लोसपा र एमाले बिच आगामी निर्वाचनमा तालमेल हुने नागरिकता विधेयकलाई एमालेसँग जेड्न मिल्दैः महतो

  • आश्विन ८, २०७९
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ लोकतान्त्रिक समाजवदी पार्टी लोसपा र नेकपा एमाले बिच प्रतिनिधि र प्रदेश सभाको चुनावी तलामेल हुने भएको छ । अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाकालागी हुने निर्वाचनमा तालमेल गर्न लोसपाले कार्यदल गठन गरी प्रकृया अगाडी बढाएको हो ।

लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा शरतसिंह भण्डारी, अनिल झा, सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनाल छन् । लोसपाले एमाले लगायतका दलसँग सहकार्यका लागि वार्ता गर्ने जनाएको छ । कार्यदलका संयोजक समेत रहेका लोसपाका वरिष्ठ नेता महातोले नागरिकता विधेयक पारित गर्न एमाले तयार नभए पनि त्यसले चुनावी तालमेलमा असर नगर्ने बताएका छन् ।

नागरिकता विधेयक र चुनावी तालमेल फरक फरक विषय रहेकाले समान रुपमा लिन नमिल्ने उनको तर्क रहेको छ । विगतमा काँग्रेस, मओवादीले नागरिकता विधेयक विरोध गरेको स्मरण गर्दै नेता महातोले अहिले एमालेलाई मात्र दोषारोपण गर्न नमिल्ने बताए । नागरिकता विधेयकलाई प्रमाणीकरण हुन नदिन एमाले, कांग्रेस, माओवादी सबैले षडयन्त्र गरेको जिकिर गरे ।

‘हिजो एमालेले ल्याउँदा कांग्रेस र माओवादी मिलेर रोकेका हुन् । यस पटक एमालेले त्यसको विरोध गरेपछि राष्ट्रपतिबाट रोकियो,’ महतोले भने, ‘यो प्रकरण चुनावसँग जोडिदैन । हामी तालमलेका लागि सबैसँग खुला छौ । चुनावी तालमेल भनेको भोटको लेनदेन हो ।’ नेता महातोले भने सत्ता गठबन्धनकासँग चुनावी तालमेलको सम्भावना सकिँदै गएको बताएका छन् ।
‘सत्ता गठबन्धनको आफैंभित्र मारामार छ । हामी कहिलेसम्म कुरेर बस्ने ? चुनावी तालमेलका लागि एमालेसँग प्रयास भइरहेको छ,’ उनले भने ।

राश्ट्रिय विभुति महा ...

पाँचथर/ राष्ट्रिय विभुति एवं किराँत धर्मका महागुरु ...

कृषिमूल्य सूचना प्रण ...

विराटनगर/ प्रमुख कृषि बजारमा पाइने कृषिउपजहरुको सू ...

कोशीमा नयाँ सरकार बन ...

विराटनगर/ नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका ने ...

ढुङ्गाले किचेर १ जना ...

ताप्लेजुङ/  ताप्लेजुङको फुङलिङ नगरपालिका-३ का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved