राजनीति

    Showing १,३६१-१,३७० of १,९५८ items.
  • दोस्रो पटक चुनावमा नेम्बाङसँग पालुङ्वा लड्ने तयारीमा

    धरान । राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपि पालुङवाले सुवास नेम्माङसँग चुनाव लड्ने घोषणा गरेका छन् । विहीबार इलाम सदरमुकाममा पत्रकार संमेलन गरी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षमा इलाम क्षेत्र नम्बर दुईबाट चुनाव लड्ने घोषणा गरेका हुन । २० वर्षदेखि पटक पटक चुनाव जितेका नेम्बाङलाई अब जनताले नपत्याउने भन्दै आफूले उम्मेद्वारी घोषणा गरेको बताएका छन् । गत निर्वाचनमा पनि नेम्बाङसँगै प्रतिस्पर्धा गरेका पालुङवाको मत प्रतिस्पर्धामा आउन सकेको थिएन । पहिलो निर्वाचनमै फराकिलो अन्तरले पराजित भएर पनि पुन ः त्यही क्षेत्रमा किन उम्मेद्वारी दिनुभएको भन्ने पत्रकारकमो प्रश्नमा पालुङवाले धरानका मेयर हर्कसांङ

    • प्रकाशित मितिः साउन २०, २०७९
    • ८७३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदर्शनीस्थल निर्माणका लागि मेयरद्वारा मन्त्रीको ध्यानाकर्षण

    धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माणका लागि संघीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् । विराटनगर आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मेयर कोइरालाले विराटनगरमा व्यापार मेला गर्न स्थान अभाव भएको सुनाए । उनले औद्योगिक तथा व्यापारिक मेला आयोजना गर्न प्रदर्शनीस्थलको अभाव रहेको बताए । जग्गाको व्यवस्थापन महानगरपालिकाले गर्नेसमेत उनको भनाइ थियो । ‘मन्त्रीज्यू बजेट छुट्याएर मन्त्रिपरिषद्बाट निर्णय गराउनुहोस्, हामी जग्गा उपलब्ध गराउन तयार छौं,’ मेयर कोइरालाले भने, ‘प्रदर्शनीस्थलको अभाव

    • प्रकाशित मितिः साउन ११, २०७९
    • ८६४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘भुक्तानी मौज्दातमा समस्या छैन’

    धरान । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको ढुकुटीमा भुक्तानी मौज्दात पर्याप्त भएकाले चालू आर्थिक वर्षको बजेट खर्च गर्न कुनै समस्या नहुने बताएका छन् । बजेटको अभाव नभएकाले आर्थिक वर्षको सुरुबाटै योजना बनाउन र समयमै सम्पन्न गर्न मुख्यमन्त्री राईले कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार आयोजित वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले भुक्तानी मौज्दात अनुमानभन्दा बढी व्यवस्थापन भएकाले बजेट कार्यान्वयनमा समस्या नहुने बताएका हुन । उनले प्रदेशस्तरका मन्त्रालय तथा कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्दा मापदण्ड

    • प्रकाशित मितिः साउन १०, २०७९
    • ७१० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आइतबार प्रदेश १ को सभा रोचक बन्यो: 'नामाकरणको विषयमा सांसद घेराबन्दीमा पर्‍यो'

    धरान । पपछिल्लो समय प्रदेश १ को नामकरणको टुंगो लाग्न नसक्दा योे विषय झन पेचिलो बन्दै गएको । नामाकरणका विषयमा दलहरूबीच एकमत नहुँदा प्रदेशको नाम पेचिलो बन्दै हो । ७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ भने नाम के जुराउने भन्ने अझै अन्योलमै छ । प्रदेशसभाको कार्यकालको अवधि अब ४ महिना मात्र बाँकी छ । यो अवधिमा नै प्रदेश १ को नाम जुराउन यतिवेला प्रदेश १ का सांसद र सरकार कसरतमा जुटेका छन् भने पहिचानवादी विभिन्न संघसंस्था भने प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् । तर आइतबार एक सांसदले प्रदेशको नामाकरणको विषयमा सांसदहरु घेराबन्दीमा परेको

    • प्रकाशित मितिः साउन ९, २०७९
    • ७०३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्रीको अभिव्यक्तिप्रति एमाले रुष्ट

    धरान । नेकपा एमाले जिल्ला कमिटी मोरङले प्रदेशको नामाकरणको विषयसँग जोडिएर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दिएको अभिव्यक्तिप्रति रुष्ट बनेको छ । शनिबार बसेको एमाले जिल्ला कमिटीको बैठकले मुख्यमन्त्रीको पदमा बसेर साम्प्रदायिकता भड्काउने तथा नामाकरण गर्ने महत्वपूर्ण जिम्मेवारीबाट पन्छिन खोजेको ठहर गर्दै आपत्ति जनाएको होे । वैठकले मुख्यमन्त्री राईलाई सुझाव दिदै अविलम्ब प्रदेशबासी सबैलाई मान्य हुने साझा नाम राख्न अनुरोध गरेको छ । वैठककमार्फत प्रदेश सरकारलाई एमालेलले सार्वजनिक महत्वका क्षेत्रमा विभिन्न १८ बुँदे निर्णय गरेको अलपत्र अवस्थामा छाडिएको हु्लाकी राजमार्ग र रतुवा खोलाको पुल नि

    • प्रकाशित मितिः साउन ८, २०७९
    • ६६३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘संविधानको मर्म अनुरुप प्रदेश खारेज हुदैन’

    धरान । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले संघीयता खारेजको कुरा अनर्गल हल्ला भएको बताएका छन् । मंंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधानको मर्म अनुसार संघीयता भएको र संघीयताको विषयमा सबै दलको सहमति भएकोले यस्ता अनर्गल हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । उनले भने–‘संविधानको मर्म अनुरुप संघीयता कायम भएको हो,संविधान हामीले सहमतिमा बनाएका हौं, हामी सहमति भन्दा बाहिर जाँदैनौ ।’ उनले कसैलाई खारेज गर्नुपर्छ भन्ने लाग्दैमा खारेज नहुने बताए । उनले भने–‘हाम्रो संविधान संशोधनीय छ तर एउटाले

    • प्रकाशित मितिः साउन ४, २०७९
    • ८७४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको महालक्ष्मी नगरपालिकाको नगरसभाबाट महत्वपूर्ण निर्णय पारित: शिक्षकले राजनीतिक दलमा आबद्ध हुन नपाउने

    धरान । धनकुटाको महालक्ष्मी नगरपालिकाको नवौ नगरसभाले महत्वपूर्ण निर्णय गरेको छ । महालक्ष्मी नगरपालकाभित्र रहेका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले राजनीति गर्न नपाउने महत्वपूर्ण निर्णय गरेको हो । गत असार २० गते बसेकोे नवौ नगरसभाबाट पारित भएको थियो । पारित भएको निर्णय सोमबार नगरपालिकाभित्र रहेको सबै सामुदायिक विद्यालयमा पत्राचार गरेको छ । नगरप्रमुख धु्रवराज रायले विद्यालयका शिक्षकहरुले राजनीति गर्दा शिक्षाको गुणस्तर खस्केकोले यसलाई मध्यनजर गरी नगरसभाबाट शिक्षकलाई राजनीति गर्नबाट बञ्चित गराउन निर्णय गरिएको बताए । उनले भने–‘हामीले सबै विद्यालयलाई परिपत्र पठाइ सकेका छौं, नगरले गरेक

    • प्रकाशित मितिः साउन ४, २०७९
    • १,०६८ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मुलुकको लागि गठबन्धनको सरकार घातक’

    धरान । नेकपा एमालेका प्रभावशाली नेता एवम पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले गठबन्धन सरकार मुलुकको लागि घातक भएको बताएका छन् । नेम्बाङले सत्तामोहकै कारण गठबन्धन भएको बताउदै गठबन्धन सरकारले मुलुकको लागि उल्लेख्य काम केही नगरेको आरोप लगाए । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन प्रदेश १ को दोस्रो प्रदेश सम्मलेको उदघटन गर्न धरान आएका नेम्बाङले सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् । उनले भने नेपालको संविधानमा प्रतिपक्षसँग छलफल र सरसल्लाह नगरी केही गर्न नपाउने प्रावधान भएपनि एमालेलाई प्रतिपक्षको भूमिकामा गठबन्धनले नलिएको बताए । उनले भने–‘नेपालको संविधानले प्रमुख प्रतिपक्षीसँग कुनै पनि क

    • प्रकाशित मितिः साउन १, २०७९
    • ८७२ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश एकको नामकरण पेचिलो बन्दै: पहिचानको आधारमा नामाकरण नभए आन्दोलन गर्ने चेतावनी

    धरान l प्रदेश एकको नामाकरण पछिल्लो समय थप पेचिलो बन्दै गएको छ । मुख्य ठूला दलहरुले कोशी वा सप्तकोशी नामाकरण गर्ने विषयमा छलफल गरिरहँदा पहिचानवादीहरुले यसमा आपत्ति प्रकट गर्दै आन्दोलन गर्ने चेतावनी दिएका हुन् । प्रदेश सरकारको साढे चार बर्षको अवधिमा तीनवटा मुख्यमन्त्री फेरिए सके तर अब समय सकिन लाग्दा नेकपा एमाले तथा गठबन्धनका दलहरुले पहिचानको मुद्दालाई ओझेलमा पारेर प्रदेश एकको नामकरण गर्न लागेको भन्दै पहिचानवादीहरुले मंगलबार मुख्यमन्त्रीको कार्यालयमै पुगेर मुख्यमन्त्री राजेन्द्र राईलाई ज्ञापनपत्र बुझाउदै साउन ५ गते विराटनगरमा वृहत जनप्रदर्शन गर्ने जनाएका छन् । लिम्बुवान, किराँत संयुक्त संघर्ष

    • प्रकाशित मितिः असार २९, २०७९
    • ९०० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पार्टी फुटेको संघारमा बजारमा चलेको हल्ला

    धरान । जनता समाजवादी पार्टी नेपालका आम नेताकार्यकर्ता कुनै पनि हालतमा यतिवेला पार्टी फुटको पक्षमा छैनन् । बरु अहिले पार्टी भित्र देखिएको सबै प्रकारका वादविवादलाई अन्त्य गरेर आउदै गरेको स्थानीय निकायको चुनावमा भाग लिएर काङ्ग्रेस एमाले माओवादी जस्ता यथास्थितिवादी पार्टीलाई हराउदै सत्तामा पुगेर पार्टीले उठाएको मुल मुद्दा सङ्घियता,शुशासन, समृद्धि र समाजवाद सहित समुन्नत समाजवादको दिशानिर्देश गर्नुपर्ने दृढता लिएकाछ्न । पार्टी फुटको हल्ला, नेतृत्वमा एकाअर्का बीच सम्वादहिनताको अबस्थामा पार्टी प्रमुख अङ्ग १०ं१ राष्ट्रिय समितिले नेतृत्व संग प्रत्येक्ष भेट गरि ध्यानाकर्षण गराउदै पार्टी फुट्नु हुन्न भने

    • प्रकाशित मितिः असार २७, २०७९
    • ७१५ पटक पढिएको
    • "दलमर्दन कामी"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved