विभिन्न दुर्घटनामा ३ जनाको मृत्यु

  • असार १६, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर । प्रदेश १ का विभिन्न जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
मोरङको धनपालथान गाउँपालिका–५ मा ट्याक्टरमा खेतमा काम गर्दै गरेका स्थानीय २२ बर्षीय मो.सजाद मियाको मृत्यु भएको छ ।

धनपालथान गाउँपालिका वडा नम्बर ६ का लखना रायको खेत जोज्दै गर्दा को २ त ६२१८ नम्बरको ट्याक्टर अचानक पल्टिई मियालाई चेपेको थियो । घटनाबारे छानबिन थालिएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चालक र ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता,धनकुटाको साँगुरीगढी गाउँपालिका ६ कार्की छापमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सोमवार राति विराटनगरबाट धनकुटातर्फ जाँदै गरेको को १ ख ४३६६ नम्बरको ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा सडक नजिकै रहेको कल्पना सुब्बाको घरलाई समेत क्षति पुर्याइ  सडकबाट अन्दाजी ५० मिटर तल खस्दा ट्रक चालक मोरङको सुन्दरहरैचा नगरपालिका ९ का २९ बर्षीय राजु श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

यसैगरी झापाको भद्रपुर नगरपालिका १० का २६ वर्षीय राम हेमरनको करेन्ट लागेर मृत्यु भएको छ । सेती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा अचानक आफैलाई करेन्ट लाग्दा हेमरनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

भुक्तानी रोकेको भन्द ...

धरान/ धरान उपमहानगरपालिकामा सम्पन्न योजनाको भुक्तानी रो ...

इन्द्रप्रस्थ जेष्ठ न ...

धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई ...

रक्तदान जीवनदान : वर ...

वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी ...

भ्रष्टाचार, अतिक्रमण ...

धरान/ शनिबार धरानमा भ्रष्टचार र अतिक्रमण विरुद्धको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved