धरान । नेकपा एमालेका प्रभावशाली नेता एवम पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले गठबन्धन सरकार मुलुकको लागि घातक भएको बताएका छन् ।
नेम्बाङले सत्तामोहकै कारण गठबन्धन भएको बताउदै गठबन्धन सरकारले मुलुकको लागि उल्लेख्य काम केही नगरेको आरोप लगाए ।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन प्रदेश १ को दोस्रो प्रदेश सम्मलेको उदघटन गर्न धरान आएका नेम्बाङले सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले भने नेपालको संविधानमा प्रतिपक्षसँग छलफल र सरसल्लाह नगरी केही गर्न नपाउने प्रावधान भएपनि एमालेलाई प्रतिपक्षको भूमिकामा गठबन्धनले नलिएको बताए । उनले भने–‘नेपालको संविधानले प्रमुख प्रतिपक्षीसँग कुनै पनि कुराको सल्लाह नगरीकन एउटा सिन्को पनि भाँच्न मिल्दैन । हामीले संसदीय प्रणालीलाई आफ्नो राज्यको प्रणालीको रुपमा अपनाएका छौ ।’
उनले नेकपा एमाले प्रमुख प्रतिपक्षी दल भएकोले गठबन्धन सरकारले यसबारेमा बुझ्नुपर्ने बताए । अहिलेको पाँच दलीय गठबन्धन दूषित गठबन्धन भएको बताउँदै नेम्बाङले प्रमुख प्रतिपक्षीलाई घेराबन्दी गरेर अगाडी बढेको आरोप लगाए । उनले भने–‘यो सरकार दूषित बन्दै गएको छ प्रतिपक्ष दललाईू घेराबन्दी गर्ने काम यो सरकारले गरेको छ ।’
घेराबन्दीमा राखे पनि २०७९ को स्थानीय निर्वाचनमा नेकपा एमाले लोकप्रिय दल भएको सावित भएको ठोकुवा गरे । उनले भने–‘कम्युनिस्ट आन्दोलनमा नेकपा एमालेको भूमिका ठूलो छ, जति घेराबन्दी गरेपनि एमालेको शाख गिराउन गठबन्धनले सक्दैन ।’
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारको सभा हलमा भइरहेको नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन प्रदेश १ को दोस्रो प्रदेश सम्मेलनले नया कार्यसमिति समेच तयन ग र्ने जनाइएको छ ।