राजनीति

    Showing 1,361-1,370 of 1,922 items.
  • साम्पाङलाई पहिलो गाँसमै ढुङ्गा : उत्खनन् नगर्ने प्रस्ताव अस्वीकार्य

    धरान । स्वतन्त्र उम्मेदवारी दिएर धरान उपमहानगरपालिकाको नगर प्रमुखमा निर्वाचित मेयर हर्कराज राई साम्पाङले पहिलो कार्यपालिका बैठकमा अघि सारेका एजेण्डा सर्वसम्मत हुन सकेनन् । राजनीतिक दलविहीन अवस्थामा निर्वाचित साम्पाङलाई राजनीतिक दलबाट आएका प्रतिनिधिको बहुमतको अवस्थामा काम गर्न नसक्ने विश्लेषण र अनुमान भइरहेका बेला मेयर साम्पाङलाई पहिलो गाँसमै ढुङ्गा लागेको छ । मेयर साम्पाङले अघि सारेको स्थानीय नदीजन्य सामग्री उत्खनन् नगर्ने प्रस्तावमा अधिकांश कार्यपालिका सदस्यले विमत्ति जनाएका छन् । मेयर साम्पाङले कार्यसूचीको छैठौं नम्बर बुँदामा राखेको नदीजन्य सामग्री उत्खनन् नगर्ने र खोला दोहन नगर्ने निर्णय

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 2,258 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देश र नागरिकको काम गरेरै सात महिना बिताएँः मन्त्री आले

    काठमाण्डौं/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू पछिल्लो पटक मन्त्री भएको सात महिने कार्यकाल देश र नागरिकका हितमा काम गरेर बिताएको बताएका छन्। ‘मन्त्री पदमा रहँदा देश र नागरिकका लागि अहोरात्र खटिइ देशको हित हुने काम गरेको छु, मलाई लाग्छ मैले काम गर्ने क्रममा विगतमा कुनै गल्ती गरेको भए पनि त्यसलाई सच्याउने मौका अहिले पाएँ, अहिले जे जति गरेँ जनताका पक्षमा नै काम गरेँ।’ उनले आफूले पर्यटन मन्त्रालयअन्तर्गत राम्रा कामको थालनी गरेको जिकिर गर्दै अब आउने मन्त्रीलाई पनि यी राम्रा कामलाई निरन्तरता दिन आग्रहसमेत गरे। मन्त्री आलेले पशुपति धर्मशाला र नारायणहिटी दरब

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 596 पटक पढिएको
    • "रासस"
  • ‘गठबन्धनले काँग्रेसलाई घाटा’

    धरान । नेपाली कांग्रेस प्रदेश १ को संसदीय दलको नेता राजीव कोइरालाले गठबन्धनका कारण नेपाली काँग्रेसलाई घाटा भएको बताएका छन् । उनले नेपाली काँग्रेस धरान नगर समितिले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई एवम् शुभकामना कार्यक्रममा बोल्दै गठबन्धनका कारण नेपाली काँग्रेसले ठूलो घाटा व्यहोर्नुपरेको बताएका हुन् । उनले भने–‘धरान लगायत प्रदेश नं. १ मै गठबन्धनका कारण नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा ठूलो घाटा व्यहोर्नु परेको छ, यसको समीक्षा गरेर अगाडि बडढ्नुपर्ने आवश्यकता देखिएको छ । उनले सत्ता गढबन्धन दलले स्थानीय तहको निर्वाचनमा तालमेल गरेर निर्वाचन लडे पनि धरानमा बधाई एवम

    • प्रकाशित मितिः जेठ २३, २०७९
    • 734 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एमालेका नौ प्रतिशत मजदुर जनप्रतिनिधिमा निर्वाचित

    धरान । पार्टीले मातहतका भातृ संगठनका प्रतिनिधिहरुलाई राज्यका हरेक निकायमा जिम्मेवार वहन विधानमै उल्लेख गरेको छ । यसै क्रममा नेकपा एमालेको विधानमा निर्वाचित जनप्रतिनिधिमध्ये १० प्रतिशत मजदुर जनप्रतिनिधि हुनुपर्नै प्रावधान छ । तर धरानको हकममा भने ९ प्रतिनिधि मजदुरबाट निर्वाचित भएका छन् । एमाले सम्बद्ध मजदुरहरुको छाता संगठन अखिल नेपाल स्वतन्त्र मजदुर संगठन धरान नगरकमिटीले शनिवार नेपाल ट्रेड युयिनन (जिफन्ट) मा आवद्ध रहेर लामो समय काम गरेका र हाल नवनिर्वाचित जनप्रतिनिधिई सम्मान समेत गरेको छ । पार्टीले धरान उपमहानगरलिकाबाट जिफन्टमा कार्यरत चार जना वडाध्यक्ष र पाँच जना वडासस्याई सम्मान गरेको हो ।

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 976 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तरघातको आगो विराटनगरमा पनि सल्कियो :गठबन्धनको मत धेरै, वहुमत भने एमालेको

    धरान । प्रदेश नं. १ को १ मात्र महानगरपालिका विराटनगर महानगरपालिकाको कार्यपालिकामा गठबन्धनलाई ठूलो धक्का लागेको छ । गठबन्धनको वहुमत हुँदा हुँदै पनि गठबन्धनका मतदाताले अन्तरघात गरिदिँदा एमालेले कार्यपालिकामा वहुमत पाएको छ । शनिबार भएको कार्यपालिका चुनावमा काँग्रेस–जसपा गठबन्धनसँग ५० मत थियो भने एमालेले स्वतन्त्रसँग गठबन्धन गर्दा ४६ मत भएको एमाले र स्वतन्त्र उम्मेद्वार विजयी हुँदा गठबन्बन्धनका उम्मेद्वार पराजित भएका हुन् । मुख्य निर्वाचन अधिकृत भरत लम्सालका अनुसार कार्यपालिकामा अल्पसंख्यकतर्फ एमालेका दिपककुमार कर्ण ५२, स्वतन्त्र ओमप्रकाशकुमार साह ५५ र स्वतन्त्र सन्जिब साह ५२ मत ल्याएर विजय

    • प्रकाशित मितिः जेठ २२, २०७९
    • 1,465 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दोस्रो स्थानीय निर्वाचनमा लठ्ठीले चमत्कार गर्‍यो’

    धरान । भर्खरै सम्पन्न दोस्रो स्थानीय तहको निर्वाचनमा लौरौ चुनाव चिन्हले चमत्कार गरेको प्रदेश एकका सामाजिक मन्त्री राजन राईले बताएका छन् । प्रदेश खेलकुद विकास बोर्डले धनकुटाको भेडेटारमा आयोजना गरेको खेल प्रशिक्षा तथा क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले विशेष गरी काठमाण्डौ र धरानको लौरोको चर्चा अहिले देशभरि भएको बताए । उनले भने–‘ ठुला भनिएका राजनीतिक दललाई यसपालिको स्थानीय तहको निर्वाचनमा लौरोले नराम्ररी कुटेको छ्, यसको चर्चा मुलुकैभरि रहेको छ ।राईले धरान तथा काठमाण्डौमा स्वतन्त्र उम्मेद्वारले राम्रो मत ल्याएर विजय हासिल गरेको प्रसंगमा बोल्दै ठुला भनेर चिनिएका

    • प्रकाशित मितिः जेठ २०, २०७९
    • 767 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अन्तरघात गर्नेलाई कार्वाहीको सिफारिस

    धरान । वैसाख ३० गतेको स्थानीय निर्वाचनमा पार्टीकै कार्यकर्ताले अन्तर्घात गरेको भन्दै नेपाली काँगेसले कार्वाही अगाडि बढाएको छ । निर्वाचनमा पार्टीकै उमेद्वारलाई पार्टीकै कार्यकर्ताले अन्तर्गत गर्दा नराम्ररी पराजय भोग्नुपरेको निष्कर्ष निकाल्दै नेपाली काँग्रेसले अन्तर्घात गर्नेलाई कार्वाहीको तयारी थालेको हो । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्ने नेता, कार्यकर्ताहरुलाई कारवाही गर्ने निर्णय गरेको हो । पार्टीकातर्फबाट उम्मेदवार बनेकालाई असहयोग गरी अन्तरघात गर्ने नेता तथा कार्यकर्ताहरुलाई कारवाहीको सिफारिस गर्न थालिएको नेपाली कांग्रेसले जनाएको छ । झापाको गौरादहमा पार्टीले नराम्

    • प्रकाशित मितिः जेठ १९, २०७९
    • 1,123 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘दलहरुको गल्तिका कारण स्वतन्त्र उमेद्वार हाबी भए’

    धरान । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकोे संसदीय दलका नेता भीम आर्चायले दलहरुकै गल्तिका कारण यसपटकको स्थानीय निर्वाचनमा स्वतन्त्र उमेद्वार हावी भएको बताएका छन् । उनले दलहरुले पार्टीको संगठनको अवस्था बुझन नसक्नु, जनताको अपेक्षालाई पूरा गर्न नसक्दा स्थानीय तह चुनावमा स्वतन्त्र उम्मेदवार विजयी भएको र यसबारे गम्भीर समीक्षा गरेर दलहरु अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । प्रदेश १ प्रदेशसभाको बजेट अधिवेशनमा बोल्ने क्रममा नेता दलहरुप्रति जनताको अविश्वास पैदा हुनु र स्वतन्त्र उमेद्वारले निर्वाचन जित्नु लोकतन्त्रमाथिको प्रहार भएको बताउदै यसले लोकतन्त्र नै कमजोर बन्न सक्ने धारणा राखे । दलहरुले काम ग

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 953 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटामा एक सय एक्काइस उमेद्वारको जमानत जफत

    धरान । स्थानीय तहको निर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्दा धनकुटाका १ सय २१ जना उम्मेदवारको जमानत (धरौटी) जफत भएको छ । धनकुटा जिल्लामा रहेका ७ सय ८५ जना उम्मेदवार मध्ये १ सय २१ जनाको जमानत जफत भएको हो । नगरपालिका प्रमुखमा ८, उपप्रमुखमा ४ जना, गाउँपालिका अध्यक्षमा ११ जना, उपाध्यक्षमा ६, वडा अध्यक्षमा ५१ जना, महिला सदस्य १२ जना, दलित महिला सदस्य ५ जना र २४ जना खुला सदस्यको जमानत जफत भएको निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । जमानत जफत हुने नगरपालिका प्रमुखमा राप्रपाका ३ जना, स्वतन्त्रका ३ जना र मंगोल नेशनल अर्गनाइजेशन र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १÷१ जना रहेका छन् । नगरपालिका उ

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 935 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘मूलधारका पार्टीले देशका लागि केही गरेनन्’

    धरान । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशका मूलधार पार्टीले जनताका लागि केही नगरेको बताएका छन् । अध्यक्ष लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी धरान नगर समितिले धरान १४ मा आयोजित बधाई एवम् शुभकामना कार्यक्रममा सम्बोधन गर्दै मूलधारका राजनीतिक पार्टीहरुले जनतालाई झुक्याउन गोजीको रकम दिएजस्तै हामीले बृद्धबृद्धालाई भत्ता दियौ, यो ग¥यौ त्यो ग¥यौ भन्ने भ्रम फैल्याउने काम गरेको बताए । उनले त्यो सबै चुनावमा भोट तान्न गरेको प्रोपोगाण्डाबाहेक केही नभएको बताए । उनले एमालेले दिएको सामाजिक सुरक्षाको भत्ताको प्रसंग कोट्याउदै भत्ता हामीले दिएको भने पनि त्यो एमालेको गोजीबा

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved