काठमाडौं – काठमाडौंको टोखामा आफ्नै श्रीमानको चक्कु प्रहार बाट श्रीमतीको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयलका अनुसार बुधबार राति करिब १ बजेको समयमा उनिहरु बिच विवाद भएको र साही विवादको क्रममा चक्कु प्रहार गरि श्रीमति सलिना खड्काको हत्या गर्ने श्रीमन ४३ वर्षीय कृष्णहरि बानियाँलाई बिहिबार बिहानै प्रहरीले पक्राउ गरेको छ ।
चक्कु प्रहारबाट सलिनाको घटना स्थलमै मृत्यु भएको र शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग गोंगबु र महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।