धरान बराहक्षेत्र बाट खुट्टा भाँचिएर उपचारको लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा रहेकी बालीकाको सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बालिकाको अप्रेशन गर्नुअघि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएपछि उपचारमा संलग्न स्वास्थ्यकर्मीसँगै वार्डका अन्य विरामीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरिएको सबै ५९ जनाको रिपोर्ट नेभिटिभ आएको हाडजोर्नी विभागका प्रमुख डा.पशुपति चौधरीले जानकारी दिए । डा.चौधरीका अनुसार यसअघि पनि डिस्इन्फेक्ट भइसकेकोले चिन्ता लिनु नपर्ने बताए । उनका अनुसार सावधानी अपनाउ
धरान / पाँचको दशक अघि सम्म धरान रंगकर्म, साहित्य, कलाको लागि देशकै उत्कृष्ठ शहरको रुपमा मानिएको थियो । धरानबाट प्रतिनिधीत्व गर्ने धराने कलाकारहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो शहरको पहिचान छुट्टै पहिचान बनाएका थिए । पछिल्लो समय सुस्ताएको धरानको रंगकर्म, कलाकर्म पुनः केही समय अघि देखि जुर्मुराएको छ । धरानमा साहित्यीक कार्यक्रम, नाटक प्रर्दशनले गति लिन थाले पछि धरानमा नाटकघर निर्माणको चर्चा पनि चुलिदै गएको छ । धरान ८ स्थित धरान सभागृहमा करिब २ कट्ठा क्षेत्रफलमा नाटकघर बन्ने भए पछि धरानको रंगकर्मको इतिहास फर्कने अपेक्षा गर्न थालिएको छ । धरान स्थित सभागृहमा निर्माण हुन
धरान / ग्याँस सिलिडण्र चोरी गर्ने एक युवालाई ईलका प्रहरी कार्यलय धारनले पक्राउ गरेको छ । धरान ९ का पवन तामाङलाई ग्याँस सिलिण्डर चोरी गरेको आरोपमा ईलका प्रहरी कार्यलय धरानले पक्राउ गरेको हो । उनले धरान १७ का श्री प्रसाद राईको किरना पसलबाट गत जेठ २४ गते ग्याँस सिलिण्डर चोरेको आरोप लागेको थियो । यस अघि पनि उनि २०७४ माघ २३ गते लागुऔषध सहित पक्राउ परेका उलाई जिल्ला अदालत सुनसरी धरौटिमा रिहा गरेको थियो ।
धरान/ नेपालमा थप २१३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमित संख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलको नियिमित प्रसे व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा .बिकास देबकोटाले आज थप २१३ जना संक्रमित थपिएको जानकारी दिएको हुन् । देबकोटाका अनुसार आज थपिएका नयाँ संक्रमितहरु मध्ये २ सय ९ पुरुष र ४ महिला हुन् । नेपालमा कोरोना भाइरसका संक्रमितहरु मध्ये ४ सय ६७ जना निको भएर घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ । हालसम्म देशका ७० जिल्लामा संक्रमित भेटिइकेका छन् ।
उदयपुर / उदयपुरमा आज भेटिएका ३ जना संक्रमितहरुलाई बिराटनगर स्थित कोभिड १९ उपचार केन्द्रमा पुर्याइएको छ । जेठ १५ गते भारतको सिलोङबाट आएर रामपुर स्थित क्वारेन्टाईनमा बस्दै आएका १ जना महिला र एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यस्तै काठमाण्डौबाट आएका एक जना पुरुषमा संक्रमण देखिएको छ । उनि चौदण्डीगढी नगरपालीकामा रहेको क्वारैन्टाईनमा बस्दै आएका थिए । जनस्वास्थ्य कार्यलयका अनुसार ३८५ जनामा गरीएको परीक्षणमा २९ जनाको नेगेटिभ आएको थियो भने ३ जनाको रिर्पोट पोजेटिभ आएको छ बाँकी ३५३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
विवादास्पत मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सोमबार सचिवालय समितिको बैठक बोलाएको छ । सचिवालय बठैक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजेका लागि बोलाइएको हो । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी पक्षमा छन् भने अर्का अध्यक्ष प्रचण्डसहितका नेताहरुले एमसीसीबारे अध्ययन गर्न पार्टीले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा बनाएको कार्यदलको प्रतिवेदनबारे स्थायी कमिटीमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् । उक्त कार्यदलले एमसीसी सम्झौता परिर्माजन नगरी संसदबाट पास गर्न नहुने सुझाव दिएको छ ।
उदयपुर/ कोरोना संक्रमण को हटस्पटको रुपमा चिनिएको उदयपुरमा फेरी ३ जना संक्रमित थपिएका छन् । जनस्वास्थ्य कार्यालय उदयपुरका अनुसार भारतबाट आएर बेलका नगरपालिकामा क्वारेन्टाइनमा बसेका १ जना पुरुष र १ जना महिला गरि २ र चौदण्डीगढि नगरपालिकाका १ जना स्थानीयमा गरि ३ जनामा संक्रमण पुष्टि भएको हो । भारतबाट आएर गाईघाटको मोतिगडा क्वारेन्टाइनमा रहेका ५४ जना रिपोर्ट आउन बाँकी रहेको छ । यो सगै उदयपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
नेपाल पत्रकार महासंघ सुनसरीले लकडाउनका कारण समस्यामा परेका एक विपन्न परिवारलाई शनिवार राहत प्रदान गरेको छ । धरान ६ न. वाड पानबारी स्थित चन्द्रकला राईको परिवारलाई महासंघले राहत प्रदान गरेको हो । उनकै निवासमा गएर महासंघ सुनसरीका अध्यक्ष विकास चाम्लिङ राई, सचिव शिसिर राई र नेपाल पत्रकार महासंघका प्रदेश १ पार्षद राणध्वज लोहारले राहत प्रदान गरेका हुन । राहत सामग्री स्वरुप २० केजि चामल, २ केजि चना, १ केजि मटर , १ केजि दाल, १ लिटर तेल, एक केजि नुन , विस्कुट र चकलेट प्रदान गरिएको थियो । कोरोना भाइरसको कारण लागु गरिएको लकडाउनको कारण दैनिक गुजारा गर्न समस्यामा परेकि राईकी श्रीमान दुई वर्ष अघि वितेका हु
धरान । गत विहिबार धरान १५ स्वीमिङ पुल छेउ भएको आगलागीबाट पिडित परिवारलाई होप धरानले खाद्यान्न सहित लत्ता कपडा र नगद सहयोग गरेको छ । स्थानीय नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै घरभाडामा बस्दै आएका परिवारलाई राहत स्वरुप खाद्यान्न तथा नगद सहयोग गरेको हो । उनीहरुलाई होप धरानले ७ हजार मुल्य बराबरको खाद्यान्न सहित लत्ताकपडा र ३ हजार रुपैया नगद प्रदान गरेको छ । शनिबार होप धरानको आयोजना र राकेश खड्गीको संयोजनमा कोभिड १९ धरान एक्सन तथा अवेयरनेश गु्रपको विशेष सहयोगमा घरभाडामा बस्ने लिम्बुपरिवारलाई खाद्यान्न तथा नगद प्रदान गरेको होप धरानका संयोजक निश्चल पलिखेले बताए । सहय
धरान । दलित समुदायको अधिकार प्राप्तीका लागि कानुन बने पनि सचेतनामुलक कार्य गर्न नसक्दा कार्यान्यवन हुन नसकेको प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराइलीले बताएकी छिन् । राज्यले बनाएका कानुन कार्यान्यवनमा फितलो हुँदा अहिले पनि समुदाय माथिको विभेद कायमै रहेको बताउँदै उनले सचेतनाका लागि सञ्चारक्षेत्रको भुमिका महत्वपुर्ण रहने बताईन् । पिस मिडिया ग्रुप धरानको आयोजनामा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको संयोजनमा भएको दलित मुद्धामा खोज पत्रकारिता तालिमको उदघाटनमा बोल्दै संसद बराइलीले छुवाछुत देखि बाहेकका दलित सवालहरुमा खोजपत्रकारिता गर्नुपर्नेमा जोड दिईन् । उनले दलित समुदाय माथि हुने गरेको वि