काठमाण्डौं/ एमाले मुख्यालय च्यासलमा नेपालकै सबै भन्दा ठुलो झण्डा राखिएको छ । रातो पृष्ठभूमिमा सुनौलो रङ्गको हँसिया हथौडा अंकित अहिलेसम्मकै ठुलो झण्डा मजदुरहरुको संगठन जिफन्टले राखेको हो । सोमबार बिहान ११ बजे नेपाल ट्रेड युनियन महासंघ जिफन्ट र आवद्ध घटकहरुका करिव सयजना नेता कार्यकर्ताहरुले लम्बाई ४५ र चौडाई समेत ४५ रहेको राखेको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताउनुभयो । भदौ २० देखि २२ सम्म ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले पास गरेको झण्डा राखिएको श्रेष्ठले बताउनुभयो । जेन जी आन्दोलनका क्रममा भदौ २४ गते जेन जी आन्दोलनका क्रममा उदण्ड समुहले तोडपाmेड र आगजनी गरेक
काठमाडौं./अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइसँगै भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले आफूले कुनै सेवा सुविधा नलिने भएका छन् । सोमबार पदभार ग्रहणका क्रममा मन्त्री घिसिङले आफूले पाउने तलबभत्ता सहिद परिवारको नाममा बनेको कोषमा जम्मा गर्ने र सुरक्षा र अन्य सुविधासमेत नलिने घोषणा गरेका हुन् ।
धरान/ नेकपा (एमाले) धरान उपमहानगर कमिटीले जेनजी आन्दोलनको आडमा आफ्नाे पार्टी कार्यालयमा आगजनी र तोडफोड भएको भन्दै गम्भीर आपत्ति जनाएको छ। भदौ २४ गते भएको घटनालाई पार्टीले योजनाबद्ध षड्यन्त्रको संज्ञा दिएको छ। पार्टीद्वारा जारी विज्ञप्तिमा प्राप्त फोटो तथा भिडियो प्रमाणका आधारमा जो कोहि भए पनि संलग्न रहेको छ उनीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न तथा क्षतिपूर्ति दिलाउन सरकारलाई आग्रह गरिएको छ। त्यस्तै, धरानमा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यालयहरू, भाटभटेनी सुपरमार्केट, एमाले नेतृ मञ्जु भण्डारी, प्रदेश सदस्य जयकुमार राई, पूर्व मेयर मनोज मेन्याङबो, सिर्जना ने
काठमाडौं/ जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति सम्मानस्वरूप सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेलगत्तै उक्त निर्णय सार्वजनिक गरेका हुन्। उनका अनुसार शोकको प्रतीकस्वरूप सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। मन्त्री अर्यालले आन्दोलनका क्रममा ज्यान गुमाउने परिवारलाई काजकिरिया खर्चवापत प्रत्येकलाई एक–एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घरसम्म पुर्याउने जिम्मा सरकारले लिने जानकारी दिए। पदभार ग्रहण कार्यक्रममा गृहमन्त्री अर्याललाई गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र
काठमाडौँ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्। आइतबार बिहानै उनले पार्टीका केन्द्रीय सदस्यहरूको ह्वाट्सएप समूहमार्फत आफ्नो असन्तुष्टि व्यक्त गर्दै राजीनामाको घोषणा गरेकी हुन्। श्रेष्ठले पार्टीभित्र आफूलाई लगातार मिडिया ट्रायलमा पारिएको, आफ्ना भनाइहरूलाई बेवास्ता गरिएको र काम गर्ने वातावरण नै नरहेको कारण देखाउँदै पार्टी छाडेको बताएकी छन्। यसैबीच, रास्वपा प्रवक्ता मनिष सुमनले श्रेष्ठको घोषणा ग्रुपमा आएको पुष्टि गर्दै औपचारिक राजीनामा पत्र भने पार्टी कार्यालयमा नपुगेको जानकारी द
काठमाडौं/प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन गरेका छन्। राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजंग थापा मगरका अनुसार नयाँ प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते बिहीबार हुने तय गरिएको छ। यसअघि जेनजीको माग र सर्वपक्षीय परामर्शपछि राष्ट्रपति पौडेलले संविधानको धारा ६१ बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए। शपथ ग्रहणपछि कार्कीले पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालिसकेकी छन्।
काठमाडौँ/असामान्य राजनीतिक परिस्थितिबीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आजै पदमा नियुक्त गर्ने र राति ९ बजे शपथ ग्रहण गराउने तयारी भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्। यसअघि, नयाँ सरकार गठनका विषयमा छलफल गर्न कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल शीतल निवास पुगेका थिए। लामो छलफलपछि अन्तरिम सरकारको नेतृत्व कार्कीलाई दिने सहमति बने पनि संसद् विघटनबारे भने लामो छलफल भएको थियो । पोखरेलका अनुसार यो विषयमा कार्की
सुनसरी /पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार बेलुकी शीतल निवासमा बसेको उच्चस्तरीय छलफलपछि ‘आवश्यकताको सिद्धान्त’ का आधारमा यस्तो निष्कर्ष निकालेको स्रोतले जनाएको छ । संविधानको धारामा स्पष्ट प्रावधान नहुँदा पनि संसद विघटन नगरी, संविधानलाई यथावत् राख्दै र राजनीतिक दलहरूको सहमतिमा कार्कीले अन्तरिम सरकारको नेतृत्व लिन लागेकी हुन् । अहिले बिहान ९ बजे उनलाई शपथ खुवाइने तयारी भएको छ । शीतल निवासमा जारी छलफलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने सहमति बनेको छ। वार्तामा संसद्
झापा । नेपाल र भारतको पुर्वी नाका झापाको काकडभिट्टामा जेन–जी आन्दोलनका कारण सीमा नाका भारतले बन्द गरेको छ। काँकडभिट्टा, रानी, भद्रपुर र अन्य नाकामा आवागमन पूर्ण रूपमा रोकिँदा सयौं यात्रु सीमामा अलपत्र परेका छन् ।व्यापारिक गतिविधि समेत ठप्प हुँदा खाद्यान्न, पेट्रोलियम पदार्थ र अन्य सामग्री ढुवानी प्रभावित भएको छ। भारतीय सुरक्षा निकायले सीमाक्षेत्रमा कडा निगरानी राखेको छ भने नेपालतर्फ पनि सेना र प्रहरीको सुरक्षा सतर्कता बढाइएको छ ।तस्वीर श्रोतः इकान्तिपुर
विराटनगर । मंगलबार जेनजी समुहको आन्दोलनले कोशी प्रदेशसभा भवन ध्वस्त भएको छ । आन्दोलनकारीले मंगलबार दिउँसो प्रदेश सभा भवन र सचिवालयमा आगजनी गरेका थिए । प्रदेश सभाको सबै सामग्री जलेर नष्ट भएको छ । बुधबार बिहान प्रदेश सभामा खरानी मात्रै बाँकी थियो । प्रदेश सभा सचिवालयमा अझै आगो छ । सचिवालयका कर्मचारीका अनुसार आगोले नभेटेको स्थानका सबै सामान चोरी भएको छ । प्रदेश सभाको बैठक कक्ष जलेर सबै खरानी भएको छ । फर्निचर, एसी,कम्युटर, प्रिन्टर, क्यामेरालगायत उपकरण चोरी भएको सचिवालयका कर्मचारीले बताए ।