धनकुटाको चौबिसे गाउँपालिकाद्वारा ४४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक

  • असार ११, २०७७
  • "सन्तोष रुचाल"
alt

धनकुटा/ धनकुटाको चौबिसे गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को अनुमानित ४४ करोड १३ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

गाउँपालिकाको सातौं गाउँसभा मार्फत गाउँपालिका उपाध्यक्ष यज्ञकुमारी रुचालले उक्त बजेट सार्वजनिक गरेकी हुन् ।

सभामा प्रस्तुत गरिएको बजेट अन्तरगत पूँजीगत तर्फ ११ करोड ३२ लाख र चालु खर्चतर्फ ११ करोड ४३ लाख २१ हजार नौ सय रहेको छ भने सशर्त अनुदानतर्फ २१ करोड ३८ लाख गरी ४४ करोड १३ लाख २१ हजार नौ सय रहेको गाउँपालिका उपाध्यक्ष रुचालले बताईन् । विनियोजित रकम मध्ये सशर्त अनुदान बाहेकको आन्तरिक आयतर्फको कुल रकम २२ करोड ७५ लाख २१ हजार नौ सय रहेको छ । उक्त रकम मध्ये व्यय शिर्षकको पूँजीगततर्फ ११ करोड ३२ लाख र चालु खर्च तर्फ तर्फ ५ करोड ७४ लाख ८० हजार रहेको छ ।

गाउँसभाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणको लागि कोरोना व्यवस्थापन कोष स्थापना गरी छुट्टै बजेट विनियोजन गरेको छ । विषयगत शिर्षक अन्तरगत शिक्षामा १ करोड ४२ लाख ६ हजार, स्वास्थ्यमा ६६ लाख ८८ हजार ९ सय, कृषितर्फ ९४ लाख ९० हजार, पशुतर्फ ८३ लाख १५ हजार र खेलकुद तथा सांस्कृतिक विकासतर्फ ३३ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै सामाजिक विकासतर्फ १ करोड ३० लाख ७२ हजार, कोरोना व्यवस्थापन कोषमा ४० लाख, विपत व्यवस्थापनमा १० लाख र कन्टिन्जेन्सीतर्फ ५ लाख गरी ५ करोड ६८ लाख ४१ हजार नौ सय रुपैयाँ विनियोजन गरिएको छ ।

वडागत तर्फ आर्थिक वर्ष २०७७/०७८ को लागि छनौट गरिएको योजना अनुसार पूँजीगत र लक्षित गरी वडा नं. १ लाई ३२ लाख ५० हजार, वडा नं. २ लाई ३४ लाख, वडा नं. ३ लाई ३३ लाख ५० हजार, वडा नं. ४ लाई ३२ लाख, वडा नं. ५ लाई ३५ लाख, वडा नं. ६ लाई ३२ लाख, वडा नं. ७ लाई ३२ लाख र वडा नं. ८ लाई ३३ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

पाँचथरमा श्रीमानको क ...

पाँचथर/ पाँचथरको याङवरक गाउँपालिका–५ स्थित द ...

धरानका मासु पसल अव्य ...

धरान/ धरान उपमहानगरपालिकाको बजार अनुगमन शाखाले सरोकारवा ...

सामाजिक सुरक्षा कार् ...

धनगढी । सार्वजनिक यातायात क्षेत्रको संरचना परिवर्तनले ल ...

विषालु च्याउ खाँदा इ ...

इलाम/  इलामको माङसेबुङ गाउँपालिका–५ मा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved