सभामा असन्तुष्टि पोख्दा,साम्पाङको कारबाहीमा परे उपाध्यक्ष डा. मित्र परियार

    धरान/  बुटवलमा आयोजित श्रम संस्कृति पार्टीको सभामा असन्तुष्टि सार्वजनिक रूपमा पोखेपछि पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारमाथि अध्यक्ष हर्क साम्पाङ ले कारबाही गरेका छन्। अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आयोजक समितिलाई सार्वजनिक रूपमा अपमान गरेको र कार्यक्रम सहसंयोजकप्रति अपमानजन्य अभिव्यक्ति दिएको भन्दै डा. परियारले पार्टी आचारसंहिता उल्लंघन गरेको उल्लेख गरेका छन्। कारबाहीको प्रकृति भने खुलाइएको छैन। शनिबार बुटवल को ट्राफिक चोकमा आयोजित सभामा स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा अध्यक्ष साम्पाङले सम्बोधन गरेका थिए। त्यसपछि टीका लगाउने तथा पार्टी प्रवेश कार्यक्रम सुरु ग

    • प्रकाशित मितिः पुस ६, २०८२
    • ५३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा एकता सन्देश सभा : नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो शक्ति बन्ने दाबी

    धरान/  नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले गर्नुभएको छ। सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले विभिन्न वाम धारहरूको एकताले पार्टीलाई जनआधारित वैकल्पिक शक्तिका रूपमा स्थापित गरिरहेको बताउनुभयो। धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित सभाअघि छाताचोकबाट मोटरसाइकल र्‍याली सुरु भई पुरानो बजार, माछा भौडी, देशीलाइन, भानुचोक हुँदै पुनः छाताचोकको परिक्रमा गर्दै सभाहलमा पुगेर सभामा परिणत भएको थियो।र्‍यालीमा पार्टी नेता–कार्यकर्ता

    • प्रकाशित मितिः मंसिर २९, २०८२
    • ४९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जसपा कोशी प्रदेशको अध्यक्षमा गणेश राई सर्वसम्मत, ४९ सदस्यीय नयाँ समिति गठन

    धरान/ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशको अध्यक्षमा गणेश राई चयन भएका छन्। शुक्रबार धरानमा सम्पन्न प्रदेश भेलाले राईको नेतृत्वमा सर्वसम्मत रूपमा ४९ सदस्यीय कोशी प्रदेश समिति गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा डिल्ली सुव्वा, रमा कार्की र नसरुल महम्मद चयन भएका छन्। महासचिवमा नगेन्द्र पारघरी लिम्बू नियुक्त भएका छन् भने सचिवमा गणेश खालिङ, कुमार सुनुवार र रन्जित साम्पाङ चयन भएका छन्। सदस्यहरूमा सुमन राई, दुर्गा गुरुङ, दुर्गा राईलगायत रहेका छन्। अघिल्लो समितिका केही नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि संगठनलाई पुनः सुदृढ बनाउने उद्देश्यसहित

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • ५१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वडा अध्यक्ष रुपेश आचार्यको सक्रियतामा देवकोटा पथको दीर्घकालीन ढल समस्या समाधान

    सुनसरी/ धरान उपमहानगरपालिका वडा नं. ९ अन्तर्गत देवकोटा पथ क्षेत्रमा वर्षौँदेखि ढलमा डुबेर जोखिममा परेको खानेपानी पाइप तथा स्ल्याबको समस्या अन्ततः समाधान भएको छ। वडा अध्यक्ष रुपेश आचार्यको प्रत्यक्ष सक्रियता र पहलमा सम्पन्न कार्यपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन्। लामो समयदेखि दुर्गन्ध र असुविधा झेल्दै आएका टोलवासीहरूले वडा कार्यालयको प्रयासको खुलेर प्रशंसा गरेका छन्। दिव्य ज्योति टोल विकास संस्थाले समस्या समाधानमा अग्रसर भूमिका खेलेको भन्दै वडा अध्यक्षसहित वडा सदस्यहरूलाई धन्यवाद व्यक्त गरेको छ।    

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • ५६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बस व्यवसायी तथा उपभोक्ता प्रवर्द्धन केन्द्रकाे अध्यक्ष मा नेत्र बहादुर थापा  चयन

    धरान/ बस व्यवसायी तथा उपभोक्ता प्रवर्द्धन केन्द्रकाे नयाँ सञ्चालक समिति गठन गरिएको छ । केन्द्रकाे साताै बार्षिक साधारण सभाले  नेत्र बहादुर थापाको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो।   निवर्तमान अध्यक्ष  कृष्ण प्रसाद सुवेदी  (धरान–१५) लाई  संस्थाकाे   प्रमुख सल्लाहकार तथा संरक्षकका रूपमा चयन गरेकाे छ ।     केन्द्रकाे वरिष्ठ उपाध्यक्षमा राजमणि निरौला (धरान–१५) चयन भएका छन् भने उपाध्यक्षमा बाबुराम कार्की (धरान–८) रहेका छन्। त्यसैगरी महासचिवमा  गोविन्द महराई (सुन्दरहरैंचा), कोषाध्यक्षमा फडिन्द्र बहादुर कार्

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • ४२२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved