विराटनगर । प्रदेश प्रहरी कार्यालय प्रदेश नं. १ मा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्की र जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा भई आएका प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काललाई विराटनगरका उद्योगी व्यवसायीले स्वागत गरेका छन् । उद्योग संगठन मोरङले विहीबार स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना औपचारिक रुपमा डिआईजी र एसपीलाई न्यानो स्वागत गरेको हो । भेटघाट तथा स्वागत कार्यक्रममा उद्योग संगठन, मोरंगका अध्यक्ष भीम घिमिरेले यस क्षेत्रका उद्योग÷व्यवसायको सम्बद्र्धनका लागि प्रदेश र स्थानीय प्रहरी प्रशासनसंग संगठनले समन्वय गर्दै आएको बताए । भने,“निजी क्षेत्र र प्र
धरान/ धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आज थप २१ जना डिस्चार्ज भएका छन् । १८ महिना देखि ६० वर्ष सम्मका मोरङका २०, सुनसरीका १ जना सहित जम्मा २१ जना आज डिस्चार्ज भएको प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार उनिहरु जेठ २ गते प्रतिष्ठानको आइसोलेशन वार्डमा उपचाररत थिए । प्रतिष्ठानमा हाल ३२ जना उपचाररत छन् भने १७६ जना निको भएर प्रतिष्ठानबाट डिस्चार्ज भएका छन् ।
विराटनगर । प्रदेश नम्बर १ बाट कोरोना ठिक भई विहीबार ७० जना डिस्चार्ज भएका छन् । मोरङको गोठगाउँमा अवस्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन सेन्टरमा उपचाररतमध्ये ७० जना डिस्चार्ज भएका हुन । कोरोना ठिक भई डिस्चार्ज हुनेहरुमा मोरङका १२, झापाका २९, सुनसरीका २०, इलामका २,उदयपुरका ४, पाँचथर,भोजपुर र ताप्लेजुङका एक एक जना छन् । उनीहरु जेठ २५ देखि ३० गतेसम्म भर्ना आईसोलेसनमा भर्ना भएका थिए । डिस्चार्ज हुनेमा १५ देखि ४८ वर्ष उमेर समूहका रहेको पूर्वाञ्चल विश्वविद्यालयका डिन डा.शैलेशमणि पोखरेलले जानकारी दिएका छन् । उनीहरुलाई बिदाइ गर्न स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतसहित
आज थप ४३४ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप ३३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । संक्रमित मध्ये ४८ महिला र ३८६ जना पुरुष रहेको उनले बताए । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा आइसीयुमा भर्ना भएका स्याङजाका ५५ वर्षीय पुरुष र ललितपुरको महालक्ष्मीस्थान नगरपालिका बसोबास गर्ने ५० बर्षका पुरुषको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्
आकाक्षा नेपालले अगुवा महिलाहरुका लागि उद्यमशिलता विकास तालिम प्रदान गरेको छ । बुधबार, सृजनशिल नेपाल धरान ६ को सभा हलमा तालिम सम्पन्न भएको थियो । उद्यमी महिलाहरुबाट समृद्ध समाजको विकास गर्न लक्ष्य हासिल गर्न सकिन्छ भन्ने धारणाका साथ तालिम आयोजना गरिएको थियो । सहभागीहरुमा उद्यमशिलता अभिवृद्धि गर्नु तालमको उद्देश्य रहेको थियो । तालिममा उद्यमशिलता र व्यवसायको अवधारणाको बारेमा चर्चा गरिएको थियो । उद्यमशिलताले नाम र दाम कमाउन सहयोग गर्दछ त्यसका लागि सृजनशिलतकामको आवश्यकता पर्दछ भन्ने विषयमा छलफल भएको थियो । नयाँ व्यवसाय सृजना, अवशरको विश्लेषण, स्रोत व्यवस्थापन, वजारको खोजी सम्बन्धी विषयमा ता
धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को अनुमानित ४४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको सातौं गाउँसभा मार्फत गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले उक्त बजेट सार्वजनिक गरेकी हुन् । सभामा प्रस्तुत गरिएको बजेट अन्तरगत पूँजीगत तर्फ ११ करोड ३२ लाख र चालु खर्चतर्फ ११ करोड ४३ लाख २१ हजार नौ सय रहेको छ भने सशर्त अनुदानतर्फ २१ करोड ३८ लाख गरी ४४ करोड १३ लाख २१ हजार नौ सय रहेको गाउँपालिका उपाध्यक्ष रुचालले बताईन् । विनियोजित रकम मध्ये सशर्त अनुदान बाहेकको आन्तरिक आयतर्फको कुल रकम २२ करोड ७५ लाख २१ हजार नौ सय रहेको छ । उक्त रकम मध्ये व्यय शिर्षकको पूँजीगततर्
काठमाडौं – काठमाडौंको टोखामा आफ्नै श्रीमानको चक्कु प्रहार बाट श्रीमतीको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयलका अनुसार बुधबार राति करिब १ बजेको समयमा उनिहरु बिच विवाद भएको र साही विवादको क्रममा चक्कु प्रहार गरि श्रीमति सलिना खड्काको हत्या गर्ने श्रीमन ४३ वर्षीय कृष्णहरि बानियाँलाई बिहिबार बिहानै प्रहरीले पक्राउ गरेको छ । चक्कु प्रहारबाट सलिनाको घटना स्थलमै मृत्यु भएको र शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
काठमाडौं / भारतीय चर्चित अभिनेता सुशान्त सिहं राजपुतले गत जेठ ३२ गते मुम्बईको बान्द्रास्थित आफ्नै घर झुडिएर आत्महत्या गरेका थिए । उक्त घटना पश्चात बलिउड जगतमा नेपोटिज्म को विषयमा बहस सुरु भएको छ । उनका समर्थक तथा केही सहकर्मीहरुले उनको आत्महत्या नभई हत्या भएको बताउदै आएका थिए । उक्त कुराले बलिउड जगतमा नेपोटिजमको बहस चर्किएको थियो । सुशान्तको निधनपछि प्रहरीले उनको परिवार, साथीहरु, घरमा काम गर्ने स्टाफ, प्रेमिका, म्यानेजर लगायतसँग बयान लिएको थियो । निधन भएको ११ औं दिनमा उनको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार सुशान्तले झुण्डिएर आत्महत्या गरेको बताइएको छ । पोष
धरान/ प्रतिवन्धित नेकपा विपल्व समूहका जिल्ला ईन्चार्ज रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ । प्रदेश १को क्षेत्रीय अनुसन्धान समूह आरआईटि र ईलका प्रहरी कार्यलय धरानको संयुक्त टोलिले धरान वडा नम्बर १५ को एक घरबाट पक्राउ गरेको हो । उनको साथबाट २ वटा मोबाईल सेट र ६ वटा सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । साथै सोधपुछको क्रममा उनले प्रयोग गर्ने मोटरसाईकल धरान १५ स्थित रामहंसमार्गमा पार्किङ गरेर राखेको मोटरसाईकल बिहिबार बिहान तलासी गर्ने क्रममा प्रहरीले सिट मुनि प्लाष्टिकको झोलामा लुकाएर राखेको अवस्थामा १ थान पोस्तोको नाल १ थान म्यागेजिनमा लोड भएको ३ राउण्ड गोली बरामद गरेको इप्रका धरानले जनाए
विराटनगर । प्रदेश १ सरकारले सांसदले सदनमा उठाएको सवालमा चासो नदिएको भन्दै नेकपाकी सांसद कला घलेले आज शून्य समयमा दुबै कान थुनेरै बोलेकी छन् ।प्रदेश १ को सरकार ‘कामकाजी हौं कि नामकाजी हौं’ प्रस्ट हुनुपर्छ भन्दै उनले सरकारद्वारा सांसदले उठाएको सवाल नसुन्ने गरिएको र आँफूले कान थुनेर समस्या राखेको स्पष्ट गरिन । “प्रदेश सरकारले सुनुवाई त गर्नुपर्छ नी ! मन्त्रीकै निर्वाचन क्षेत्रमा योजना हुलका हुल छन्,” उनले भनिन्,“यो तरिकालो सुनुवाई नभएकोले कान थुनेर शुन्य समयमा बोलेको हुँ ।” सांसद घलेले उदयपुरको महाभारत एकीकृत पर्यटन पार्क निर्माण भएको तर निर्माण समितिले प्रदेश