धरान/ श्रम संस्कृति पार्टीको उपाध्यक्ष पदबाट निलम्बित डा. मित्र परियार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। शुक्रबार बिहान नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परियारलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन्। स्रोतका अनुसार परियारलाई नेकपाको केन्द्रीय सदस्यको जिम्मेवारी दिइने तयारी गरिएको छ। डा. परियारले श्रम संस्कृति पार्टी परित्याग गरेको पुष्टि गर्दै पार्टी अध्यक्ष हर्क साम्पाङप्रति तीव्र असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले “मलाई फोन गरेर रोएर झुक्न र सार्वजनिक रूपमा माफी
धरान/ नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) सुनसरीको छैठौँ जिल्ला अधिवेशन आगामी पौष ११ र १२ गते धरानमा हुने भएको छ। अधिवेशनले सङ्गठनभित्र समावेशी नेतृत्व विकास र जातीय सन्तुलनलाई थप संस्थागत गर्ने लक्ष्य लिएको छ। धरानमा मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा नेफिन सुनसरीका अध्यक्ष राम माण्डुपा राईले महासङ्घले अवलम्बन गरेको ‘एक जाति–एक कार्यकाल’ नीति प्रभावकारी रूपमा लागू हुँदै आएको बताए। उनका अनुसार एउटै व्यक्तिले दोहोर्याएर पदाधिकारी बन्न नपाउने र एउटै जातिबाट एक पटकभन्दा बढी अध्यक्ष चयन नहुने व्यवस्था कार्यान्वयनमा छ। अध्यक्ष राईले यस प्रणालीले
धरान/ बुटवलमा आयोजित श्रम संस्कृति पार्टीको सभामा असन्तुष्टि सार्वजनिक रूपमा पोखेपछि पार्टीका केन्द्रीय उपाध्यक्ष डा. मित्र परियारमाथि अध्यक्ष हर्क साम्पाङ ले कारबाही गरेका छन्। अध्यक्ष साम्पाङले सामाजिक सञ्जालमार्फत आयोजक समितिलाई सार्वजनिक रूपमा अपमान गरेको र कार्यक्रम सहसंयोजकप्रति अपमानजन्य अभिव्यक्ति दिएको भन्दै डा. परियारले पार्टी आचारसंहिता उल्लंघन गरेको उल्लेख गरेका छन्। कारबाहीको प्रकृति भने खुलाइएको छैन। शनिबार बुटवल को ट्राफिक चोकमा आयोजित सभामा स्वागत मन्तव्यपछि प्रमुख अतिथिका रूपमा अध्यक्ष साम्पाङले सम्बोधन गरेका थिए। त्यसपछि टीका लगाउने तथा पार्टी प्रवेश कार्यक्रम सुरु ग
धरान/ नेपाली कम्युनिस्ट पार्टी देशकै सबैभन्दा ठूलो राजनीतिक शक्ति बन्ने दाबी पार्टीका केन्द्रीय नेता हरिबोल गजुरेलले गर्नुभएको छ। सोमबार नेपाली कम्युनिस्ट पार्टी धरान उपमहानगर कमिटीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उहाँले विभिन्न वाम धारहरूको एकताले पार्टीलाई जनआधारित वैकल्पिक शक्तिका रूपमा स्थापित गरिरहेको बताउनुभयो। धरानस्थित सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा आयोजित सभाअघि छाताचोकबाट मोटरसाइकल र्याली सुरु भई पुरानो बजार, माछा भौडी, देशीलाइन, भानुचोक हुँदै पुनः छाताचोकको परिक्रमा गर्दै सभाहलमा पुगेर सभामा परिणत भएको थियो।र्यालीमा पार्टी नेता–कार्यकर्ता
धरान/ अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेशको अध्यक्षमा गणेश राई चयन भएका छन्। शुक्रबार धरानमा सम्पन्न प्रदेश भेलाले राईको नेतृत्वमा सर्वसम्मत रूपमा ४९ सदस्यीय कोशी प्रदेश समिति गठन गरेको हो। नवगठित समितिको उपाध्यक्षमा डिल्ली सुव्वा, रमा कार्की र नसरुल महम्मद चयन भएका छन्। महासचिवमा नगेन्द्र पारघरी लिम्बू नियुक्त भएका छन् भने सचिवमा गणेश खालिङ, कुमार सुनुवार र रन्जित साम्पाङ चयन भएका छन्। सदस्यहरूमा सुमन राई, दुर्गा गुरुङ, दुर्गा राईलगायत रहेका छन्। अघिल्लो समितिका केही नेता तथा कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि संगठनलाई पुनः सुदृढ बनाउने उद्देश्यसहित
सुनसरी/ धरान उपमहानगरपालिका वडा नं. ९ अन्तर्गत देवकोटा पथ क्षेत्रमा वर्षौँदेखि ढलमा डुबेर जोखिममा परेको खानेपानी पाइप तथा स्ल्याबको समस्या अन्ततः समाधान भएको छ। वडा अध्यक्ष रुपेश आचार्यको प्रत्यक्ष सक्रियता र पहलमा सम्पन्न कार्यपछि स्थानीय बासिन्दाले ठूलो राहत महसुस गरेका छन्। लामो समयदेखि दुर्गन्ध र असुविधा झेल्दै आएका टोलवासीहरूले वडा कार्यालयको प्रयासको खुलेर प्रशंसा गरेका छन्। दिव्य ज्योति टोल विकास संस्थाले समस्या समाधानमा अग्रसर भूमिका खेलेको भन्दै वडा अध्यक्षसहित वडा सदस्यहरूलाई धन्यवाद व्यक्त गरेको छ।
धरान/ बस व्यवसायी तथा उपभोक्ता प्रवर्द्धन केन्द्रकाे नयाँ सञ्चालक समिति गठन गरिएको छ । केन्द्रकाे साताै बार्षिक साधारण सभाले नेत्र बहादुर थापाको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति गठन गरिएको हो। निवर्तमान अध्यक्ष कृष्ण प्रसाद सुवेदी (धरान–१५) लाई संस्थाकाे प्रमुख सल्लाहकार तथा संरक्षकका रूपमा चयन गरेकाे छ । केन्द्रकाे वरिष्ठ उपाध्यक्षमा राजमणि निरौला (धरान–१५) चयन भएका छन् भने उपाध्यक्षमा बाबुराम कार्की (धरान–८) रहेका छन्। त्यसैगरी महासचिवमा गोविन्द महराई (सुन्दरहरैंचा), कोषाध्यक्षमा फडिन्द्र बहादुर कार्
धरान/जेनजी आन्दोलनमा अग्रपंक्तिमा रहेर घाइते,तथा न्यायको खोजीमा रोइरहेका सहिद परिवार र परिवर्तनप्रति प्रतिबद्ध युवा पुस्ताले मिलेर गठन गरेको ‘राष्ट्रिय परिवर्तन पार्टी’ले मंसिर २७ गते दमकको आदिवासी रंगशालाबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्न लागेको छ। बुधबार धरानमा जेनजी युनाइटेड मुभमेन्टले पत्रकार सम्मेलन गर्दै हजारौँ जेनजी युवाको ऊर्जा र आन्दोलनको बलिदानले जन्मिएको नयाँ पार्टी भव्य सभामार्फत देशसमक्ष प्रस्तुत हुने जानकारी गरायो। मुभमेन्टकी सिमा राईका अनुसार हालसम्म देशभरबाट ३३ हजार ७५७ जना जेनजी युवाले नयाँ पार्टीलाई खुलेर समर्थन जनाइसकेका छन्। उनले आगामी घोषणासभालाई केवल
धरान/ नेकपा (एमाले)को ११ औ राष्ट्रिय महाधिबेशनमा मजदुर नेता भिम राई ज्वालालाई केन्द्रीय सदस्य बनाउन यातायात ब्यबसायीहरुले पार्टीलाई चर्को दवाव दिएका छन् । आफ्नो राजनैतिक जिवनको पुुर्ण समय मजदुर आन्दोलनमा विताएका ज्वाला हाल नेपाल स्वतन्त्र यातायात मजदुर सघंका केन्द्रिय अध्यक्ष हुन् । उनलाई मजदुर कोटाबाट केन्द्रिय सदस्य बनाउन मजदुरहरुले सामुुहिक रुपमा माग गर्न थालेका छन् । मजदुुर नेताहरु कमल भट्टराई मजदुुर आन्दोलनलाई न्याय गर्न भिम ज्वालाई केन्द्रिय सदस्य बनाउनै पर्ने बताउछन् । पार्टीका संकटकालिन अबस्थामा समेत संगठन गर्दे पार्टी रक्षाका लागि खट्ने राईलाई यो पटक केन्द्रीय सदस्य नबनाउदा सम
धरान/ श्रम संस्कृति पार्टीले आफ्नो मूल राजनीतिक दर्शनका रूपमा ‘हर्कवाद’ प्रस्तुत गर्दै विस्तृत अवधारणा पत्र र एजेन्डाहरू सार्वजनिक गरेको छ। पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रकृति, संस्कृती र प्रविधिको सन्तुलित विकासमार्फत मात्र मानव समाजको रक्षा र समृद्धि सम्भव हुने धारणा राख्दै त्यसका लागि अनिवार्य श्रम र श्रमदान नै हर्कवादको केन्द्रिय सिद्धान्त भएको स्पष्ट पारे। साम्पाङका अनुसार अभाव, गरीबी, विभेद तथा तिनबाट उत्पन्न द्वन्द्व र हिंसा अन्त्य गर्न श्रमको निरन्तर अभ्यास अपरिहार्य छ। यही सिद्धान्तलाई आधार मानेर पार्टीले राजनीतिक, आर