आगलागी पिडितलाई होप धरानको सहयोग

  • जेठ २५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गत विहिबार धरान १५ स्वीमिङ पुल छेउ भएको आगलागीबाट पिडित परिवारलाई होप धरानले खाद्यान्न सहित लत्ता कपडा र नगद सहयोग गरेको छ ।

स्थानीय नर बहादुर श्रेष्ठको घरमा आगलागी हुँदा दुई जनाको मृत्यु हुनुका साथै घरभाडामा बस्दै आएका परिवारलाई राहत स्वरुप खाद्यान्न तथा नगद सहयोग गरेको हो । उनीहरुलाई होप धरानले ७ हजार मुल्य बराबरको खाद्यान्न सहित लत्ताकपडा र ३ हजार रुपैया नगद प्रदान गरेको छ ।

शनिबार होप धरानको आयोजना र राकेश खड्गीको संयोजनमा कोभिड १९ धरान एक्सन तथा अवेयरनेश गु्रपको विशेष सहयोगमा घरभाडामा बस्ने लिम्बुपरिवारलाई खाद्यान्न तथा नगद प्रदान गरेको होप धरानका संयोजक निश्चल पलिखेले बताए । सहयोग रकमहरु होप धरानकी सल्लाहाकार शिला बज्राचार्य, सदस्य रोमा खतिवडाले दिएका थिए ।

कार्यक्रममा महिला संजालकी सदस्य शुभेच्छा अधिकारी सहित वडा नम्बर १५ का बुद्धिजिवीहरुको उपस्थिती रहेको थियो ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved