लकडाउन खुकुलो भए संगै पेट्रोलियम पदार्थको मुल्य वृद्धि

  • असार १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

लकडाउनमा बन्द रहेको यातायातका सवारी साधनहरु अहिले खुकुलो मात्रामा संचालन हुन थाले पछि पेट्रोलियम पदार्थमा पनि मुल्य  वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलको मूल्य बढाएको हो ।
निगमले मंगलबार मध्यराति गरेको निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढेको छ । त्यस्तै डिजेल र मटितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको छ।

मूल्य बृद्धि भएपछि पेट्रोलको मूल्य प्रति लिटर १ सय १ रुपैयाँ पुगेको छ । डिजेल र मटितेलको मूल्य ८७ रुपैयाँ पुगेको छ ।
भारतीय आयल कर्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाएर सूची पठाएपछि मूल्य बढाउनु परेको निगमले जानकारी दिएको छ ।
खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको निगमको भनाइ छ ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved