धरान । दलित समुदायको अधिकार प्राप्तीका लागि कानुन बने पनि सचेतनामुलक कार्य गर्न नसक्दा कार्यान्यवन हुन नसकेको प्रदेश नम्बर १ की प्रदेश सभा सदस्य उमिता बराइलीले बताएकी छिन् ।
राज्यले बनाएका कानुन कार्यान्यवनमा फितलो हुँदा अहिले पनि समुदाय माथिको विभेद कायमै रहेको बताउँदै उनले सचेतनाका लागि सञ्चारक्षेत्रको भुमिका महत्वपुर्ण रहने बताईन् ।
पिस मिडिया ग्रुप धरानको आयोजनामा राष्ट्रिय दलित पत्रकार संघ सुनसरीको संयोजनमा भएको दलित मुद्धामा खोज पत्रकारिता तालिमको उदघाटनमा बोल्दै संसद बराइलीले छुवाछुत देखि बाहेकका दलित सवालहरुमा खोजपत्रकारिता गर्नुपर्नेमा जोड दिईन् । उनले दलित समुदाय माथि हुने गरेको विभेदको समस्या देशकै समस्याको रुपमा रहेकाले कानुन कार्यान्यवनमा बाध्यकारी अवश्था निर्माण नगरे सम्म परिवेश नबदलिने उनले बताईन् ।
उनले भनिन्, ‘नेपालको संविधानमा विभेद हटाउनका लागी कानुन भएपनि बल लगाएर यसको पालना गर्नका लागी कुनै प्रकारको पहल गरिएको पाइदैन, यो एउटा समुदायको मात्र नभएर समग्र राज्यको समस्या हो, सबैको भुमिका महत्वपुर्ण रहनेछ, त्यसमा पनि सञ्चारक्षेत्रको विशेष ध्यान पुग्न जरुरी रहेको छ ।’
कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ प्रदेश १ का सचिव रणध्वज लोहारले सञ्चारको विकाससँगै पत्रकारहरु बाँच्ने आधार बनेको भएपनि दलित युवाहरू पछिल्लो समयमा पत्रकारीताबाट पलायन हुँदै गएको बताए । पत्रकारीतामा हुने चुनौतीका कारण यो अवस्था सृजना भएपनि अबको दिनमा दलित पत्रकारहरू संगठित भइ पेशागत विकासका लागी विभिन्न कार्यक्रमहरूको आयोजना गरी युवाहरूलाई यस क्षेत्रमा ल्याउन संघले प्रोत्साहन गर्ने बताए ।
त्यसै गरि कार्यक्रममा दलित विकाश समितीका सदस्य सचिव तथा पत्रकार तारा लामगादेले दलित समुदायको अवश्था र आर्थिक, राजनैतिक, शैक्षिक अवश्थालाई उजागार गर्न खोजपत्रकारिताले मद्धत पुग्ने बताए । समुदायको अवश्थालाई रुपान्तरण गर्न सक्ने वातावरण तयार गर्न उनले आग्रह गरेका छन् ।
दलित समुदायको मुद्धालाई दरिलो ढंगबाट कसरी उठाउन सकिन्छ भन्ने विषयमा गम्भीर भएर लाग्नु पर्ने नेपाल साहित्यीक पत्रकार संघ प्रदेश नम्बर १ का अध्यक्ष लम्जेल संघर्षशिलले बताए । सञ्चारक्षेत्रबाट दलितको अवश्थालाई परिवर्तन गर्नका लागि रणनिति तयार गरेर अघि बढ्न जरुरी रहेको उनको भनाई छ । तालिममा सुनसरी जिल्लाका करिब २५ जनाको सहभागिता रहेको थियो ।
दलित समुदायमा हुने विभेद यथावत रहेको अवस्थामा यसै विषयमा केन्द्रित भई तालिम आयोजना गरिएको राष्ट्रिय दलित पत्रकार संघ सुनसरीका अध्यक्ष दिनेश गजमेरले बताए ।
रूकुमको चौरजहारीमा भएको हत्याकाण्डा तथा कोरोनाको महामारीका बेला क्वारेन्टाइनमा दलित भान्से भएकै कारण कुटाइ खानुपरेको घटना हामीलाई थाहा छ । यस्तो परिवेशमा विभेदको विषयमा जति बोले पनि कम हुने उनले बताए । यो संगै अब दलितको अन्य मुद्दाहरू के छन यस विषयमा जानकार हुन र विषय उठान कसरी गर्ने भन्ने सचेतनको लागी तालिमको आयोजना गरिएको गजमेरले बताए ।
खोज पत्रकारीताको माध्यमबाट दलित विभेदका बारेमा कस्ता विषय उठाउन सकिन्छ भन्ने बिषयमा पत्रकारहरुलाई नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य गणेश लम्सालले प्रशिक्षण दिएका थिए । तालिममा सुनसरीका बिभिन्न स्थानहरुबाट २० जना दलित तथा गैर दलित पत्रकारहरूको सहभागीता रहेका थिए ।
कार्यक्रमलाई प्रदेश नंम्बर १ की सांसद उमिता बराईलीको निर्वाचन बिकास कोषको आर्थिक सहयोगमा अयोजना भएको हो ।