राजनीति

    Showing 1,281-1,290 of 1,922 items.
  • प्रचण्ड प्रधानमन्त्री नियुक्त

    धरान  / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतवार प्रधानमन्त्री नियुक्त भएका छन् । १६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रचण्डलाई बहुमतको प्रधानमन्त्री नियुक्त गरेकी छिन् । यो सँगै तीन पटक प्रधानमन्त्री बनेका छन् । प्रचण्ड पहिलो पटक २०६४ सालमा प्रधानमन्त्री बनेका थिए । संविधानसभाको पहिलो निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुन सफल भएका थिए । तत्कालीन प्रधानसेनापति रुकमाङ्

    • प्रकाशित मितिः पुस १०, २०७९
    • 753 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘साइबर ब्युरोमा उजुरी हाल्छु’

    धरान / धरान उपमहानगरपालिकाका कार्यपालिका प्रवक्ता एवम् धरान १७ का वडाध्यक्ष मनोज भट्टराई मेयर हर्क साम्पाङका समर्थकका विरुद्धमा साइबर क्राइम विरुद्ध उजुरी दिन सोमबार काठमाण्डौ गएका छन् ।मेयर साम्पाङका समर्थकले आफ्नो सामाजिक सञ्जालमा अशोभनीय कमेन्ट गर्ने गरेकाले काठमाण्डौको साइबर व्युरोमा गएर साइबर क्राइमको मुद्दा हाल्न लागेको बताए । उनले भने–‘धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङका समर्थकले सामाजिक सञ्जालमा अत्यन्तै अशोभनीय गालीगलौज गरेर टिप्पणी गर्ने गरेका छन्, उनीहरुले गरेको कमेन्ट परिवारमा बसेर सुन्नै नसकिने शब्द प्रयोग गरेका छन्, आफूमाथि भएको अपमान विरुद्ध साइबर ब्युरोमा उजु

    • प्रकाशित मितिः पुस ५, २०७९
    • 855 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नयाँ सरकार गठन गर्न राष्ट्रपतिद्वारा आह्वान

    काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेकी छन् । राष्ट्रपतिले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । उनले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् । ‘प्रधानमन्त्री नियुक्त गर्नका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्नका ल

    • प्रकाशित मितिः पुस ४, २०७९
    • 391 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान कार्यपालिका विवाद

    विजयपुर / विगत अढाई महिनादेखि धरान नगरकार्यपालिका अनिर्णयको ब न्दी बनेको छ । कार्यपालिका सदस्य र धरान नगरप्रमुखबीचको विवादका कारण गत असोज १३ गतेदेखि बस्न नसकेको कार्यापालिका बैठक बिहीबारसमेत अनिर्णित बन्यो । नगर प्रमुख हर्कराज राई निरंकुश, स्वेच्छाचारी र अराजक बनेको आरोप लगाउँदै बिहीबार पनि कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरे । बैठक बहिष्कारपछि पत्रकार सम्मेलन गर्दै कार्यपालिका सदस्यहरुले बैठक बस्न नसक्नुमा नगर प्रमुख राईले बैठकमा कार्यपालिका सदस्यलाई दिएको गैरजिम्मेवार अभिव्यक्ति भएको बताए । नगर प्रमुख राईको अभिव्यक्तिप्रति आत्मालोचना गर्न माग राख्दै कार्यपालिका सदस्यले बैठक बहिष्कार ग

    • प्रकाशित मितिः पुस ३, २०७९
    • 773 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ "
  • कार्यपालिका बैठक बसेन

    विजयपुर : सानो विवादका कारण धरान उपमहानगरपालिकाको तीनवटा कार्यपालिका बैठक स्थगित भइसकेको छ । धरान १७ मा रहेको सप्तर्रंगी पार्कलाई उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बहुजातीय संग्राहालय बनाउनुपर्छ भन्ने एजेण्डा अगाडि सारेपछि कार्यपालिका सदस्य अनुप देवानले सो एजेण्डाको विषयमा असहमति जनाउदै बोलेका थिए । उनले बहुजातीय पार्क धरान १४ मा बन्दै गरेको र यसलाई सप्तरंगी पार्क नै बनाउदा धरानको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदा मेयर साम्पाङले अपशब्द बोल्दै कार्यपालिका सदस्यमाथि दुव्र्यवहार गरेको आरोप लगाउदै माफी नमागुन्जेल कार्यपालिका बैठक सञ्चालन नभई स्थगित हुँदै आएको छ । यस विषयमा मेयर साम्पाङक

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 819 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • साम्पाङको अभिव्यक्तिप्रति आयोगको आपत्ति : ‘दलित लक्षित हैन’–साम्पाङ

    धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्क साम्पाङको अभिव्यक्तिप्रति दलित समुदायले आपत्ति जनाएका छन् । साम्पाङले आफ्नो सामाजिक सञ्जालमा पोष्टाउँदै ‘जोडी खोज्नेहरुको बास उठ्न सक्छ, बल होइन बुद्धि लगा चमारे’ भन्ने अभिव्यक्ति दिएका थिए ।   सो अभिव्यक्तिप्रति राष्ट्रिय दलित आयोगले एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै ध्यानाकर्षण गराएको छ । आयोगका माननीय अध्यक्ष देवराज विश्वकर्माद्वारा हस्तक्षरित विज्ञप्ती बुधबार सार्वजनिक गर्दै नगरप्रमुख जस्तो जिम्मेबार पदमा बसेर दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विज्ञप्तीमा भनिएको छ, ‘२०७९ मंसिर २७ गते धरान उपमहानगरपालिक

    • प्रकाशित मितिः मंसिर २९, २०७९
    • 830 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समानुपातिकमा नाम परिवर्तन

    विजयपुर / निर्वाचन आयोगले समानुपातिक विजेता उम्मेदवार नाम सच्याएर पढाएको छ । नेकपा एमालेले रोलक्रमलाई मिचेर समानुपातिक उमेद्वारको नाम आयोगमा पेश गरेको भन्दै नाम सच्याएर पठाउन निर्वाचन आयोगले पत्राचार गरेपछि नेकपा एमाले समानुपातिक उम्मेदवार नाम लिष्ट सिफारिस गरे पढाएको छ । आयोगले समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाउन दोस्रो पटक पत्राचार गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १, प्रदेशसभा सदस्यतर्फको समानुपातिक उम्मेद्वारको नाम सच्याएर पठाएका थिए । ओलीको हस्ताक्षर रहेको आयोगलाई पठाएको पत्रमा अल्पसंख्यकतर्फ लहरु माया जिमी (याक्खा)को सट्टा उनीभन्दा अघिल्लो क्रममा रहेको यशोदा कायस्थको

    • प्रकाशित मितिः मंसिर २८, २०७९
    • 725 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरीबाट एकमात्र महिला केन्द्रमा प्रतिनिधित्व गर्दै

    सुनसरी / प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेकी केन्द्रीय सदस्य भगबती चौधरी प्रदेश १ कै एक मात्र निर्वाचित महिला उम्मेदवार बनेकी छिन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसका बिजयकुमार गच्छदारलाई ५ हजार बढी मतले पराजित गर्ने चौधरी प्रदेश १ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एमालेकी एक्ली महिला सांसद बनेकी छन्् । प्रतिनिधि सभातर्फ एमालेले ४४ सिट जित्दा ६ जना महिला उम्मेदवार निर्वाचित भएकोमा प्रदेश १ बाट भगबती चौधरी एक्ली महिला सांसद बनेकी हुन् । उनले गच्छदारलाई तेस्रो पटकको प्रयासमा पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन् । नेतृ चौधरीले यसअघि ०७४ र ०७० सालको निर्वाचनमा गच्छदारसँग

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 673 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुई अध्यक्षको फरक मत: ‘उपेन्द्र यादवको भनाई व्यतिगत’

    धरान /  प्रदेश तथा प्रतिनिधिसभाको सदस्यको निर्वाचन सकिए लगत्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँग तालमेल सकिएको अभिव्यक्ति दिएका छन् । तर उनको अभिव्यक्ति व्यक्तिगत रहेको पार्टीका संघीय परिषद अध्यक्ष अशोककुमार राईले बताएका छन् । उनले भने–‘अध्यक्ष यादवको भनाई व्यक्तिगत हो, पार्टीगत होइन, एमालेसँग तालमेल सकिएको छैन, सहकार्य अझै हुन्छ ।’ एमालेसँग गठबन्धन गरेर सप्तरी २ को प्रतिनिधिसभाबाट उठेका यादवतलाई जनमत पार्टीका चन्द्रकान्त राउत (सिके) ले दोब्बर भन्दा बढी मत ल्याएर जित हात पारेको केही समय अगाडि अध्यक्ष यादवले नेकपा एमालेसँगको तालमेल सकिएको

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 560 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नवनिर्वाचित सुदन किराँतीलाई रमेश हतुवालीको खुल्ला पत्र

    सुदन दाइ अभिवादन।।भोजपुर जिल्लाले एउटा जुझारु युवा पाएकोले व्यक्तिगत रुपमा म धेरै खुशी भएको छु र सम्पुर्ण भोजपुरबासी नागरिकहरु पनि खुसियालीमा छन, भन्दै तपाईंलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।मलाई २०५६ सालदेखि यता मात्रै राजनीतिको केही कुराहरु थाहा भएको अवगत गर्दछु। तपाई २०६४ सालमै अत्यधिक मत ल्याएर माननीय बन्नु भएको थियो तर २०७० सालतिरै फेरि तपाईंलाई भोजपुरे जनताले अविश्वास गरेकै हो फलतः हार बेहोर्नु परेको थियो । त्यस्तै फेरि २०७४ मा अत्यन्तै धेरै जनताको अभिमत ल्याएर संसद भवन फेरि दोस्रोपटक छिर्नु भएको थियो । र आज मलाई विश्वास छ, मंसिर ४ को चुनाव पछिको जितले भने तपाईँमा तीव्र इच्छाशक्ति तथा उ

    • प्रकाशित मितिः मंसिर १४, २०७९
    • 1,565 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved