राजनीति

    Showing 1,341-1,350 of 1,922 items.
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन: व्यावसायिक सुरक्षा प्राथमिकतामा

    धरान । गाउँघरमा असार लागेको छ । शहरबजारका व्यापारीलाई पनि ‘चुनाउ’ले उसैगरी असार लगाएको छ । धरानभित्रै पर्ने गाउँ ‘पानबारी’ धान उत्पादनको उर्वरभूमि हो । असारले छपक्कै छोपेका बेला, मध्ये असारमा शहरबाट ‘चुनाउ’ लिएर उद्योगी व्यवसायी गाउँ पसेका छन् । पानबारीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएकी झुमा राई भोट माग्न आउनेसँग आग्रह गर्दै छिन्, ‘जितिसके पछि त हाम्रो समस्या पनि हेर्दिनु पर्‍यो है ।’ सुनसरी उद्योग वाणिज्य संघको असार २० मा हुने निर्वाचनमा अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठ प्रतिबद्धता पूरा गर्ने आश्वासन दिइरहेका छन् । उत्तिसारो उत्साहजनक न

    • प्रकाशित मितिः असार १६, २०७९
    • 1,196 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • उद्योग वाणिज्य संघमा निर्वाचनको सरगर्मी बढ्यो : अध्यक्षमै तीनजनाको उम्मेद्वारी, चारजना सदस्य निर्विरोध

    धरान । सुनसरीका उद्योगी, व्यवसायीहरुको छाता संगठन सुनसरी उद्योग वाणिज्य संघको निर्वाचनलाई व्यापारी व्यवसायीहरुले महत्वका साथ हेर्ने गरेका छन् । यो निर्वाचिनलाई व्यवसायीहरुले स्थानीय निर्वाचन जत्तिकै महत्वका साथ हेर्ने गर्छन् । व्यापारी व्यवासायीको हक अधिकार तथा व्यवसायिक सुनिश्चता प्रदान गर्ने नेतृत्व छान्ने भएकोले पनि यो निर्वाचनलाई सुनसरीका उद्योगी, व्यवसायीहरुले महत्वपूर्ण रुपमा हेर्ने गरेका हुन् । उद्योगी, व्यवसायीहरुको हकहित र व्यवसायिक सुरक्षाको दायित्व बोकेको कारण उनीहरुले यो निर्वाचनलाई महत्वका साथ हेर्ने गरेका हुन् । उद्योगी व्यवसायीहरुको अधिकार संरक्षणका लागि वि.सं. २०१९ सालमा तत्

    • प्रकाशित मितिः असार १३, २०७९
    • 996 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको आ.व. ०७९/८० को नीति तथा कार्यक्रम पारित: असार २३ मा नगरसभा

    धरान । धरान उपमहानगरपालिकामा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले ११ औ नगरसभाबाट नीति तथा कार्यक्रम पास गरेका छन् । बजेट भने नगरसभामा प्रस्तुत गरिएको छ । आगामी नगरसभाले बजेट पास गर्ने बताइएको छ । शुक्रबार सुनसरी उद्योग वाणिज्य संघको हलमा ११ औं नगरसभामा उपप्रमुख अइन्द्रबिक्रम बेघाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो । नीति तथा कार्यक्रममा धरानको धार्मिक, साँस्कृकृतिक, वहुभाषिक, शिक्षा, पर्यटन लगायतलाई समेटिएको छ । धरान उपनगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा धरानको बहुसाँस्कृतिक, बहुजातीय, बहुभाषिक संग्राहलयको रुपमा विकास गर्न पुर्वा

    • प्रकाशित मितिः असार १२, २०७९
    • 881 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेपालमा वैकल्पिक शक्तिको रुपमा नेपाल संघीय समाजवादी पार्टी

    धरान । नेपालमा वैपल्किक शक्तिको रुपमा नेपाल संघीय समाजवादी पार्टीको उदय भएको पार्टीका केन्द्री अध्यक्ष रिजवान अन्सारीले बताएका छन् । विहीबार धरान २ देसिलाइनस्थित होटल नव युगको सभाहलमा आयोजित पार्टीको एक नं. प्रदेश समितिको घोषणासभामा बोल्दै पुर्व गृह राज्य मन्त्री समेत रहेका अन्सारीले देशमा अन्य दलबाट नेपाली जनताको चाहना पूरा हुन नसकेको बताउदै त्यसको विकल्पमा यो पार्टी विकल्पको रुपमा अगाडि आएको बताए । उनले भने– ‘वैकल्पिक शक्तिको रुपमा पार्टी आएको छ, देश र जनताको विकासमा पार्टी गम्भीर भएर लाग्छ ।’ कार्यक्रममा दिनेश राइको अध्यक्षतामा ५१ सदस्यीय १.प्रदेश समिति घोषणा गरेको छ । ज

    • प्रकाशित मितिः असार १०, २०७९
    • 900 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • जिसस उदयपुरमा गठबन्धनका उमेद्वार विजयी

    धरान । उदयपुरको जिल्ला समन्वय समिति प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर विश्वकर्मा र उपप्रमुखमा नेपाली काँग्रेसका तेजप्रसाद गिरी निर्वाचित भएका हुन् । कुल १६ मतदातामध्ये ११ मत प्राप्त गरेर विश्वकर्मा विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी एमालेका इन्द्रराज कार्कीले पाँच मतमात्र पाए । आठ स्थानीय तह रहेको गठबन्धनतर्फ काँग्रेसका सात, माओवादीका तीन र एकीकृत समाजवादीका एक मतदाता थिए । एमालेका पाँच मतदाता थिए । जिल्ला समन्वय समितिका सातजना सदस्यमा गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन् । महिला सदस्यमा माओवादी केन्द्रकी गोमा कार्की, बिन्दाकुम

    • प्रकाशित मितिः असार १०, २०७९
    • 819 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानको कार्यपालिका बैठक अवरुद्ध

    धरान । धरान उपमहानगरपालिकाको कार्यपालिकाको वैठकमा विनियोजन बजेटमाथि कार्यपालिकाका सदस्यसहित वडाध्यक्षबीच मतान्तर भएपछि विहीबार भएको वैठक केही बेर अवरुद्ध भएको थियो । विनियोजित बेजेटमा मेयर र उपमेयर कोष बनाएर नीतिगत भ्रष्टाचार गर्न खोजेको आरोप वडाध्यक्ष तथा कार्यपालिकाले लगाएपछि असन्तुष्ट बन्दै केही बेर वैठक अवरुद्ध पारेका थिए । बजेट विनियोजनको छलफल अवरुद्ध भए पछि विहीबार बस्ने नगरसभा समेत प्रभावित भएको थियो । बैठकमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले बिनियोजन विधेयक प्रस्ताब गरेका थिए । बिधेयकमा मेयर कोषको लागि १ करोड २० लाख र उपमेयर कोषमा ८० लाख रुपैयाको कोष बनाउने प्रस्ताब आए

    • प्रकाशित मितिः असार १०, २०७९
    • 968 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाको विकासका लागि कांग्रेसले बुझायो योजनाका सूचि

    धरान । नेपाली कांग्रेस १५ नं कार्य समितिले वडाको विकास योजनाको सूुचि बुझाएका छन् । बुधबार उनीहरुले १५ नं. वडा समितिको कार्यलयमै पुगेर आर्थिक बर्ष २०७९÷८० को बजेटको विनियोजनमा जनप्रतिनिधिलाई वडाको विकास योजनाको सुचि बुझाएको बुथका सचिब राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । सूचिमा वडाका समग्र विकासका साथै निर्माणाधीन बाटो पूरा गर्ने ,नयाँ बाटाहरुको मर्मत कार्य, ड्रेन निर्माण , स्कुलमा खानेपानीहरुको निर्माण र सेउती खोलामा तटबन्ध लगाउने कार्य लगायत अन्य कार्यहरु समेटिएको सचिव श्रेष्ठले बताएका छन । योजना कार्यहरुको सुचि वडा अध्यक्ष नरेश कुमार इवरामले बुझदै सुचिमा समेटिएका ३२ बुदा योजनाहर

    • प्रकाशित मितिः असार ९, २०७९
    • 750 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै: अध्यक्षमा पाँच जनाको नाम चर्चामा

    धरान । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएको छ । असाढ २० गते हुने संघको निर्वाचनमा अध्यक्ष तथा सदस्यमा उमेद्वारी दिने आकांक्षीहरु बढ्दै गएका छन् । संघको निर्वाचनका लागि यसपटक अध्यक्षमा पाच जनाको नाम चर्चामा आएको छ । उमेद्वारी दर्ता गर्ने समय रहे पनि संघको नेतृत्व सम्हाल्न पाच जना इच्छुक देखिएका छन् । एक जना अध्यक्ष बाकी सबै सदस्यकालागि मतदान हुने संघमा वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष पवन अग्रवाल, श्याम सोनी, उपेन्द्र चाम्लिङ र विजय श्रेष्ठको नाम अगाडि देखिएको छ । जो प्रतिष्पर्धी भएपनि निर्वाचित अध्यक्ष व्यपारी, व्यवसायी तथा उद्योगीको हितमा काम गर्ने खालेको

    • प्रकाशित मितिः असार ९, २०७९
    • 1,316 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेश सहयोग कार्यक्रमलाई निरन्तरता दिइने’

    धरान । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेश र स्थानीय तहलाई बलियो बनाउने मनसायका साथ स्वीट्जरल्याण्ड सरकारले गरेको सहयोग सकारात्मक भएको उल्लेख गरेका छन् । स्वीस सरकारको सहयोगमा सञ्चालित प्रदेश सहयोग कार्यक्रम निर्देशक समितिको दोस्रो बैठकलाई सोमबार सम्बोधन गर्दैै मुख्यमन्त्री राईले संघीय प्रणालीमाथि नै प्रश्न उठेका बेला स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त सहयोग स्थानीय सरकारको सबलीकरणमा खर्च हुनु राम्रो भएको बताए ।  उनले संघीय प्रणालीलाई बलियो बनाउने गरी स्वीस सरकारको सहयोग कार्यक्रम केन्द्रित भएकाले यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताऐ । मुख्यमन्त्री राईले प्रदेश

    • प्रकाशित मितिः असार ७, २०७९
    • 845 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इलाम जिल्ला समन्वयमा एमाले र एसको तालमेल: जिसस प्रमुखमा एमालेका राई, उपप्रमुखमा नेकपा (एस) की बराइली

    धरान । जिल्ला समन्वय समिति इलाममा नेकपा एमालेका जयप्रकाश राई विजयी बनेका छन । उनले नेपाली कांग्रेसका विमल वैद्यलाई हराउँदै विजयी वनेका हुन । उपप्रमुखमा नेकपा (एस)की चित्रकला बराइली निर्वाचित भएकी छिन । उनले केंग्रेसकी कमला अधिकारी बराललाई हराउँदै विजयी वनेकी हुन । त्यस्तै सदस्यहरुमा एमालेका प्रेम राज गुरूङ, शेर बहादुर खालिङ, राम प्रसाद लिम्बु, सिता कार्की र मिना कुमारी राई निर्वाचीत भएका छन भने नेकपा (एस) का तृष्णा लोहार र सपना देवि राई शेर्पा निर्वाचित भएका हुन । प्रमुखमा एमालेका राईको १२ मत आउँदा उपप्रमुखमा एसकी बराईलीको १३ मत आएको थियो भने कांग्रेसका वैद्यको ८ र अधिकारीको ७ मत आएको थि

    • प्रकाशित मितिः असार ५, २०७९
    • 749 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved