राजनीति

    Showing 1,351-1,360 of 1,922 items.
  • “काँग्रेसले साथ दिए आधा घण्टामै प्रदेशको नामाकरण हुन्छ”

    धरान । प्रदेश नं. १ पूर्व मुख्यमन्त्री शेरधन राईले काँग्रेसले साथ दिए आधा घण्टा भित्र प्रदेशको नामाकरण गर्न सकिने बताएका छन् । बिहिबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वमुख्यमन्त्री राईले काँग्रेसले साथ दिए आधा घण्टामा प्रदेशको नाम राख्न सकिने बताएका हुन् । राईले आफ्नै कार्यकालमा प्रदेशको नामकरण गर्न नसकेकोमा दुःख व्यक्त गर्दै भने, ‘नामको विषयमा एमालेमा कुनै समस्या छैन, हामी आधा घण्टामा टुंग्याउन सक्छौं,’ उनले भने, ‘नेपाली काँग्रेस लगायतका दलहरूसँग सम्वाद चलिरहेको छ र हामी केही दिनभित्र ठोस साझा प्रस्ताव गरेर प्रक्रियामा हामी सहभागी हुन्छौं ।’ सञ्चारकर्

    • प्रकाशित मितिः असार ३, २०७९
    • 737 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिसस मोरङमा एमालेको प्यानलै विजयी

    धरान । जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका तर्फबाट जिसस प्रमुखका उम्मेद्वार अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन् । प्रमुखमा निर्वाचित भएका राईले २१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका जीतेन्द्र अग्रवालले १३ मत प्राप्त गरे । त्यस्तै उप प्रमुखमा झाले २१ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्दी निलम कुमारी सरदारले १३ मत प्राप्त गरेकी थिइन् । यस्तै महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । नेपालीले भने २३ मत पाउँदा थारु र विश्वकर्माले समान २१÷२१ मत ल्याएका छन् । य

    • प्रकाशित मितिः जेठ ३१, २०७९
    • 914 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाममा तोडियो सत्ता गठबन्धन: जिसस प्रमुखमा राई र वैद्यको उमेद्वारी

    धरान । जिल्ला समन्वय समिति इलाममा एमाले र नेकपा (एस)ले तालमेल गरी उम्मेदवारी मनोनयन दर्ता गराएका छन् भने काङ्ग्रेसले एक्लै मनोनयन गरेको छ । एमाले र नेकपा (एस)को गठबन्धनमा एमालेले प्रमुखसहित ६ पदमा र नेकपा (एस)ले उपप्रमुख तथा २ सदस्यमा उम्मेदवारी दिएको छ भने काङ्ग्रेसले ९ मध्ये ७ पदमा मात्र उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिसस प्रमुखमा एमालेका जयप्रकाश राई उम्मेदवार बनेका छन् । उपप्रमुखमा नेकपा (एस)की चित्रकला बराइली उम्मेदवार छिन् । माङ्सेबुङ गाउँपालिकाको उपाध्यक्ष जितेको जनता समाजवादी पार्टीले चाहिँ जिससको कुनै पनि पदमा उम्मेदवारी दिएन । महिला सदस्यमा एमालेबाट

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 884 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नीति तथा कार्यक्रम बहुमतले पारित: असार एकमा प्रदेश सभा बैठकमा बजेट पेश हुँदै

    धरान । प्रदेश सरकारले आर्थिक बर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पास गरेको छ । बहुमतले पास गरिएको बजेट असार १ गते प्रदेशसभा वैठकमा पेश हुनेछ । आइतबार बसेको प्रदेशसभा बैठकले कार्यक्रम पारित गरेसँगैे प्रदेशसभा वैठकमा पेश हुने भएको हो । सभामुख प्रदिप कुमार भण्डारीले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममाथि एमालेका सांसदहरु हिक्मतकुमार कार्की, जीवन घिमिरे, बुद्धिकुमार राजभण्डारी, रामबहादुर मगर र लीलाबल्लभ अधिकारीले संशोधन गर्ने प्रस्ताव राखेका थिए । सासंदहरुले ती प्रस्ताव फिर्ता लिएनन् । तर, ती प्रस्तावहरू बहुमतले अस्वीकृत भएका थिए । बैठकमा मुख्यमन्त्

    • प्रकाशित मितिः जेठ ३०, २०७९
    • 896 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन: ओली

    मोरङ/ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे। अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताए। उनले मुलुकमा एमालेमात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरू वामपन्थी नभएको आरोप लगाए। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 915 पटक पढिएको
    • "रासस"
  • जिसस संखुवासभामा गठबन्धनको प्यानलनै विजयी

    धरान । संखुवासभाकोे जिल्ला समन्वय समिति (जिसस) को प्रमुखसहित सबै पदमा गठबन्धन प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति संखुवासभाको नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो । निर्वाचनमा प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा वविता खत्री सहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन् । जिसस संखुवासभाको प्रमुखमा गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीका सुमन शाक्य निर्विरोध विजयी भएका छन । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवार खारेज भएपछि समाजवादीका शाक्य र्निविरोध निर्वाचित भएका हुन् । शाक्य दोस्रो कार्यकालका लागि प्रमुख पदमा विजयी भएक

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 781 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जिल्ला समन्वय समिति मोरङमा एमालेको एकल बहुमत: एमालेले टुंग्यायो उमेद्वार

    धरान । जिल्ला समन्वय समिति मोरङमा नेकपा (एमाले)को एकल नेतृत्व हुने भएको छ । नेकपा एमालेले उमेद्वारको टुंगो लगाएसँगै एमालेको एकल नेतृत्वको सम्भावना बढेर गएको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट ९ जना प्रमुख÷अध्यक्ष र १२ जना उपप्रमुख÷उपाध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै, नेपाली कांग्रेसले ८ वटा स्थानीय तहको प्रमुख÷अध्यक्ष, चारवटा पालिकामा उपप्रमुख÷उपाध्यक्ष, र माओवादी केन्द्रले एउटा पालिका उपाध्यक्ष जितेको छ । जिल्ला समन्वय समितिको निर्वाचनमा प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्षले मात्रै मतदान गर्न पाउँछन् । १७ वटा पालिका रहेको मोरङ

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 880 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न: बैठक सञ्चालन कार्यविधि, २०७९ स्वीकृत

    धरान । प्रदेश नं १ को मंगलबार बसेको प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो । नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद्९बैठक सञ्चालन० कार्यविधि, २०७५ खारेज भएको छ । गत बैशाख ३० सम्पन्न स्थानीय तहको निर्वाचनपछि पहिलो पटक प्रदेश समन्वय परिषद्को बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको हो । नियमित बैठकका रुपमा यो चौथो बैठक हो । प्रदेशमा मुख्यमन्त्र

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 767 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दिक्तेलका मेयरद्वारा सम्पत्ति विवरण सार्वजनिक

    धरान । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले आफ्नो सम्पत्ति विवरण सार्वजकि गरेका छन् । उनले पत्रकार सम्मेलनको अयोजना गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्मेलनमा बोल्दै उनले आफू राजनीतिमा सेवाभावले आएको भन्दै जनताको जानकारीका लागि सम्पत्ति विवरण सार्वजनिक गरेको बताएका हुन् । आफू मेयरका रुपमा ‘साहब’ नभइ ‘सेवक’ भएर काम गर्ने प्रतिब्द्धदता समेत उनले व्यक्त गरेका हुन् । आफ्नो कामलाई नियमित रुपमा खबरदारी गर्न समेत आग्रह गरेका छन् । सार्वजनिक गरिएको सम्पत्ति विवरणमा पैतृक सम्पत्तिबाहेक श्रीमतीको बैंक खातामा ८० हजार नगद रहेको उल्ले

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 632 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देशको अर्थतन्त्र उकास्न मारवाडी युवाको जनप्रतिनिधिलाई आग्रह

    धरान । नेपाल वामपन्थी युवा संगठन मोरङले देशको अर्थतन्त्र डावाडोल बन्दै गएको बताएका छन् । संगठनले मोरङको विराटनगर महानगरपालिकाबाट एमालेको तर्फबाटक निर्वाचित जनप्रतिनिधिहरुलाई मुलुकको अर्थतन्त्र दिनहुँ ओरालो लागेको बताउदै यसतर्फ ध्यान दिन आग्रह गरेका हुन् । सो अवसरमा बोल्दै संंगठनका अध्यक्ष अरुण राठीले देशको अर्थतन्त्रलाई सवलीकरण गर्दै एमालेले लिएको समृद्ध नेपाल सुखी नेपालीको दिशाामा अघि बढाउन आग्रह गरे । उनले भने–‘देशको अर्थतन्त्रलाई उकास्नका लागि युवा लक्षित कार्यक्रमलाई अगाडि बढाउने नीति अगाडि बढाउन सक्नुपर्छ, यसतर्फ जननिर्वाचितहरुले प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्छ ।’

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved