"संवैधानिक आयोगमा मैले कार्यकर्ता भर्ती गरेको होइन" (भिडियो सहित)

  • भदौ ३०, २०७९
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्वीर

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक आयोगमा आफ्ना पार्टीका कार्यकर्ता भर्ती गरेको आरोप गलत भएको दाबी गरेका छन् ।
आइतबार कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित तेस्रो कान्तिपुर कन्क्लेभको दोस्रो दिनको समापन सत्रको ‘नीति, थिति र राजनीति’ शीर्षकमा बोल्दै अध्यक्ष ओलीले आफूले संवैधानिक आयोगमा नियुक्त भएका ५२ जना सबैलाई आफूले नचिनेको समेत दाबी गरे ।

‘मैले संवैधानिक आयोगहरूमा राजनीतिक पार्टीका क्याडरलाई भर्ती गरेको होइन, म त त्यहाँ नियुक्त भएका मान्छे चिनेको पनि होइनन् ।

अरु सरकारले जे सुकै गरे पनि ठिक हुने; मेरो नेतृत्वको सरकारले जे गरे पनि गलत हुने कसरी हुन्छ ?,’ उनले भने, ‘मेरो सरकारले ५२ जना गरेछ; त्यो रिक्त भएर त गरेको होला, कसैलाई जबरजस्ती हटाएर गरेको पनि होइन । त्यो सम्मानित सर्वोच्च अदालतले पनि बुझ्नुपर्ने कुरा हो ।’ उनले आवश्यकताको सिद्धान्तमा आधारित भएर त्यो बेला सरकारले संवैधानिक आयोगहरूमा रिक्त पदहरूमा नियुक्ति गरेको दाबी गरे । उनले आफूले ल्याएको अध्यादेशमा समेत त्यस्तै व्यवहार भएको बताए । ‘केपी ओलीको नेतृत्वको सरकारले ल्याएको अध्यादेश गलत हुने, फेरि अर्को सरकारले ल्याएको अध्यादेश गलत नहुने ? यस्तो कसरी हुन्छ ? त्यो अध्यादेश संविधानसम्मत हो कि होइन ? त्यो अध्यादेश ल्याउँदाको परिस्थिति खडा गरिएको परिस्थिति हो कि समाधान गर्न ल्याइएको हो भनेर हेरिन्छ कि हेरिँदैन ?’ उनले भने । -इकान्तिपर 

हेर्नुहोस भिडियो

विजयपुर अध्यात्मीक म ...

धरान/ सामाजिक संंस्कार भड्किलो बन्दै गएको महशुष गर ...

धरान किड्जीलाई अनुमत ...

धरान/  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

‘कुम्भ स्नान पछि पिण ...

धरान/  प्रत्येक १२ वर्षमा लाग्ने पुर्ण कुम्भ ...

धरानको कार्यपालिका ब ...

धरान /मेयर हर्कराज राईले एकलौटी गरेको निर्णयलाई का ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved