आकाक्षा नेपालले अगुवा महिलाहरुका लागि उद्यमशिलता विकास तालिम प्रदान

  • असार ११, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

आकाक्षा नेपालले अगुवा महिलाहरुका लागि उद्यमशिलता विकास तालिम प्रदान गरेको छ । बुधबार, सृजनशिल नेपाल धरान ६ को सभा हलमा  तालिम सम्पन्न भएको थियो ।

उद्यमी महिलाहरुबाट समृद्ध समाजको विकास गर्न लक्ष्य हासिल गर्न सकिन्छ भन्ने धारणाका साथ तालिम आयोजना गरिएको थियो । सहभागीहरुमा उद्यमशिलता अभिवृद्धि गर्नु तालमको उद्देश्य रहेको थियो । तालिममा उद्यमशिलता र व्यवसायको अवधारणाको बारेमा चर्चा गरिएको थियो ।

उद्यमशिलताले नाम र दाम कमाउन सहयोग गर्दछ त्यसका लागि सृजनशिलतकामको आवश्यकता पर्दछ भन्ने विषयमा छलफल भएको थियो । नयाँ व्यवसाय सृजना, अवशरको विश्लेषण, स्रोत व्यवस्थापन, वजारको खोजी सम्बन्धी विषयमा तालिम केन्द्रित रहेको थियो ।

महिला विकासमा प्रभाव पर्ने मूख्य कुरा सम्पत्ती र निर्णायक तहमा महिलाको पहुच रहेको विषयलाई प्रशिक्षकहरुले जोड दिएका थिए । समाज र परिवारको अभिन्न अंगको रुपमा रहेको महिलाहरुको विकासमा उद्यमशिलता तालमले महत्वपूर्ण प्रभाव पर्ने र महिला भित्र अन्तरनिहित सम्भावना उजागर हुने कुरा आकांक्षा नेपालका अध्यक्ष रत्न राईले बताए । 

तालिममा सहभागि हुदा हरेक कामलाई कसरी उत्पादनमुलक र आयमुलक बनाउन सकिन्छ भनेर तालिमले आफुहरुलाई सोच्न सक्ने बनाएको सृजनशिल नेपालकी सचिव सरस्वती बस्नेतले बताए ।

आफ्नो घर र समुदाय भित्र रहेको अवस्थालाई विश्लेषण गरेर नयाँ व्यवसाय सृजन गर्न आफुहरु प्रेरित रहेको सहभागी राम विष्टले बताए ।

सृजनशिल नेपाल धरान ६ का २५ जना  सहभागी भएका थिए ।

तालिमको सहजिकरण मोहन श्रेष्ठ र अर्चना ढकाल र विष्णु बरालले गरेका थिए ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved