प्रदर्शनीस्थल निर्माणका लागि मेयरद्वारा मन्त्रीको ध्यानाकर्षण

  • साउन ११, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरमा औद्योगिक तथा व्यापारिक प्रदर्शनीस्थल निर्माणका लागि संघीय मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

विराटनगर आएका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूलाई भेटेर मेयर कोइरालाले विराटनगरमा व्यापार मेला गर्न स्थान अभाव भएको सुनाए । उनले औद्योगिक तथा व्यापारिक मेला आयोजना गर्न प्रदर्शनीस्थलको अभाव रहेको बताए । जग्गाको व्यवस्थापन महानगरपालिकाले गर्नेसमेत उनको भनाइ थियो ।

‘मन्त्रीज्यू बजेट छुट्याएर मन्त्रिपरिषद्बाट निर्णय गराउनुहोस्, हामी जग्गा उपलब्ध गराउन तयार छौं,’ मेयर कोइरालाले भने, ‘प्रदर्शनीस्थलको अभावमा यहाँका उद्योगी व्यवसायीहरुले हरेक वर्ष जग्गा भाडामा लिएर मेला लगाउने गरेका छन् ।’ मेयर कोइरालाले नेपालको पहिलो उद्योग स्थापना भएको नगर भए पनि पछिल्लो समय विराटनगरको विकासमा संघीय सरकारले बेवास्ता गरेको गुनासोसमेत गरे । कोइरालाले कम्तिमा बजेट छुट्याएर काम सुरु गरे निर्माणको जिम्मा महानगरले लिने बताए । त्यस्तै मेयर कोइरालाले सुनसरीको अमडुवामा रहेको ६५० बिघा जग्गामा विशेष आर्थिक क्षेत्र (सेज) निर्माण गर्न आग्रह गरे । मन्त्री बडसँगको भेटमा मेयरसँगै नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापागाईंको समेत उपस्थिति रहेको थियो ।

शिवराज प्यानलको चुन ...

धरान । आगामी असार ३० गते हुने सुनसरी उद्योग वाणिज्य संघ ...

सुनाखरी एकेडेमीमा नव ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले कक् ...

बराहक्षेत्रबाट लागू ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बाट ...

महानगरद्वारा ५० प्रत ...

विराटनगर/ दलन बाली पकेट विकास कार्यक्रमअन्तर्गत वि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved