राजनीति

    Showing १,४४१-१,४५० of १,९५९ items.
  • कांग्रेस कार्यकर्ताले मतपत्र च्याते

    धरान । ओखलढुंगामा नेपाली कांग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । चिसंखुगढी गाउँपालिका– ३ को गणनाको क्रममा वडाअध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्नेक्रममा मतपत्र च्यातिएको हो । कांग्रेसका जिल्ला सचिव राजकुमार ढुंगाना नेतृत्वका कांग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणनास्थल तनावग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुंगानासहितका कांग्रेसका कार्यकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख डीएसपी सुकदेव खनालले बताए । उनले भने–‘मतपत्र च्यातेपछि तनावग्रस्त भएको थियो, स्थितिलाई साम्य पार्नको लागि हामीले केहीलाई प्रक्राउ गरेका छौं ।&rsqu

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • १,०५९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तेह्रथुमको लालिगुराँसमा दोस्रो पटक मावुहाङ विजयी

    धरान । लालिगुराँस नगरपालिकाको मेयरमा दोस्रो पटक पनि अर्जुनबाबु मावुहाङ निर्वाचित भएका छन् । नेपाल कांग्रेसबाट मेयरको प्रतिष्पर्धामा उत्रिएका उनले ५ हजार १ सय ३९ मत ल्याएर विजयी भएका हुन् । माबुहाङले प्रतिद्धन्द्वी नेकपा एकालेका उम्मेदवार गणेश सेनेलाई पराजित गरेका हुन् । सेनेले ३ हजार ३४४ मात्र प्राप्त गरे । मावुहाङ २०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेका उमेद्वारलाई पछि पार्दै विजयी बनेका थिए । उपमेयर पदमा कांग्रेसकै जमुना मगर कार्की ४ हजार ८८७ मत प्राप्त गरी विजयी भएकी छिन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छवीमाया तिम्सिनाल ३ हजार ५९४ मत प्राप्त गरिन् । कांग्रेसले

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • १,१६१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा पुनः मतगणना शुरु

    मोरङ । शनिवारदेखी रोकिएको रंगेली नगरपालिकाको मतगणना सोमबार साँझबाट शुरु भएको छ । वडा नं. ८ को मतपेटीको फोरिएको र गणनामा नियोजित रुपमा धाँधली भएको भन्दै गठबन्धनका दलहरुले नारावाजि गरेपछि रोकिएको मतगणना पुनः शुरु भएको हो । मुख्य निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार दलहरुसँगको सर्वदलीय बैठक पश्चात मतगणना शुरु गरिएको हो । उनका अनुसार रोकिएको ३ नं. वडाको गणनालाई निरन्तरता दिइँदैछ । सोमबरा नै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया रंगेली पुगेर गणना प्रक्रिया चाँडो शुरु गर्न निर्देशन दिएका थिए । शनिबार राति होहल्ला हुन थालेपछि मतगणना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गर्दै मतगणना स्थगित गर

    • प्रकाशित मितिः जेठ २, २०७९
    • १,०८१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उपडेट: धरान ८ को २ सय मतगणना गर्दा मेयरमा हर्क साम्पाङ ६ मतले अगाडी, वडाअध्यक्ष एमालेको फराकिलो अन्तर

    धरान/ धरानको वडा नं ८ को पहिलो चरणको २ सय मतगणना गर्दा मेयरमा हर्क साम्पाङले अग्रता लिएका छन् भने वडाध्यक्षमा एमालेका धन बहादुर राईले अग्रता कायम गरेका छन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार मेयरमा साम्पाङले ७४ मत प्राप्त गरेका छन् भने एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ६८ मत पाएकी छिन् । गबठन्धनका उम्मेद्वार किशोर राईले २७ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयर एमाले उम्मेद्वार पदम इस्वोले ८३ मत पाएका छन् भने गठबन्धनका उम्मेद्वार अइन्द्र बेघाले ४९ मत पाएका छन् । यसैगरि, २ सय मतगणना हुँदा वडाअध्यक्ष एमालेका उम्मेद्वार धनबहादुर राई १सय २ मत पाएर अगाडि छन् । कांग्रेसका उम्मेद्वार उत

    • प्रकाशित मितिः जेठ २, २०७९
    • २,०९४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अपडेट: धरान ६ को २ हजार मतगणना गर्दा मेयरमा मञ्जुको अग्रता, वडामा स्वतन्त्र

    धरान / धरान ६ नम्बर वडाको २ हजार मतगणना गर्दा मेयरमा एमालेकी मञ्जु भण्डारीले अग्रता लिएकी छिन् भने वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराईले अग्रता लिएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो जानकारी अनुसार मेयरमा मञ्जु भण्डारीले ६ सय १८ मत प्राप्त गर्दा गठबन्धनका किशोर राईले २ सय ८३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले ४ सय ८३ मत पाएका हुन् । यस्तै उपमेयरमा एमालेका पदम लिम्बुले ६ सय ६७ मत प्राप्त गर्दा गठबन्धनका अइन्द्र बिक्रम बेघाले २ सय ८८ मत प्राप्त गरेका छन् । यता वडाध्यक्ष तर्फ भने स्वतन्त्र उम्मेद्वार भुपेन्द्र भट्टराईले अग्रता लिएका छन् । उ

    • प्रकाशित मितिः जेठ २, २०७९
    • १,८१६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा सर्वदलीय बैठक बस्दै मतगणना पुनः सूचारु हुने

    मोरङ/ शनिवारदेखी स्थगित रंगेलीको मतगणना सूचारु गर्ने विषयमा सर्वदलीय बैठक बसिरहेको जनाकारी प्राप्त भएको छ । रंगेलीका प्रमुख निर्वाचन अधिकृत रामहरी काफ्लेका अनुसार अहिले सर्वदलयी बैठक बसिरहेको हो । उनका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले छलफल मार्फत समस्या समाधन गरि त्तकाल मतगणना शुरु गर्न निर्देशन दिएसँगै सर्वदलीय बैठक बसेको हो । काफ्लेले भने,“ प्रमुख आयुक्त ज्यु बाट स्पष्ट निर्देशन आएको छ पुनः निर्वाचन हुँदैन मतगणना तुरुन्त सुरु गर्ने भन्ने सोही अनुसार हामी मतगणना सुरु गर्न बैठक बसिरहेका छौं, अब गणना सुरु हुन्छ ।”

    • प्रकाशित मितिः जेठ २, २०७९
    • १,०४३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पराजित मानिसकताले रंगेलीको मतगणना रोकियो: बगडिया

    मोरङ/ शनिवार रातिदेखि स्थगित भएको रंगेली मतगणना अझै सम्म सुचार हुन सकेको छैन् । मतगणनामा धाँधली गर्न मतपेटिका फोरिएको आरोप लगाउँदै गठबन्धनका दलहरुले विरोध जनाएसँगै शनिवार रातिदेखी मतगणना रोकिएको हो । एमालेबाट मेयरको उम्मेद्वार बनेका दिलिप बगडियाले स्वतन्त्र उमेदवारको नाममा मतगणना प्रक्रियामा धेरै प्रतिनिधि राख्ने कार्य गरिएको भन्दै विरोध जनाएका थिए । नेकपा एमालेबाट मेयर पदका उमेदवार दिलिप बगडियाले आफूहरुको एकमात्र माग मतगणना सूचारु गर्नु भन्ने रहेको बताउँदै भने,“गठबन्धनका उमेदवारले हार्ने प्रस्ट भएपछि राति नै होहल्ला गरी मतगणना बन्द गराइएको छ । छलफल गरे पनि पुनः निर्वाचन गराउनुपर्ने माग

    • प्रकाशित मितिः जेठ २, २०७९
    • २,२८७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रंगेलीमा पुनः निर्वाचन हैन मतगणना हुन्छ : प्रमुख आयुक्त

    मोरङ/ विवादक कारण शनिवारदेखी मतगणना स्थगित भएको मोरङमा पुनः निर्वाचन नहुने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् । सोमबार मतगणना स्थलको अनुगमनमो क्रममा विराटनगरस्थित आर्दश मा वि आएका थपलियाले पुनःल् निर्वाचन नहुने मतगणना हुने बताएका हुन् । ‘मतदान केन्द्रबाट संकलन भई गणनास्थलका कोठासम्म आइपुगेका मतपेटिका सबै खोलिने छन्। रंगेलीमा गठबन्धन दल र एमालेबीच विवाद हुँदा शनिबार रातिदेखि गणना स्थगित भएको छ। मतगणना सुरू हुन्छ पुनः निर्वाचन होइन,’ उनले भने। थपलियाले विराटनगरमा जारी मतगणनाको निरीक्षण गर्दै भएभरको जनशक्ति परिचालन गरेर भए पनि चाँडो परिणाम घोषणा हुने गरी गणना अघि

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ४,२२७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा साँगुरीगढीको अध्यक्षमा गठबन्धनका जितेन्द्र विजयी

    धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेद्वार बनेको जितेन्द्र रुम्दाली विजयी बनेका छन् । निकटतम प्रतिद्वन्दी एमालेका कुमार जंग याख्खालाई १ हजार ५ सय ७१ मतान्तरले पराजित गर्दै गठबन्धनका रुम्दाली विजयी भएका हुन् । जितेन्द्रले ६ हजार ३ सय ९९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेकपा एमालेका कुमारजंग याख्खाले ४ हजार ८२८ मत पाएका थिए । गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी मुना राईले जित हासिल गरेकी छिन् । राईले गठबन्धनका उपाध्यक्ष उम्मेदवार जनता समाजवादी पार्टीका लिलाराज लावतीलाई ५ सय १४ मतले हराउँदै जित हासिल गरेकी छन् । लावतीले ४ हजार १३

    • प्रकाशित मितिः जेठ २, २०७९
    • ८८५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कानेपोखरी २ मा एमालेको प्यानलै विजयी

    मोरङ । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. २ मा नेकपा एमालेको प्यानलै विजय भएको छन् । एमालेका तर्फबाट उम्मदेव्वार बनेका शुशिल बुढाथोकी १ हजार ८ सय ६४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका गोपाल खड्कालाई ५ सय ६० मतको अन्तरले पछि पार्दै वियजी भएका हुन् । त्यसैगरी महिला सदस्य सबित्रा चौधरी १ हजार ७ सय ६२, दलित महिला सदस्य किना ऋषिदेव १ हजार ७ सय ७४, खुल्ला पहिलो सदस्य केशव दाहल १ हजार ६ सय ९९ र खुल्ला दोस्रो सदस्य भिम बहादुर कार्कीले १ हजार ६ सय ३९ मत प्राप्त गर्दै प्यानलनै विजयी भएका हुन् । त्यसैगरी एमालेबाट अध्यक्षका उम्मेद्वार राजमती इङ्नामले

    • प्रकाशित मितिः जेठ २, २०७९
    • १,१०२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved