मोरङ / विजुली नियमित आपूर्ति नहुँदा उद्योगी व्यवसायी मारमा परेको भन्दै सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएका छन् । सोमबार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै उद्योग संगठन मोरङले नियमित विजुली नआउँदा उद्योगी व्यवसायीहरु मारमा परेको बताएका हुन् । उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले पौष महिनादेखि विद्युतमा भोग्दै आएको अनियमितताका कारण व्यवसायीहरु मारमा परेको बताए । उनले भने–‘पुष महिनादेखि विद्युतमा अनियमित आपूर्ति, बारम्बारबो ट्रिपिङ, लो भोल्टेज, पूर्व जनाविना विद्युत कटौती जस्ता समस्या व् उद्योगी व्यवसायीहरुले भोग्नु परेको छ, यो समस्या हल नभए उद्योगी व्यवसायीहरुल
मोरङ । व्यवसायीहरु बैंकको चर्को व्याजदरको विरोधमा निरन्तर आन्दोलित हुँदै आएको अवस्थामा कोशी प्रदेशका मुख्य मन्त्री हिक्मतकुकमार कार्कीले बैंकको चर्को व्याजदरका कारण स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङको २४औँ वार्षिक साधारणसभा तथा महिला उद्यमी समिति मोरङको २० औँ वार्षिक साधारणसभाको उद्घाटन गर्ने क्रममा मुख्यमन्त्री कार्कीले वैंकले व्यवसायी तथा उद्योगीबाट लिएको चर्को व्याजदरकै कारण उद्योगहरु धरासायी बन्दै पलायन हुने अवस्थामा पुगेको बताए । मुख्यमन्त्री कार्कीले साना उद्योगीहरुले जग्गा उपलबध गराएमा उद्यमीको उत्पादनलाई बजारीकरण गर्न विराट
धरान । धरान उपमहानगरपालिका वडा नं. १७ को सदुखोला किनारमा अनाधिकृत रुपमा सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको घर टहरा धरान उपमहानगरपालिकाले डोजर लगाएर खाली गरेको थियो । बुधबार विहान धरान नगर प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरी र वन कार्यालयको सक्रियतामा सर्दु खोला किनारमा अनाधिकृत रुपमा बनाइएका घर टहरा भत्काइएको धरान नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । एक महिना अगाडिदेखि बनाइएको राजकुमार लिम्बु, प्रेम लिम्बु, विजय हाङ, धनबहादुर श्रेष्ठको टहरा सहित संगुरको खोर भत्काइएको हो । अतिक्रमित जग्गा खाली गराउन विष्णुपादुका सबडिभिजन वन कार्यालयका प्रमुख बिक्रम आमात्यको समेत उपस्थिति रहेको
धरान । साना व्यवसायीहरुलाई राज्यबाट हेर्ने दृष्टिकोणमा फरक रहेको व्यवसायीहरुले बताएका छन् । नेपाल साना उद्योग व्यवसायी संघ प्रधान कार्यालय धरानको २२ औ साधारणसभा तथा १० औ अधिवेशन कार्यक्रमका अवसरमा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् । धरान २० माछामारामा रहेका गोर्खा स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष झलकमान श्रेष्ठले साना व्यवसायिक अहिले पीडामा रहेको बताएका छन् । उनले कोरोना सक्रमणको असर अहिलेसम्म रहेको बताए । उनले भने–‘कोरोना संक्रमणको असर अहिलेसम्म छँदैछ, फेरि आर्थिक संक्रमण भएको छ, साना व्यवसायीहरुको रोजीरोटी गुम्ने अवस्थामा छ, सरकारले यस्ता व्यवसायीका लाग
तेह्रथुम / पछिल्ला बर्षहरुमा नेपालमा बोलिने केही भाषाहरु लोप हुने अवस्थामा पुगेका छन् । विदेशी भाषाको दबदबा र मातृ भाषाको उपेक्षाका कारण कतिपय भाषा लोप हुने अवस्थामा पुगेका छन् । आफ्नो भाषा नै लोप हुने अवस्थामा पुगेपछि तेह्रथुम जिल्लाको आठराई गाउँपालकामा लिम्बु समुदायले मातृ भाषा तथा लिपी सिक्न थालेका छन् । मातृ भाषाको अस्तित्व बँचाउनुपर्ने भन्दै यहाँका लिम्बु समुदायहरु आफ्नो मातृ भाषा तथा लिपी सिक्न थालेका हुन् । घरमा बोलिने भाषा पहिलो भाषा भएपनि अन्य भाषाको प्रभावले ओझेलमा परेको श्रीजंगा लिपीको संरक्षण गर्नकै लागि आठराई गाउँपालिकामा आधारभूत लिम्बु भाषा प्रशिक्षण तालिम सञ्चालन भएको छ । आठर
मोरङ/ प्रदेश १ को नाम कोशी खारेजीको माग गर्दै पहिचानवादीहरुले आइतबार मुख्यमन्त्री हिकमत कार्कीलाई अल्टिमेटम पत्र बुझाएका छन् ।प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिका तर्फबाट आइतबार मुख्यमन्त्री कार्कीलाई अल्टिमेटम पत्र बुझाएको हुन् । मन्त्री तिलकुमार मेन्याङबोमार्फत मुख्यमन्त्री कार्कीलाई उनीहरुले ज्ञापनपत्र बुझाएका थिए ।मन्त्री मेन्याङेबोले संवैधानिक प्रक्रियाबाट नामकरण टुंगिएको बताएका थिए । उनले ‘चारजना बाहेकका सांसदले समर्थमा प्रदेशको नाम कोशी पास भएको पहिचानवादीलाई स्मरण गराएका थिए । सभामुख बाबुराम गौततमले पुन नामाकरणको सम्भावनाको ढोका खुल्ला रहेको बताउदै नामविहीन प्रदेश ररहिर
मोरङ /कोशी प्रदेश सरकारले सुरु गरेको मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माण कार्यक्रम अन्तर्गत आइबार एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र निर्माणका लागि आन्तरिक माामिला मन्त्रालय र स्थानीय तह बीच सम्झौता भएको छ । झापाको अर्जुनधारा नगरपालिकामा निर्माण गर्न लागिएको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रको भवन लगायत आवश्यक पूर्वाधार निर्माणका लागि तयार पारिएको डिपिआर आइबार पारित गरिएको हो । चारवटा पालिकाहरु अर्जुनधारा, कनकाई र विर्तामोड नगरपालिका तथा बुद्धशान्ति गाउँपालिकालाई सेवा उपलब्ध गराउने गरी सेवा केन्द्र स्थापना गर्न यस अघि नै आन्तरिक माामिला
विजयपुर/ आगमीआर्थिक वर्षमा २०८०/ ८१ को बजेटमा धरानको समग्र समस्याको समाधान गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्र विक्रम बेघाले संघीय सरकारलाई योजना विवरण सहितको ज्ञानपत्र बुझाएको पत्रकार समेलन गरी उल्लेख गरेका छन् । उनीहरुले खानेपानी मन्त्रालय, भौतिक पूर्वाधार तथा याताया मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन ऊर्जा, जलस्रो्त तथा सिँचाई मन्त्रालयमा पुगेर धरानमा भएका समस्याको विषयमा आगामी बजेटमा समावेश गर्न पहल गरेका छन् । काठमाण्डौबाट फर्किएपछि मेयरकै कार्यकक्षमा बिहीबार पत्रकार सम्मेलन गरी मेयर हर्क सा
धरान / कोशी प्रदेश नामाकरण विरुद्ध आन्दोलनरत सयुक्त संघर्ष समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको छ । सोमबार प्रेश विज्ञप्ति जारी गर्दै समितीले आन्दोलनको स्वरुप परिवर्तन गरेको जानकारी दिएको हो । अहिले चलिरहेको एसइई परीक्षार्लाइ ध्यानमा राखी परीक्षामा असर पर्ने खालका सार्वजनिक विरोधका कार्यक्रम नराखिएको विज्ञप्तिमा उल्लेख छ । ‘नेपालभर जारी रहेको एसइई परीक्षालाई ध्यानमा राखेर २०७९ चैत १७ देखि २७ गतेसम्म सङ्घर्ष समितिको वृहत् जनप्रदर्शन, सभा, जुलुस, हडताल, तालाबन्दीका आन्दोलनका कार्यक्रमहरू नरहेको सबैमा जानकारी गराउँदछौँ ।’ विज्ञप्तिमा भनिएको छ । सङ्घर्ष सम
धरान । मेयर हर्क साम्पाङको नेतृत्वमा योजना तथा बजेट माग गर्न सिंहदरबार गएको टोलिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेको छ । धरानका दिर्घकालिन विकाशका योजनाहरुमा केन्द्रिय सरकारको बजेट आवश्यक भएको भन्दै मेयर साम्पाङ नेतृत्वको प्रतिनिधि टोलिले सिंहदरबारमै गएर प्रधानमन्त्रीलाई योजनाहरुपनि बुझाएको छ । मेयर साम्पाङ सहित उपमेयर अइन्द्रविक्रम बेघा,बरिष्ट इन्जिनियर सुरज श्रेष्ठ सहितको टोलि योजना तथा बजेट माग गर्न सिंहदारबार गएको थियो । प्रतिनिधि टोलिलाई भेट्दै प्रधानमन्त्री पुष्पकमल दाहालले धरानका समग्र विकाशका योजनामा आफ्नो पुर्ण सहयोग रहने बताएको प्रतिनिधि टोलिका एक सदस्यले जानकारी दिए ।