धरान । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराईले आफ्नो सम्पत्ति विवरण सार्वजकि गरेका छन् ।
उनले पत्रकार सम्मेलनको अयोजना गर्दै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सम्मेलनमा बोल्दै उनले आफू राजनीतिमा सेवाभावले आएको भन्दै जनताको जानकारीका लागि सम्पत्ति विवरण सार्वजनिक गरेको बताएका हुन् । आफू मेयरका रुपमा ‘साहब’ नभइ ‘सेवक’ भएर काम गर्ने प्रतिब्द्धदता समेत उनले व्यक्त गरेका हुन् । आफ्नो कामलाई नियमित रुपमा खबरदारी गर्न समेत आग्रह गरेका छन् ।
सार्वजनिक गरिएको सम्पत्ति विवरणमा पैतृक सम्पत्तिबाहेक श्रीमतीको बैंक खातामा ८० हजार नगद रहेको उल्लेख गरिएको छ भने भट्टराईको नममा दिक्तेलमा थुक्पा उद्योग र काठमाडौंमा अपसेट प्रेस रहेको विवरण सार्वजनिक गरिएको छ । उनले व्यवसाय सञ्चालनका क्रममा साढे ७ लाख रुपैयाँ ऋणमा रहेको समेत खुलाएका छन् । उनि कांग्रेसबाट निर्वाचित हुन् ।