‘ठूला पार्टीको स्वार्थका कारण युवाहरु पलायन’

  • भदौ ३१, २०७९
  • "भगीरथ भण्डारी"
alt

धरान । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला पार्र्टीहरु आफ्नो फाइदामा लागेको कारण देशका युवाहरु पलायन भएकोे बताएका छन । इलामको चोकबजारमा आयोजित सभालाई सम्बोधन गर्दै लिङ्देनले ठूला पार्टीले राष्ट्रको भन्दा आफ्नो फाईदाका लागि काम गरेकै कारण युवाहरु पलायन हुन बाध्य भएको बताएका हुन् ।

उनले ठूला राजनीतिक दलबाट युवाहरुको अपेक्षा मरेको बताउदै युवालाई स्वदेशमै केही गर्नुपर्छ भनेर योजना ल्याउन आवश्यक रहकेो बताए ।

उनले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी जस्ता पार्टीले देशको विकास हुने कुनै उल्लेख्य काम नगरेको बताउदै भोट हाल्दा विचार पु¥याएर नहाले पुन ः विगतकै जस्तो हविगत दोहोरिने बताए ।

उनले भने ‘नेताहरुलाई मात्र चोर भनेर हुर्दैन, हामीले सही नेतृत्व चयनमा चुकेका छौं, यसपटक सुझबुझ ढंगबाट भोट हाल्नुपर्छ ।’

उनले हाल देशमा भ्रष्टाचार मौलाएको, बिकृति बढेको र जनताले दुःख पाएको भन्दै अब जनताले अब सही दल, सही नेतृत्व छान्नुपर्नेमा जोड दिए । इलामका जनताले जिताएका नेता प्रधानमन्त्री, मन्त्रि र उच्च ओहदामा पुग्दा पनि इलाममा विकास नभएको भन्दै उनले निकै बिचार गरेर आफ्नो मत प्रयोग गर्न जनतालाई आग्रह गरे । अब पनि कांग्रेस कम्युनिष्टले मत पाउनु भनेको आफु मात्र नभएर आउने पुस्ता समेत पछि पर्ने भन्दै विचार गरेर भोट हाल्न आग्रह गरे । पार्टीभन्दा माथी देश भएको भन्दै उनले देशको विकासमा कुनैपनि पार्टीका नेताहरु नलागेको हुँदा अव भोट हाल्न सोच्नुपर्ने बताए । लिङ्देनले हाल कांग्रेस र कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले आफ्ना नेताहरुले आफुसँग केही गर्न नसकेको गुनासो गर्ने गरेको भएपनि भोट परम्परागत रुपमा नै लगाएका कारण केही दलमात्र अगाडी बढेको धारणा राखे ।

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved