प्रदेश १ मा २१ प्रतिशत मात्रै धान रोपाई

  • असार १५, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धान उत्पादनको उर्भरभुमि मानिने प्रदेश १ मा असार १४ सम्ममा २१ प्रतिशत मात्रै धान रोपाईँ भएको छ ।

प्रदेश १ मा धानखेती हुँदै आएको ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफल मध्ये ७३ हजार २ सय २३ दशमलव २५ हेक्टरमा मात्र धान रोपाईँ भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर १ ले असार १४ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ ।

गत वर्ष १७ दशमलव ०४ प्रतिशत रोपाई भएको थियो । सोलुखुम्बुमा सबैभन्दा बढी ६० प्रतिशत धान रोपाईं सकिएको छ । ताप्लेजङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा १४ प्रतिशत धान रोपाईं भएको छ ।

संखुवासाभामा १३ हजार सय ५१ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा १० प्रतिशत धान रोपाईं भएको छ । त्यसैगरी मध्य पडाही जिल्ला ओखलढुङ्गामा ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफलमध्ये १७ प्रतिशत धान रोपाईं भएको छ । धनकुटामा ७ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाईँ हुनेमध्ये ४० प्रतिशत, तेह्रथुममा १० हजार १ सय ७५ हेक्टर क्षेत्रफल मध्ये ५० प्रतिशत, उदयपुरमा १३ हजार ३ सय ८० हेक्टर मध्ये २० प्रतिशत रोपाई भएको छ ।

त्यस्तै खोटाङमा १२ हजार ८ सय मध्ये ३० प्रतिशत रोपाई सम्पन्न भएको छ । भोजपुरमा १ हजार ८ सय २ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा हालसम्म ४० प्रतिशतमा रोपाईँ भएको छ । पाँचथरमा ९ हजार २ सय हेक्टर क्षेत्रफल मध्ये १७ प्रतिशत, इलाममा १४ हजार ८ सय १५ हेक्टर क्षेत्रफल मध्ये १५प्रतिशत धान रोपाईं भएका छ ।

झापामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुनेमध्ये ५ प्रतिशत रोपाईँ भएको छ । मोरङमा भने ३० प्रतिशत धान रोपाईं भएको छ । मोरङमा ८३ हजार ३ सय हेक्टर धानखेती हुने क्षेत्रफलमध्ये २४ हजार ९ सय ९० हेक्टर क्षेत्रफलमा रोपाईं भएको छ । सुनसरीमा ५५ हजार हेक्टर क्षेत्रफल मध्ये २५ प्रतिशत मात्र धान रोपाईं भएको छ । सुनसरीको इटहरीमा रहेको क्षेत्रीय कृर्षी अनुसन्धान केन्द्र तरहराले विभिन्न जातका धानको अनुसन्धान गरीरहेको छ ।

सिचाँइको सुविधा नपुगेको क्षेत्रमा कृषकले आकाशे पानी र बोरिंग पानीको भरमा खेती गरिरहेका छन् । प्रदेश १ अन्न उत्पादनमा सबैभन्दा अब्बल प्रदेशका रुपमा रहदै आएकोे छ । नेपालको प्रमुख खाद्यान्नबाली रुपमा लिइने धान प्रदेश १ अन्तर्गत पर्ने झापा, मोरङ र सुनसरी अन्न उत्पादनका भण्डार मानिन्छन् । जसमा सबैभन्दा धान उत्पादन बढी रहेका छ । यी जिल्लामा मात्रवार्षिक सरदर १२ लाख बढी मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

 

IMG_5453

कोशी प्रदेश स्तरीय ओ ...

सुनसरी/ धरान बास्केटवल संघको आयोजना तथा कोशि प्रदेश खेल ...

दिगो खान पान दिवस ...

हरेक वर्ष जुन १८ मा विश्व दिगो खानपान दिवस मनाइन्छ। यो ...

दुहबीमा ११६ केजी गाँ ...

दुहबी/  सुनसरीको दुहबी नगरपालिका–४ मालह ...

 टिपरको ठक्करबाट बाब ...

विराटनगर/  विराटनगर महानगरपालिका–३ मा ब ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved