प्रदेश समन्वय परिषद्को बैठक सम्पन्न: बैठक सञ्चालन कार्यविधि, २०७९ स्वीकृत

  • जेठ २५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । प्रदेश नं १ को मंगलबार बसेको प्रदेश समन्वय परिषद् बैठकले ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ । प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो ।

नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद्९बैठक सञ्चालन० कार्यविधि, २०७५ खारेज भएको छ । गत बैशाख ३० सम्पन्न स्थानीय तहको निर्वाचनपछि पहिलो पटक प्रदेश समन्वय परिषद्को बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको हो । नियमित बैठकका रुपमा यो चौथो बैठक हो । प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानूनी व्यवस्था छ । परिषद्मा हरेक जिल्लाबाट एक जना हुनेगरी स्थानीय तहका प्रमुख वा उपप्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुखमध्येबाट कम्तिमा एक तिहाइ महिलाको प्रतिनिधित्व सहित १४ जना सदस्य मुख्यमन्त्रीले मनोनित गर्ने कानूनी प्रबन्ध छ । परिषद्मा प्रदेशस्थित आर्थिक मामिला तथा योजना र आन्तरिक मामिला तथा कानून मन्त्री पदेन सदस्य रहने प्रावधान छ ।20220607_105546

प्रदेश समन्वय परिषद्मा विराटनगर महानगरपालिका, मोरङका प्रमुख नागेश कोइराला, सूर्योदय नगरपालिका, इलामका प्रमुख रनबहादुर राई, ऐसेंलुखर्क गाउँपालिका, खोटाङका अध्यक्ष गिरेन्द्रबहादुर राई, साल्पासिलिछो गाउँपालिका, भोजपुरका अध्यक्ष दौलथकुमार कलुङ राई, खिजिदेम्बा गाउँपालिका, ओखलढुंगााका अध्यक्ष गम्बु शेर्पा, उदयपुर गढी गाउँपालिका, उदयपुरका अध्यक्ष मानबहादुर केप्छाकी मगर, इटहरी उपमहानगरपालिका, सुनसरीकी उपप्रमुख संगीताकुमारी चौधरी, छथर जोरपाटी गाउँपालिका, धनकुटाकी उपाध्यक्ष गीता गुरुङ, फाल्गुनन्द गाउँपालिका, पाँचथरका उपाध्यक्ष सविता राई र मेरिङदेन गाउँपालिका, ताप्लेजुङका उपाध्यक्ष दुर्गाप्राद श्रेङचङवाङ सदस्य मनोनित भएका छन् ।

बैठकमा प्रदेश समन्वय परिषद्का अध्यक्ष मुख्यमन्त्री राजेन्द्रकुमार राईले नयाँ मनोनित सदस्यहरूलाई बधाई तथा शुभकामना दिए । बैठकमा समन्वय परिषद्का सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० मा प्रस्तुत हुने नीति तथा कार्यक्रमका सम्बन्धमा पनि आफ्नो राय सुझाव दिएका थिए । बैठकमा परिषद्को पदेन सदस्यको रुपमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहदुर आङ्बो, आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीसहित दुवै मन्त्रालयका सचिव, प्रदेश नं। १ का प्रमुख सचिव डा। रामप्रसाद घिमिरेको सहभागिता थियो ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved