समाचार

    Showing 9,521-9,530 of 10,062 items.
  • लकडाउन खुकुलो भए संगै पेट्रोलियम पदार्थको मुल्य वृद्धि

    लकडाउनमा बन्द रहेको यातायातका सवारी साधनहरु अहिले खुकुलो मात्रामा संचालन हुन थाले पछि पेट्रोलियम पदार्थमा पनि मुल्य  वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।निगमले मंगलबार मध्यराति गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढेको छ । त्यस्तै डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ। मूल्य बृद्धि भएपछि पेट्रोलको मूल्य प्रति लिटर १ सय १ रुपैयाँ पुगेको छ । डिजेल र मटितेलको मूल्य ८७ रुपैयाँ पुगेको छ ।भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प

    • प्रकाशित मितिः असार १७, २०७७
    • 1,558 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी, प्रदेश कानुन आउँदै

    विराटनगर । प्रदेश १ मा ११ हजार प्रदेश प्रहरीको दरबन्दी रहने भएको छ । प्रदेश सरकार मातहत रहने प्रदेश प्रहरीको संख्याबारे सैद्धान्तिक सहमति भईसकेको आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले औपचारिक रुपमै जानकारी गराएका छन् । प्रदेश सरकारले सदनमा प्रदेश प्रहरी सम्बन्धी विधेयक ल्याउने तयारी थालिसकेको छ । आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक मामिला मन्त्रालयतर्फ विनियोजित शीर्षकको विषयमा प्रदेशसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदैं कार्कीले भने,“हामीले प्रदेश प्रहरी जम्मा ११ हजार राख्न सैद्धान्तिक सहमति गरिसकेका छौं । संघीय सरकारले राशन र पोशाक व्यवस्थापन गरिदिने भनेको छ । हामीले स

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,164 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा मंगलबार थपिए ११ कोरोना संक्रमित

    विराटनगर । प्रदेश १ मा मंगलबार कोरोनाका ११ जना संक्रमित थप भएका छन् । यसरी थपिनेमा २ महिला र ९ पुरुष छन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा ५, संखुवासभामा ३, सुनसरीमा २ र खोटाङमा १ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १ , कन्काईनमा ४, संखुवासभाको सभापोखरीमा ३, सुनसरीको इनरुवामा २ र खोटाङको दिक्तेलमा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ । प्रदेश १ मा आज ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ८ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,579 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विभिन्न दुर्घटनामा ३ जनाको मृत्यु

    विराटनगर । प्रदेश १ का विभिन्न जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियाको मृत्यु भएको छ । धनपालथान गाउँपालिका वडा नम्बर ६ का लखना रायको खेत जोज्दै गर्दा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई मियालाई चेपेको थियो । घटनाबारे छानबिन थालिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । उता,धनकुटाको साँगुरीगढी गाउँपालिका ६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमवार राति विराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४३६६

    • प्रकाशित मितिः असार १६, २०७७
    • 898 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा वैज्ञानिक वन व्यवस्थापन नरोक्ने मन्त्री कुसियैतको स्पष्टोक्ति

    विराटनगर । प्रदेश १ मा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई निरन्तरता दिइने प्रदेश सरकारले स्पष्ट गरेको छ ।वन मास्ने र केही मानिसहरुले मात्र फाइदा लिने दिशामा कार्यक्रम गएको भन्दै प्रदेश १ संसदमै विरोध भएपछि त्यसबारे वन पर्यटन उद्योग तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले स्पष्ट गरेका छन् । उनले भने,“केही कमजोरी भएका छन् भने त्यसलाई सुधार गर्न सकिन्छ तर वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम एउटा व्यवस्थित कार्यक्रम हो ।” नेकपाका सांसदले वैज्ञानिक वन व्यवस्थापन भनिएपनि सर्पट कटानले रुख मासिने खतरा भएको, वनका कर्मचारी र मन्त्रालयका केही मानिसले फाइदा लिएको भन्दै संसदमार्फत यो कार्यक

    • प्रकाशित मितिः असार १६, २०७७
    • 1,203 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गुठीका जग्गा सुकुमबासीलाई वितरण गर्न प्रदेश १ सरकार समक्ष माग

    विराटनगर । नेकपाकी सांसद पदमकुमारी गुरुङले संविधानमा उल्लेख भएअनुसार प्रदेशमा पनि कानुन बनाएर गुठी जग्गामा बसोबास गरिरहने मानिसहरुको पीडा कम गर्नु पर्ने भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरेकी छन् । उनले भनिन्,“गुठी जग्गामा बस्नेहरुको लालपूर्जा छैन । गुठी जग्गालाई रैकरमा परिवर्तन गरेर जनतालाई उपलब्ध गराइयोस । सुकुम्बासीलाई पनि भूमिको व्यवस्था गरेर लालपूर्जा वितरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” उनले आर्थिक वर्ष २०७७÷०७८ को छलफल भईंरहेको र संखुवासभा जिल्ला पनि प्राकृतिक सुन्दर र पर्यटकीय संभावनाको क्षेत्र भएकोले त्यहाँ पर्यटनको विकासको लागि सरकारले ध्यान दिनुपर्नेमा

    • प्रकाशित मितिः असार १६, २०७७
    • 846 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोशी राजमार्गमा दुर्घटना हुदाँ एकको मृत्यु

    धनकुटा, १६ असार ÷कोशी राजमार्ग अन्तरगत धरान धनकुटा सडकखण्डको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा ट्रक दुर्घटना हुदाँ ट्रक चालकको मृत्यू भएको छ । विराटनगरबाट फलाम, रड लगायतका सामान बोकेर संखुवासभातर्फ जादैं गरेको को.१ ख ४३६६ नम्बरको ट्रक गएराति ९ बजे अनियन्त्रित भई अचानक दुर्घटना हुदाँ ट्रक चालक २९ वर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यू भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी ध्रुवकुमार श्रेष्ठले बताए । ट्रकका सहचालक तथा गाडी मालिक मानबहादुर कार्की भने सामान्य घाईते भएका छन् । उनी अहिले भेडेटार प्रहरी चौकीको नियन्त्रणमा रहेका छन् । दुर्घटनामा मृत्यू भएका चालक श्रेष्ठको लास

    • प्रकाशित मितिः असार १६, २०७७
    • 956 पटक पढिएको
    • "सन्तोष रुचाल"
  • प्रदेश १ मा २१ प्रतिशत मात्रै धान रोपाई

    धरान । धान उत्पादनको उर्भरभुमि मानिने प्रदेश १ मा असार १४ सम्ममा २१ प्रतिशत मात्रै धान रोपाईँ भएको छ । प्रदेश १ मा धानखेती हुँदै आएको ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये ७३ हजार २ सय २३ दशमलव २५ हेक्टरमा मात्र धान रोपाईँ भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले असार १४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष १७ दशमलव ०४ प्रतिशत रोपाई भएको थियो । सोलुखुम्बुमा सबैभन्दा बढी ६० प्रतिशत धान रोपाईं सकिएको छ । ताप्लेजङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा १४ प्रतिशत धान रोपाईं भए

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,722 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्मिताको हत्यारा सार्वजनिक,यौन हिंसा र पैसा हत्याको कारण

    हेटौंडा, आफ्नै परिवारबाट हेटौंडाकी २२ वर्षीया सुस्मिता केसी ९थापा०को हत्या मुख्यतः दुई कारणले भएको प्रहरीले निष्कर्ष निकालेको छ । हत्याकाण्डमा संलग्नताको आरोपमा पक्राउ परेका ४ जनालाई सोमबार सार्वजनिक गर्दै मकवानपुर प्रहरीले ससुराबाट भएको बलात्कार प्रयासको घटना लुकाउन र आर्थिक कारणले सुनियोजित हत्या भएको जानकारी दिएको छ । प्रहरीले ससुरा ५८ वर्षीय प्रकाश थापा, सासू तुलसा कुमारी थापा, जेठी नन्द दुर्गा थापा ९कार्की० र २३ वर्षीय नन्द सीता थापालाई सार्वजनिक गरेको छ । मकवानपुर प्रहरीका अनुसार ससुरा प्रकाशले बुहारी सुस्मितालाई घरको बाथरुममा बलात्कार प्रयास गरेका थिए ।  ससुराले घरमा रहेको

    • प्रकाशित मितिः असार १५, २०७७
    • 1,591 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाको बजेट सार्वजनिक

    धनकुटा, १५ असार ÷धनकुटा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७७÷०७८ को लागि धनकुटा नगर सभाको सातौं अधिवेशन मार्फत बार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । वार्षिक नीति तथा कार्यक्रममा कोभिड–१९ को रोकथाम, शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार, कृषि तथा औधोगिक उत्पादन र विकास निर्माणको कार्यलाई तिब्रता, बालविकास कार्यक्रमलाई समेटिएको छ । मेयर कृषि पर्यटन कार्यक्रम, शहरी शासकिय क्षमता विकास कार्यक्रम, जलवायू अनुकुलन नमुना गाउँ कार्यक्रम (सिएसभी), एभोकार्डो अनुसन्धान तथा सिकाई केन्द्र, आफ्नै देशमा श्रम गरौं, नजाउँ विदेशमा भन्ने मुल ध्येयको साथ १ सय जना बेरोजगार युवाहरुल

    • प्रकाशित मितिः असार १५, २०७७
    • 903 पटक पढिएको
    • "सन्तोष रुचाल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved