आइतबार प्रदेश १ को सभा रोचक बन्यो: 'नामाकरणको विषयमा सांसद घेराबन्दीमा पर्‍यो'

  • साउन ९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । पपछिल्लो समय प्रदेश १ को नामकरणको टुंगो लाग्न नसक्दा योे विषय झन पेचिलो बन्दै गएको । नामाकरणका विषयमा दलहरूबीच एकमत नहुँदा प्रदेशको नाम पेचिलो बन्दै हो । ७ प्रदेशमध्ये ६ प्रदेशले नाम र राजधानी पाएसँगै दबाबमा रहेको प्रदेश १ भने नाम के जुराउने भन्ने अझै अन्योलमै छ ।

प्रदेशसभाको कार्यकालको अवधि अब ४ महिना मात्र बाँकी छ । यो अवधिमा नै प्रदेश १ को नाम जुराउन यतिवेला प्रदेश १ का सांसद र सरकार कसरतमा जुटेका छन् भने पहिचानवादी विभिन्न संघसंस्था भने प्रदेश १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै सडक आन्दोलनमा छन् ।

तर आइतबार एक सांसदले प्रदेशको नामाकरणको विषयमा सांसदहरु घेराबन्दीमा परेको बताएका थिए ।

सभा चलिरहेकै समयमा नेकपा एमालेका सांसद सर्वध्वज साँवा सभामै ‘गुहार गुहार’ भनेर एकासी गर्जिएका थिए । प्रदेशसभाको शून्य समयमा उनले आफ्नो भनाइ राख्ने क्रममा ‘गुहार गुहार’ भन्दै शुरु गरेका थिए ।

उनको त्यो व्यवहारप्रति अन्य प्रदेश सांसदहरु आश्चर्यचकित भएका थिए । धेरै सांसदहरुले उनको त्यो क्रियाकलाप मर्यादाभन्दा बाहिर रहेको प्रतिक्रिया दिएका थिए ।

उनको अभिव्यक्तिमा बनावटी बढी देखिएको सांसदहरुले बताएका थिए । संसदमा सहभागी एक सांसदले भने ‘उहाँ बोल्दा मातृ भाषाले प्रभाव पारेको पनि थियो’‚ कति चाहिँ उहाँले बनावटी पनि गर्नुभएको हो । त्यही अभिव्यक्तिलाई सभ्य भएर पनि दिन सकिन्छ ।’

सांसद साँवाले भनेका थिए, ‘गुहार, गुहार, गुहार भन्न चाहन्छु किन कि अहिले १ नम्बर प्रदेशका हामी माननीयहरूलाई बलिको बोका पाठापाठी बनाउन आँटेको छ ।’ उनले कहिले मुख्यमन्त्री घेरामा पर्ने बताउँदै कहिले सभासद्हरू घरघरमा घेराबन्दीमा पर्ने गरेको बताए ।

उनले बाटोमा, चोकचोकमा पनि घेराबन्दी तोडेर छड्के लागेर बैठकमा आएको बताए । ‘अहिले हामी छड्के, छड्के परेर यहाँ आइपुगेका छौँ किन ?’‚ उनले प्रश्न गर्दै भने, ‘किन भन्दा प्रदेशको नामकरणलाई लिएर अहिले सडकमा आन्दोलन भइरहेका छन् । त्यसो हुनाले योबाट खतरा भयो हामीलाई बचाउनु पर्‍यो ।’

उनले प्रदेशको नाम कोशी राख्नुस् भन्ने धम्की आउने गरेको छ, अर्को चुनावमा आदिवासी शून्य बनाउने धम्की र अर्को समूहले किरात लिम्बुवान नराख्दा अर्को चुनावमा कोशीमा बगाउने खालका धम्कीको घेराबन्दीमा पर्ने सम्भावना देखिएको बताए ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved