राष्ट्रिय परिवर्तन पार्टीको सुनसरी घोषणा सभा पौष १९ मा

  • पुस १५, २०८२
  • कोशीपत्र/संवाददाता
alt -फणिन्द्र तिम्सिना

धरान/  जेनजी युवाशक्ति, सहिद परिवार, घाइते तथा सचेत नागरिकहरूको पहलमा स्थापना भएको राष्ट्रिय परिवर्तन पार्टीले सुनसरी जिल्लाको घोषणा सभा यही पौष १९ गते धरानको भानुचौकमा आयोजना गर्ने भएको छ।

जिल्लाभरिका पार्टी नेता–कार्यकर्ता र शुभेच्छुकको बृहत् उपस्थितिमा हुने सभामा पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा नीति–कार्यक्रमबारे स्पष्ट धारणा सार्वजनिक गरिने पार्टीले जनाएको छ।

पार्टीका सुनसरी जिल्ला अध्यक्ष युमेन हाङ राईका अनुसार अन्य जिल्लामा घोषणा सभा सम्पन्न भइसकेको र सुनसरीको कार्यक्रम विशेष महत्वका साथ आयोजना गर्न लागिएको हो।
घोषणा सभा पार्टीका केन्द्रीय अध्यक्ष राजेश पोर्तेलको प्रमुख आतिथ्यतामा हुनेछ।

जेनजी आन्दोलनका क्रममा घाइते भई एक खुट्टा गुमाएका पोर्तेल पार्टीका संस्थापक अभियन्ता हुन्।

पार्टी सचिव शिवराज जिमीका अनुसार कार्यक्रममा पूर्व आइजिपी सर्वेन्द्र खनाल, पूर्व प्रधान सेनापति माधव सुन्दर खड्का तथा पार्टीका केन्द्रीय प्रवक्ता विशेष अतिथिका रूपमा सहभागी हुनेछन्।

जिल्ला अध्यक्ष हाङ राईले निर्वाचनका लागि उम्मेदवारी छनोट र सिफारिस अन्य जिल्लामा सकिएको र सुनसरीमा तयारी अन्तिम चरणमा रहेको बताए। उनले पार्टीको अस्तित्व कमजोर पार्ने गरी कुनै पनि दलसँग पार्टी एकता नहुने स्पष्ट पारे।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved