जिसस संखुवासभामा गठबन्धनको प्यानलनै विजयी

  • जेठ २७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । संखुवासभाकोे जिल्ला समन्वय समिति (जिसस) को प्रमुखसहित सबै पदमा गठबन्धन प्यानल नै विजयी भएको छ । जिल्ला समन्वय समिति संखुवासभाको नयाँ नेतृत्वका लागि मंगलबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुखसहित सबै सदस्य पदमा गठबन्धन विजयी भएको हो ।

निर्वाचनमा प्रमुखमा सुमन शाक्य र उपप्रमुखमा वविता खत्री सहित गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

जिसस संखुवासभाको प्रमुखमा गठबन्धन तर्फबाट नेकपा एकिकृत समाजवादीका सुमन शाक्य निर्विरोध विजयी भएका छन । स्वतन्त्र उम्मेदवार राजेन्द्र घलेको उम्मेदवार खारेज भएपछि समाजवादीका शाक्य र्निविरोध निर्वाचित भएका हुन् । शाक्य दोस्रो कार्यकालका लागि प्रमुख पदमा विजयी भएका हुन् ।

प्रमुख पदमा नेकपा(एमाले)ले कांग्रेसबाट चिचिला गाउँपालिकाको कार्यपालिका सदस्यमा विजयी राजेन्द्र घलेलाई स्वतन्त्र उम्मेवार उठाएको थियो । स्थानीय तह निर्देशिका २०७८ को दफा ४५(५) बमोजिम स्वीकृत गर्न नमिल्ने भएको भन्दै घलेको उम्मेदवारी निर्देशिकाको दफा ४५(३) बमोजिम खारेज गरेपछि शाक्य निर्विरोध निर्वाचित भएका हुन् ।

स्वतन्त्र उम्मेदवार घलेको स्थानीय तह निर्वाचन निर्देशिकाको दफा ४५ (३) बमोजिम खारेज गरिएको मुख्य निर्वाचन अधिकृत शान्ति प्रसाद आचार्यले जानकारी दिए । जिल्ला समन्वय समिति निर्देशिका, २०७८ को दफा १६(२) ले राजनीतिक दलको तर्फबाट उम्मेदवार भइ गाउँसभा वा नगरसभाको कुनै पदमा निर्वाचित भएको सदस्य सोही दलको तर्फबाट मात्र जिल्ला समन्वय समिति प्रमुख,उपप्रमुख वा सदस्य हुने कानुनी व्यवस्था छ ।

उपप्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसकी बबिता खत्री ११ मत ल्याएर विजयी भएकी छन् । खत्रीले नेकपा एमालेकी रेनुका माया गुरुङलाई ३ मतले पराजित गर्दै विजयी भएकी हुन् ।

एमालेकी गुरुङले ८ मत मात्र प्राप्त गरेकी छन् । जिससको खुल्ला सदस्यमा माओवादी केन्द्रका मणिराज खत्री, नेपाली काँग्रेसका छेदर भोट र मनोज कुमार थायुम निर्वाचित भएका छन् । उनीहरु एमालेका छत्रकुमार राई, टिकाराम कुमाल र दिनेश कुमार श्रेष्ठलाई पराजित गर्दै विजयी भएका हुन् । महिला तीन सदस्यमा माओवादी केन्द्रकी अरिता राई, शान्ति देवि राई र कांग्रेसकी भत्तीमाया गुरुङ विजयी भएका छन् ।

उनीहरू एमालेका अमृता विश्वकर्मा, भुमादेवी पाण्डे र माया देवि दर्जीलाई पराजित गर्दै विजयी भएका हुन् । दलित वा अल्पसंख्यक सदस्यतर्फ कांग्रेसकै देउमान राई विजयी भएका छन् । राई र्निविरोध निर्वाचित भएका हुन् । जिल्ला समन्वय समितिको पदाधिकारी तथा सदस्यहरु जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गरेर चयन गर्ने प्रावधान छ ।

१० वटा स्थानीय तह रहेको यस जिल्लामा नेपाली कांग्रेस ९, एमाले ८, एकीकृत समाजवादी २ र माओवादी केन्द्रसँग एक मत रहेको थियो । गठबन्धन सँग १२ र एमालेसँग ८ मत रहेको थियो । स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र जिल्ला समन्वय समितिको गठन गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मंगलबार निर्वाचन सम्पन्न भएको हो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved