राजनीति

    Showing १,२५१-१,२६० of १,९५८ items.
  • घरमै सामाजिक सुरक्षा भत्ता

    धरान /  स्थानीय सरकारले जेष्ठ नागरिकलाई सम्मान हुने खालका कार्यक्रमहरु अगाडि बढाउँदै आएका छन् । वडाहरुले स्थानीय सरकारको अनुभूति हुने खालका कामलाई अगाडि बढाउँदै ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक सुरक्षा वितरण गर्ने कामलाई निरन्तरता दिएका छन् । धरानका २० वटै वडाले यस्ता कामलाई अगाडि बढाएका छन् । सामाजिक सुरक्षा भत्ता घर घरमा पुगेर दिने कामको सुरुवात धरान उपमहानगरपालिका वडा नं. १४ ले गरेको थियो । वडाले ज्येष्ठ नागरिकलाई मात्र हैन अपाङ्ग तथा असहायहरुको सहजताका लागि घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो । पछिल्लो समय धरान उपमहानगरपालिका ८ नं. वडा कार्यालयले समेत यो क

    • प्रकाशित मितिः माघ २४, २०७९
    • ८७७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश निम्छरो हुँदा खारेजीको आवाज उठ्यो ‘संघीय सरकार जिम्मेवार’

    विजयपुर / संविधानतः निर्माण भएका तीन तहका सरकारमध्ये प्रदेश सरकार निम्छरो भएको प्रदेश १ का सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले बताएका छन् । ‘संविधानतः तीन वटा सरकार छ, स्थानीय सरकार जति बलियो छ, संघीय सरकार जति बलियो छ, हामी त्यति निम्छरो छौं,’ मन्त्री राजभण्डारीले भने, ‘अधिकार पनि छैन, काम पनि धेरै गर्नु पर्ने ।’ प्रदेशसरकार खारेजगर्ने आवाजहरुलाई सङ्घीय सरकारले मलजल गर्दै गइरहेको मन्त्री राजभण्डारीले आरोप लगाएका छन् । उनले यस्ता आवाजहरुलाई न्युनीकरण गर्दै जाने काममा आफ्नो प्रयत्न रहने दृढता व्यक्त गरे । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा इट

    • प्रकाशित मितिः माघ २३, २०७९
    • ७९० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयर कोइराला र अमेरिकी राजदूत थोम्सनबीच भेट

    मोरङ / नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले विराटनगरको विकासका लागि अमेरिकी सरकारसँग समन्वय गर्न तयार रहेको बताएका छन् । विराटनगर महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीसँगको शिष्टाचार भेटमा राजदूत थोम्सनले विराटनगरको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि अमेरिकी सरकारसँग आफूले समन्वयकारी भूमिका खेल्ने बताए । उनले शिक्षा र स्वास्थ्यमा सुधार नगरेसम्म विकास सम्भव नभएको प्रतिक्रिया दिए । ‘जति पनि मुलुकले विकास गरेका छन् ती मुलुकले शिक्षा र स्वास्थ्यमा सुधार गरेकै कारण विकास भएको हो,’ थोम्सनले भने । मानव बेखविखन र ओसारपसारका सम्बन्धमा पनि थोम्सनले जिज्ञ

    • प्रकाशित मितिः माघ २१, २०७९
    • ८१९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • 'नीजि क्षेत्रकाे प्रोत्साहन भएन'

    विराटनगर /  नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष बैंकहरुले डकैती गरेको आरोप लगाएका छन् । विहीबारदेखि शुरु भएको सिआइएन कोशी एक्सोको उद्घाटन समारोहमा बोल्दै बैंकहरुले व्यवसायीहरुलाई आत्महत्या गर्न बाध्य बनाएको प्रसंग कोट्याउदै आत्महत्या गर्ने व्यवसायीलाइ राज्यले सहिद गर्नुपर्ने बताए । उनले भने ‘बैंकहरु कसैको निगरानीमा छैनन्, डामेर छोडेका साँढेजस्ता भएका छन्, उनीहरुले खुलेआम ८० प्रतिशत नाफा खाँदा पनि कारबाही कारबाही हुन सकको छैन ।’ उनले यस्ता बैंकहरुलाई कारबाहीको माग राख्दै उद्योगीले उत्पादन गरेका वस्तुहरुमा २० प्रतिशतभन्दा बढी नाफा खाँदा हत्कडी लाग्ने तर ‘बैंकलाई

    • प्रकाशित मितिः माघ २०, २०७९
    • ७९९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘परमादेश सरकारद्वारा देशको अर्थतन्त्र डामाडोल’

    मोरङ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशबाट बनेको सरकारका समयमा नेपालको अर्थतन्त्र सबैभन्दा धरासायी बनेको बताएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले सो सयमा अर्थतन्त्र डामाडोल बनेको र अर्थतन्त्र ऋणात्मक अवस्थामा पुग्न लागेको् आरोप लगाएका हुन् । अध्यक्ष ओलीले विराटनगरमा बिहीबारदेखि सञ्चालन भएको सिएनआइ कोशी एक्स्पो उद्घाटनका समयमा सो कुरा बताएका हुन् । उनले भने–‘ पुस १० गते यताको करिब सभा महिनामा देशको अर्थतन्त्र सुधार आएको छ, त्यसभन्दा अगाडि नेपालको अर्थतन्त्र अत्यन्तै धरासायी बनेको थियो ।’ उनले अहिले पनि त्यसबेलाको अर्थतन्त्रलाई उठाउन नसकिएको बताए । उनले

    • प्रकाशित मितिः माघ २०, २०७९
    • ९२३ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • हर्क साम्पाङ र प्रदेश मन्त्रीबीच चर्काचर्की

    धरान / प्रदेश र सङ्घीय सरकारले आफ्नो निर्देशनबिना धरान उपमहानगरपालिकामा काम गर्न नसक्ने बताएपछि धरानका मेयर हर्क साम्पाङ र प्रदेश मन्त्रीबीच चर्काचर्की परेको छ। एउटा निजी टेलिभिजनले स्थानीय सरकारका गतिविधि छायांकन गर्न उपमहानगर परिसरमा आयोजना गरेको सवाल जवाफ कार्यक्रममा प्रदेश १ का खानेपानी सिचाइ तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बोले मेयर साम्पाङलाई आफ्नो हैसियतमा बस्न आग्रह गरे । सहभागीले मन्त्री र नगर प्रमुखलाई तीन दिनमा एक दिन पानी आउने धरानको समस्या कसरी समाधन हुन्छ, स्थानीय सरकारले मात्रै काम गर्न नसकेको हो भने प्रदेश सरकारले कसरी सहयोग गर्न सक्छ, धरानको खानेपानीको विषयमा प्रदेशको धार

    • प्रकाशित मितिः माघ १९, २०७९
    • ९४९ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रधानमन्त्री दाहाल र प्रदेश १ मुख्यमन्त्री कार्कीबीच भेटवार्ता

    मोरङ / प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश सरकारलाई बलियो बनाउने प्रतिबद्धता जनाएका छन् । बुधबार बिहान प्रधामन्त्री दाहाल र प्रदेश १ का मुख्यमन्त्री हिक्कमतकुमार कार्कीबीचको भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहाले प्रदेश सरकारलाई बलियो बनाउने कुरामा आफू प्रतिबद्ध रहेको बताएका हुन् । प्रधानमन्त्री दाहालले भने ‘संघीयतालाई बलियो बनाउन प्रदेश सरकारलाई पनि बलियो बनाउन आवश्यक छ, प्रदेश सरकारलाई बलियो बनाउने कुरामा म प्रतिबद्ध छु । सो अवसरमा मुख्यमन्त्री कार्कीले संघीयता बलियो बनाउनका लागि निजामती सेवा ऐन,संघीय शिक्षा ऐन,संघीय प्रहरी ऐन छिटो ल्याउन आवश्यक रहेको प्रधानन्त्रीलाई आग्रह समेत गरे

    • प्रकाशित मितिः माघ १९, २०७९
    • ७४१ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मालपोत कार्यालय धरानमा लिम्बुवानको कालोझण्डा

    विजयपुर / भूमाफियाको षड्यन्त्रका कारण मालपोत र नापी सार्न लागिएको भन्दै संघीय लोकतिान्त्रिक राष्ट्रय मञ्च, सघीय लिम्बुवान मञ्च नेपाल, सुनसरीले विरोध जनाएको छ । धरान ६ पानबारीमा स्थानान्तरण गर्न लागेको विरोधमा लिम्बुवानले धरानस्थित मालपोत तथा नापी कार्यालयमा कालो झण्डा राखेरै विरोध जनाएकोे हो । मालपोत र नापी कार्यालयका हाकिमहरुलाई जनही एक एक कठ्ठा जग्गा दिएर धरान ६ पानवारीमा मालपोत कार्यालय सार्ने भूमाफियाको षडयन्त्र भएको लिम्बुवानको आरोप छ । ‘जग्गादाता र भूमाफियाको मिलेमतोमा प्रमुखहरुलाई लाभ दिएर मालपोत कार्यालय सार्ने षड्यन्त्र गरिएको छ,’ मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर

    • प्रकाशित मितिः माघ १९, २०७९
    • १,०३९ पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • शर्माद्वारा आचार्यको घरमै पुगेर सान्त्वना

    इलाम / नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले आत्मदाह गरेका इलामका प्रेम आचार्यको परिवारलाई भेटेर सान्त्वना दिएका छन् । सूर्योदय नगरपालिका वडा नं. ११ केराबारीस्थित आचार्यको घरमा पुगेर शर्माले आचार्यले उठाएका विषयप्रति आफूहरु गम्भीर भएको बताएका थिए । उनले भने–‘तपाईंहरूको साथमा सिंगो देश उभिएको छ ।’झापा क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित शर्माले प्रेम आचार्यले उठाएका सरकारी प्रक्रियाबाट पाएको हैरानीको विषय नेपालमा नै रहेर केही गरौं भन्ने तमाम युवाहरूले भोगेको यथार्थतालाई मध्यनजर गरेर यसको समाधानका लागि सरकारलाई सहयोग गर्ने बताए । ‘

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ७०६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जग्गा खाली गराउने सूचना विरुद्ध उच्च अदालतको परमादेश

    दुहवी /  दुहबी बजारको २ बिगाह जग्गा मध्ये १ बिगाहको केही जग्गा खाली गराउने विषयमा दुहबी नगरपालिकाको ३५ दिने सूचनाको विरुद्धमा उच्च अदालतले परमादेश (स्टे अर्डर) दिएको स्रोतको दावी छ । सोमबार उच्च अदालत विराटनगरमा वकिलहरुको ३ घण्टा लामो बहस पछि परमादेश जारी भएको जनाइएको छ । ३५ दिने दुहबी नगरपालिकाको सूचना जारी भएपछि स्थानीयले ७० वर्ष देखि आफुहरुले सो ठाउँको घर संरचना किनेर बसोवास गर्दै ४ पुस्ता बिताएको र ७० वर्ष देखि प्रत्येक निर्वाचनमा मत हाल्दै आएको त्यस क्षेत्रका स्थानीयहरुको दाबी छ । नगरपालिकाले ३५ दिनको सार्वजनिक सूचना सार्वजनिक गरी ३५ दिन भित्र सो ठाउँ खाली गर्न दवाव दिएर अन्याय

    • प्रकाशित मितिः माघ १८, २०७९
    • १,१२३ पटक पढिएको
    • "चन्दन रौनियार"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved