‘मुलुकको लागि गठबन्धनको सरकार घातक’

  • साउन १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । नेकपा एमालेका प्रभावशाली नेता एवम पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले गठबन्धन सरकार मुलुकको लागि घातक भएको बताएका छन् ।

नेम्बाङले सत्तामोहकै कारण गठबन्धन भएको बताउदै गठबन्धन सरकारले मुलुकको लागि उल्लेख्य काम केही नगरेको आरोप लगाए ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन प्रदेश १ को दोस्रो प्रदेश सम्मलेको उदघटन गर्न धरान आएका नेम्बाङले सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।

उनले भने नेपालको संविधानमा प्रतिपक्षसँग छलफल र सरसल्लाह नगरी केही गर्न नपाउने प्रावधान भएपनि एमालेलाई प्रतिपक्षको भूमिकामा गठबन्धनले नलिएको बताए । उनले भने–‘नेपालको संविधानले प्रमुख प्रतिपक्षीसँग कुनै पनि कुराको सल्लाह नगरीकन एउटा सिन्को पनि भाँच्न मिल्दैन । हामीले संसदीय प्रणालीलाई आफ्नो राज्यको प्रणालीको रुपमा अपनाएका छौ ।’

उनले नेकपा एमाले प्रमुख प्रतिपक्षी दल भएकोले गठबन्धन सरकारले यसबारेमा बुझ्नुपर्ने बताए । अहिलेको पाँच दलीय गठबन्धन दूषित गठबन्धन भएको बताउँदै नेम्बाङले प्रमुख प्रतिपक्षीलाई घेराबन्दी गरेर अगाडी बढेको आरोप लगाए । उनले भने–‘यो सरकार दूषित बन्दै गएको छ प्रतिपक्ष दललाईू घेराबन्दी गर्ने काम यो सरकारले गरेको छ ।’

घेराबन्दीमा राखे पनि २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमाले लोकप्रिय दल भएको सावित भएको ठोकुवा गरे । उनले भने–‘कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेको भूमिका ठूलो छ, जति घेराबन्दी गरेपनि एमालेको शाख गिराउन गठबन्धनले सक्दैन ।’

केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको सभा हलमा भइरहेको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन प्रदेश १ को दोस्रो प्रदेश सम्मेलनले नया कार्यसमिति समेच तयन ग र्ने जनाइएको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved