काम हामीले गर्‍यौ प्रचार अरूले गरे: नेम्बाङ

  • असोज १२, २०७९
  • "भगीरथ भण्डारी"
alt

इलाम/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङले नेकपा एमालेले गरेका कामको प्रचार गरेर अरूले फाइदा लिइरहेको बताएका छन ।
इलाम सदरमुकाममा नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्दे नेम्बाङले एमालेले गरेका कामको अरूले प्रचार गरेको बताएका हुन । सामाजिक सञ्जालमा हिलो फोटोलाई जोडेर अनावश्यक प्रचारबाजी भइरहेको भन्दै कसले कति काम गरेको छ मूल्याङ्कन गर्न आग्रह गरेका हुन ।

‘एमाले बाहेकका पार्टीलाई इङ्कीत गर्दे आफूले गरेको भनेर देखाउने खालको कुनै काम नभएपछि एमालेले गरेका कामको नकारात्मक टिप्पणी गर्न थालेको भन्दै नेम्बाङले भने, विकास निर्माणका लागि छुट्टाएको बजेट कार्यान्वयनमा सबैको जिम्मेवारी हुने र त्यो पनि गर्न नसके पछि टिप्पणी गर्नु बाहेक कुनै विकल्प नभएको हो ।’ हिजो आफूले निर्वाचन लड्दै गर्दाको इलाम क्षेत्र नं. २ र आज हेर्दा कति अन्तर छ भन्ने देखिने भन्दै गरेका कामलाई देखाएर अघि बढ्नु पर्ने नेम्बाङको भनाई छ । ‘पार्टीले आफूलाई चुनाव लड्न लगाउँदै गर्दा त्यहाँ कच्ची सडक पनि थिएन, खोलामा पुल र बिजुलीको त नाम निसानै थिएन नेम्बाङले भने, त्यो अवस्था देखि अहिले सम्ममा कति काम भएको भन्ने त्यहाँका जनताले बुझिरहेका छन ।’

इलाम निर्वाचन क्षेत्रमा काम गरेनन् भनिरहँदा त्यस क्षेत्रमा पहिले कति वटा पक्की र झोलुङ्गे पुल थिए अहिले कति वटा बनेका छन कसैले तथ्याङ्क राखेको छ रु कहाँ कहाँ सम्म विजुली विस्तार भएको थियो र अहिले कहाँ कहाँ विजुली पुगेको छ, त्यो कसैले विचार गरेको छ रु त्यहाँको जनताको जीवनस्तर कस्तो थियो र अहिले कस्तो बनेको छ त्यो कसैले विचार गरेको छ रु काम नभएको भए इलामको कर्णाली भनेर भनिने २ नं. क्षेत्र अहिले कस्तो छ भन्ने आफै देखिने भन्दै गरेका कामलाई जनताले बुझ्ने गरी प्रचार गर्न नेम्बाङले कार्यकर्तालाई आग्रह गरेका छन ।

हामी भन्दा बाहिरका साथीहरूले नेकपा एमालेले गरेकै कामको फाइदा उठाई रहँदा पनि हामी इमानदार रुपमा बसिरहेको कारण चौतर्फी घेरामा राखिरहेको भन्दै एमालेले गरेका कामको खुलेरै हामीले गरेको भन्दै प्रचार गर्न आग्रह गरे । उनले नेपाल टार मङ्गलवारे सडक बनाउन कसको पहलमा भएको भन्ने प्रश्न राख्दै हामै जिल्लाका साथीले गरेको काम गरे, कस्तो काम गरे भन्ने जनताले देखिरहेको भन्दै कसले कति गरो भन्ने आफै मूल्याङ्कन गर्नुपर्ने बताए । बजेट हामीले छुट्टाएको हो ठेक्का हाम्रै साथीले पारे पनि उनले गरेको कामले जनता कति खुसी भएर सडकमा आए भन्ने छर्लङ्ग देखिएको नेम्बाङको भनाई छ ।

राँके–रवि भेडे टार सडक खण्ड निर्माणका लागि ठेक्का लगाए पनि ठेकेदारले काम नगरेको कारण सडक अलपत्र परेको छ । सरकारसँग ठेक्का तोड्न माग गर्दा पनि भारतीय ठेकेदार भएकै कारण अहिलेको सरकारले ठेक्का तोड्न भन्दा पनि म्याद थप गर्न लागिरहेको भन्दै एमाले कार्यकर्ता चुप लागेर बसिदिँदा हामीले गरेका कामको फाइदा उठाउँदै साथीहरूले नकारात्मक सन्देश दिने खालका क्रियाकलाप अघि बढाइरहेका छन । एमालेमाथि गरिने नकारात्मक टिप्पणीलाई हामीले गरेका काम बाहिर ल्याउने हो भने हाम्रा साथीहरूको बोल्ने ठाउँनै बन्ध हुने नेम्बाङ बताउँछन् ।
एमालेको सरकार हुँदाको काम र गठबन्धन पछि भएको कामको अवस्था जनताले आफै मूल्याङ्कन गरिरहेको कसलाई जिताउँदा देशको विकास हुन्छ भन्ने जनताले थाहा पाइसकेको उनको भनाई छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved